कनकाई अनलाईन ।
कनकाई नगरपालिका ४ कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्बासी बस्तीमा आज वेलुकी आगलागि हुदा ३ घर जलेर नष्ट भएको छ ।
आगलागिबाट सुकुम्बासी बस्तीको झकडबहादुर दर्जीको खाली घर , अमृता श्रेष्ठ र ठाकुरसिंह राईको घर जलेर पुर्णरुपमा नष्ट्र भएको छ । प्रहरीका अनुसार आज वेलुकी ४ ः १५ बजेबाट राईको घरबाट आगलागि सुरु भएको थियो ।
आगलागिबाट सबै घर जलेर नष्ट्र भएको छ । आगलागिमा परेका मध्ये झकड भने यसअघिनै मेयर आवास क्षेत्रमा बसोवास गर्दै आएका थिए । आगलागि स्थानीय र दमक नगरपालिकाको दमकल र कनकाई सामुदायिक वनको खानेपानी ट्याङ्की र स्थानीयको पहलमा निभाइएको थियो । आगलागिको कारण बुझ्न नपाइए पनि ध्रुम्रपान सेवन गर्नेका कारण आगलागि भएको हुनसक्ने अनुमान गरिएको छ ।