Kanakai Online

मण्डल दाजुभाईद्धारा कनकाईका ४२ परिवारलाई घरघरमै राहत (भिडियो सहित )


शनिवार, चैत २२, २०७६ |

केशव चापागाई
कनकाईका कतिपय हुनेखानेहरुलेनै उल्टै राहत बुझेको समाचार बाहिरीरहेको बेला कनकाई नगरपालिका ५ मण्डलबस्तीका दुई मण्डल दाजुभाईद्धारा कनकाई नगरपालिका ५ का ४२ घरपरिवारका लागि चामल, नुन, तेल, दाल र साबुन वितरण गरिएको छ ।


सुरुङ्गा बजारमा संचालित ओभी सुरुङ्गा सपिङ्ग कप्लेक्सका संचालकद्धय रुपन मण्डल र वेचन मण्डलद्धारा कनकाई नगरपालिका ५ को तारघेरा, तुलसीवारी र श्रृजनाटोलका ४२ घरपरिवारलाई कनकाई नगरपालिकाको संयोजनमा यी राहत सामाग्री एकसाथ वितरण गरिएको हो । राहत वितरणमा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाईमा कोहीपनि नागरिक लकडाउनकै कारण भोकभोक्कै बस्नुपर्ने अवस्था नआउने बताउँनुभयो । मण्डल दाजुभाईको राहत वितरणको खुलेर प्रसंसा गर्नुभएको नगरप्रमुख पोखरेलले विपतको घडीमा सबैले खुलेर सहयोग गर्न समेत अनुरोध गर्नुभयो ।

राहत वितरणमा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई, वार्डअध्यक्ष कृष्ण राई पत्रकार महासंघ झापाका सदस्य लीलाराज झापाली लगायातको सहभागिता रहेको थियो । आफ्नो कमाईबाट वचेको केहि रकम आफु जन्मेको नगरमै रहेका भोका परिवारमा संकटका वेला सहयोग गरेको मण्डल दाजुभाईले कनकाई अनलाईलाई बताउँनुभयो । राहतको गाडी लिएर मण्डल दाजुभाई जनताको घरघरमा पुगेपछि मण्डलद्धयको कामको सबैले प्रसंसा गरेका थिए ।

भिडियो हेर्नुहोस-
सम्बन्धित खबर