कनकाई अनलाइन
झापा,चैत २२।”सतासीधाम जेसीज”नेपाल जेसीजको देशभर रहेका १५६ शाखा मध्ये उकृष्ट शाखा बन्न सफल बन्न सफल भएको छ।
विश्व महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस(कोभिड–१९) संक्रमण प्रकोप सम्बन्धी विभिन्न ठाउँमा जनचेतनामुलक कार्यक्रम, सडक नाटक तथा मास्क वितरणका साथै शिवसताक्षी नगरपालिका वडा नं. ११ मा अवस्थित झरना प्राथमिक विद्यालयमा क्वारेन्टाइन स्थापना तथा व्यवस्थापन, विभिन्न स्थानमा अति विपन्न तथा असहाय घरपरिवारलाई खाद्यन्न वितरण कार्यक्रम, जनसेचनामूलक भिडियो तयार तथा प्रसारण कार्यक्रम, तरकारी संकलन तथा सुपथ मूल्यमा विक्री केन्द्र स्थापना लगायतको उत्कृष्ट कार्यहरु स्थानीय सरकार, विभिन्न संघसंस्थाहरुसँग सहकार्य तथा समन्वय गरी गरेको कार्यहरुको उच्च मूल्याङ्कन गर्दै नेपाल जेसीज राष्ट्रिय अध्यक्ष अशोक शंकर र महासचिव टेकराज रेग्मीद्रारा हस्तारित हार्दिक धन्यवाद ज्ञापन बुलेटिन विज्ञप्तिमा सतासीधाम जेसीजलाई पहिलो उकृष्ट शाखा रुपमा कार्य विबरण सहित उल्लेख गरिएको छ ।
सतासीधाम जेसीज स्थापनाको ८ औं वर्षको दौरानमा पहिलो पटक उकृष्ट पहिलो शाखा बन्न सफल भएको हो । यस अघि सतासीधाम जेसीज कुनै वर्ष पनि वर्गीकरणमा पर्न सकेको थिएन । यसरी पहिलो पटक वर्गीकरणमा परेर पहिलो उकृष्ट शाखा बन्दै गर्दा वर्ष २०२० को ३ महिनाको अवधीमा सतासीधाम जेसीजले शाखाको वेवसाइट निर्माण, वार्षिक कार्ययोजना बुलेटिन पुस्तिका प्रकाशन लगायत विभिन्न २५ वटा कार्यक्रमहरु संचालन गरी सकेको जेसीज अध्यक्ष जेसी कुमार सिंह साँबा(लिम्बु) ले बताए ।
१८ देखि ४० वर्ष उमेर समुहका युवाहरुको व्यक्तित्व तथा नेतृत्वका विकास र उद्यमशीलताको विकास गर्ने गराउने ध्येयको विशुद्ध अन्तराष्ट्रिय स्तरको सामाजिक विशुद्ध संस्था जेसीज, शिवसताक्षीमा वि.स.२०६९ अर्थात सन् २०१२ मा जेसीआई सुरुङ्गाको मातृत्वमा जेसी कृष्ण पोख्रेलको अध्यक्षतामा साविक सतासीधाम गाविसमा स्थापना भएको थियो ।
सतासीधाम जेसीजले ८ औं वर्षको अविरल दौडानमा थुप्रै युवा नेतृत्व र उद्यमीहरु जन्माउँदै आएको छ । त्यसको साथै सतासीधाम जेसीजले शिवसताक्षी नगरपालिका क्षेत्रका युवाहरुलाई समेटेर साझा संस्थाको रुपमा स्थापित हुन छुट्टै चिनारी समेत बनाउँदै आइरहेको छ ।
सतासीधाम जेसीज वर्ष २०२० लाई सार्थक तथा सफल बनाउन नेपाल जेसीज वर्ष २०२० तथा राष्ट्रिय अध्यक्ष प्रकरण “परिवार, साथी र भविष्य” लाई आत्मासात् गर्दै, “व्यक्तित्व, नेतृत्व तथा उद्यमशीलता विकास र सामाजिक रुपान्तरणका लागि सतासीधाम जेसीज वर्ष २०२०” भन्ने प्रकरण तथा अभियानलाई सार्थक तुल्याउन जेसीजको चार क्षेत्र(व्यक्तिगत, सामुदायिक, व्यवसायिक र अन्तरराष्ट्रिय) अन्तरगत दिगो विकासका १७ सुंचाकहरुलाई बल पुग्ने गरी वार्षिक कार्ययोजना अनुसार वर्षभरि विभिन्न कार्यक्रम तथा गतिविधिहरु संचालन गर्ने सतासीधाम जेसीज अध्यक्ष साँबाले जनाए ।