Kanakai Online

नाम टिपाउनेजति सबैलाई राहत सामाग्री


शनिवार, चैत २२, २०७६ |

कनकाई अनलाईन ।
राहत सिफारिस गर्नका लागि प्रमुख दायित्व प्रदान गरिएको टोल विकास समितिको कमजोरीका कारण झापा कनकाई नगरपालिकामा आवश्यकता भन्दा वढी मानिसले राहत बुझेका छन ।
टोल विकास समिति र वार्ड प्रतिनिधिहरुले राहतका लागि प्रायजसो आफ्नै घरमा चामल दाल सकिएकाहरु आउने र नाम टिपाउने भन्ने गरेको र हुलका हुल मानिसहरु टोल प्रतिनिधि र जनप्रतिनिधिका घरमा गएर नाम टिपाउने र राहत बुझ्ने गरेका छन ।

यसरी राहत टिपाउने र पाउनेको सुचीमा नगरपालिकाको राहत कोषमा सहयोग गर्न सक्ने परिवार समेतले राहत बुझ्ने गरेका छन । एक जनप्रतिनिधिले कनकाई अनलाईनसग भने घरमा चामल छैन भनेर हात पछारेपछि कसरी नदिने घरमा राहतका लागि नाम टिपाउन आएको होकि नगरपालिकाको राहात कोषमा रकम जम्मा गर्दिनु भन्न आएको छुट्टाउनै नपाएको स्थानीय एकले बताउँनुभयो । यता कनकाई नगरपालिकामा स्थानीय सरकारसग समन्वय नगरि व्याक्तिगत रुपमा समेत राहत वितरण गर्दा केहि घण्टाकै फरकमा एउटै व्याक्ति र परिवारले दुई चोटी समेत राहत बुझेको पाइएको छ ।

सम्बन्धित खबर