केशब चापागाईं
कनकाई अनलाइन
झापा,चैत २२।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको राहत कोषमा अन्जु थपलियाले १० हजार रुपैँया सहयोग गरेकी छन।
झापा गाउँपालीका-६ निवासी थपलियाले व्याक्तिगत रुपमा उक्त सहयोग गरेकी हुन। शरणामतीमा रहेको शरणामती स्वास्थ्य चौकीकी सिनियर अनमी तथा नेपाली कांग्रेसकी क्षेत्र नम्बर ४ कि महिला सभापती समेत रहेकी थपलियाले विपदको यो घडीमा विपन्न परिवारलाई केही सहायता होस भनी आफ्नो स्वच्छाले उक्त रकम प्रदान गरेको बताउँनु भयो।
थपलिया बिगत २७ वर्ष देखि झापा गाउँपालीकामा सक्रिय स्वास्थ्यकर्मीरुपमा कार्यरत छिन।उनको सामाजिक कार्य तथा राजनितिक क्षेत्रमा पनि उत्तीकै सक्रियता रहेको छ।
गत आईतबार झापा गाउँपालीकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न कम्तीमा २५ लाखबाट कोरोना विपत कोषको स्थापना गरेको थियो ।सो कोषमा सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ। झापा गाउँपालिकाले विपत व्यावस्थापन कोषबाट पिडित व्याक्तिहरुको औषधि उपचार तथा राहत सामाग्रीको व्यावस्थापन गर्ने भएको छ।
गाउँपालिकाले झापा गाउँपालिका भित्र डिल्लीराज मावी र जनता उच्च मावी गरेर दुई स्थानमा क्वारेन्टाइन स्थापना गरि त्यहाँ रहेका नागरिकलाई निशुल्क खाना, बस्न, औषधि उपचारको समेत प्रबन्ध गरेको छ।