रोषनराज पोखरेल कनकाई नगरपालिका वार्डनम्बर १ का निर्वाचित वाडध्यक्ष हुनुहुन्छ । हक्की स्वाभाव र जनजिविकासग सम्बन्धित विषयलाई लिएर वेलामौकामा चर्चामा आइरहने पोखरेलसग कनकाई अनलाईन कनकाई साप्ताहिक र जनताको टिभीका लागि लीलाराज झापाली र केशव चापागाईले लिएको विशेष बार्ता जस्ताको त्यस्तै भिडियो सहित ।
वडाध्यक्ष हुनु भएको पनि लगभग तीन वर्ष पूरा हुन लाग्यो,यो तीन वर्षमा कस्तो अनुभव गरिरहनु भएको छ ?
(म यो भन्दा अगाडि चाहिँ एक मोटरसाईकल स्वरोममा काम गर्थिए,पछी चाही यता निर्वाचन भएर निर्वचित भइसके पछाडी जनताको काम गर्न पाउँदा म एकदम खुसी छु।व्यस्त समय बिताइ रहेको छु।व्यस्त जीवन बिताइरहदा शारिरिक,मानसिक हिसाबले आनन्द तुल्याइ रहेको छ।तीन वर्ष पुग्न लाग्यो,यो तीन वर्षको दौरानमा हामीले जनतालाई गरेका प्रतिवद्दताहरु पुर्याउदै गइरहेका छौ,यसकारण हामी आनन्दित छौ।
तपाईले यी तीन वर्षमा गरेका मुख्य मुख्य काम के के हुन ?
(मैले निर्वाचित भएर आइसकेपछी पहिलो वर्ष पुर्वाधार बिकासका निमित्त बाटाघाटाहरु सबै धुलै थिए,धुले बाटाहरुलाई ग्राबेल गर्ने काम सुरु गरेउ।अहिले सम्भवतस् धुले बाटाहरु वडा नं १ मा छैनन।अब केही(केही बाटाहरु पिच गर्नका लागि लायक पनि बनाइसकेका छौ।हमीले यो तीन वर्षमा तीन चारवटा बाटाहरुको डिपिआर गरेर प्रदेस सरकारकोमा दर्ता पनि गरिसकेका छौ।
यसमा एउटा बाटो चाहिँ प्रदेस सरकारको बजेटमा परिसकेको छ।अरु बाँकी पनि क्रमस पर्दै जाने आसामा छु।
खानेपानीको मुख्य समस्या आएको छरुकुरो के होरुअलिकती बताइदिनुन ?
(कनकाइ नगरपालीका(१ खानेपानीका लागि अत्यन्तै पिडित वार्ड हो।पहिले कोसानले दुइटा ट्याङ्कीहरु वार्डमा निर्माण गर्यो,धेरै जसो सार्वजानिक धाराहरु वितरण गर्यो।त्यसमा चाहिँ एउटा बिग्रेर गयो पछी अर्को चाहिँ २५र२६ घर धुरीले अहिले सम्म खाइरहेको अबस्था छ।हामी खानेपानीका निमित्त प्रदेस सम्म,केन्द्र सम्म डेलिकेसन पनि गएउ,हामीले जामुनबारी खानेपानी योजनाका बारेमा कुरा गरेउ।पछी बजेट चाहिँ हामीलाई हेपेर हालियो,हामीले यो बिसयमा आन्दोलन पनि गरेउ।नगर सभा हामीले चाहिँ तीन घण्टा अवरुद्द गरेउ।त्यो अनुसार कमिटमेन्ट पनि भयो,हामीलाइ एक करोड तीस लाखको ब्यबस्था गरिदिन्छौ भनेर आश्वासन पनि दिइयो,तर आश्वासन आश्वासनमै सिमित रहयो।तथापी एक महिना पछी बोर्डिङ गाड्ने काम भयो।पानी अत्यन्तै राम्रो आएको छ।आजको दिन सम्म आइपुग्दा चाहिँ ओभरल ट्याङ्कीका लागि सिलन्यास भैसकेको अबस्था छ।
भनेपछी त्यो आन्दोलनले काम गर्यो ?
गरेकै देख्छु म
१ नं वडालाई अलिकती हेपेकै हो त ?
हेपेकै त भन्न मिल्दैन होला ?
खानेपानीको समस्या एक नं मा एकदम जटिल छ,अरु वार्डमा पनि छ न त छ।तपाइहरुले आवाज उठाएर मात्र समस्या जटिल देखिएको हो किरुत्यस्तो के पर्यो अरु वार्ड भन्दा तपाइहरु अन्यायमा परेको हो ?
(वडा नं(१ मा मैले भनिहाले,दुइटा खानेपानी योजना कोसानले बनायो।एउटा आयोजनाको पानी अहिले पनी २५र२६ घर धुरीले खाइरहेको अवस्था छ।जम्मा ९२२ घर धुरीमा अहिले यतीले खाइरहेका छन।अरु बांकी चाहिँ कलकै पानी खाइरहेका छन।अहिले भवानी खानेपानीले चाहिँ वडाको आधा भागमा खानेपानी जडान गरेको स्थिती छ।
भवानी खानेपानीमा कति घर लाभान्वित छ ?
२५० घरधुरी जति होलान।
भनेपछी अब खानेपानीको समस्या सावधान हुन खोजेको होरुकहाँ पुगेको छ समस्या सावधानका उपायहरु ?
(अब एउटा ओभरल ट्याङ्की बन्दैछ,त्यो संग संगै पाइपलाईनको पनि व्यबस्था गरि पाउ भनेर हामीले विभिन्न निकायहरुमा सांसधहरु मार्फत निबेदन जाहेर गरेको छ।हामीलाई आसा छ त्यो काम हुनेछ।
खानेपानीका लागि वडाले तत्कालिन अबस्थामा के गरेको छ ?
(हामीले यसबारे बजेटको अबस्थाले तत्कालिन केही गर्न सकिरहेका छैनौ।
म अब तपाइको १ वडाको बजेट तिर गए,तपाईं संग लगभग एक करोड सम्मको बजेट छ।आधा भन्दा बढी रकम बाटोमा छुट्याउनु भएको छ।खोलाहरुमा पनि लाउनु भएको रहेछ।यी ठुला योजनालाई प्रदेस सरकारको जिम्मा लगाएर तपाईहरुले खानेपानी स्कुल जस्ता साना योजनामा बजेट लाए राम्रो होइन र ?
(एक नम्बर वडा खोलै खोलाको बिचमा छ।ती खोलाहरुले बर्सेनि यहाका उर्भर भुमीलाई बालुवामा परिणत गरिरहेको छ।त्यसमा धेरै बजेट त लाएको छैन,रै पनि बर्सेनि केही बजेट छुट्याउने गरेको छ।
अलिकती बजेटले खोला नियन्त्रण हुन्छ ररुमैले भन्न खोजेको यस्ता ठुला योजना प्रदेस सरकारलाइ दिएर तपाईहरुले बिधालयमा बजेट बिनियोजन गर्दा हुन्न ?
(बिधालय तिर पनि हामी हेरिरहेका नै छौ,विशेष यो बाघे खोका तथा अन्य खोलालाई चाइने हामीले हेर्नै पर्ने बाध्यता भएर हेरेका हौ।
माथिल्लो तहमा तपाईहरुको सुनवाइ नभएर बाध्यता परेको हो ?
(हो।एक किसीमले साना(साना खहरे खोलालाई माथिल्लो निकायले नहेरेर पनि यस्तो भएको हो।यी खहरे खोलालाई बिरिङमा मिसाउनु पर्छ भनेर मैले एक अभियान चालेको छु।यो अभियानमा सांसद एल पी साँबा पनि लाग्नु भएको छ।उहाँ आफै जंगल भित्र आफै हिडेर पनि स्थलगत अनुगमन गर्नु भएको छ।यस बिसयमा समिती पनि चाडै बन्दैछ।
तीन बर्स भित्रमा तपाईले घोषणा पत्रमा गरेका प्रतिबद्धता कति पूरा गर्नु भयोरुकति बाँकी छन ?
(हाम्रो सबै भन्दा ठूलो लक्ष्य अव्यवस्थित सुकुम्बासी बस्तीलाई ब्यबस्थित गर्ने र सुकुम्बासीलाइ धनिपुर्जा बितरण गर्ने हो।यो बिषयलाई हामीले पहिलो बुँदामा पनि भनेका थियौ।त्यो बुँदालाई कार्यान्वयन गर्नका निमित्त लगत संकलन एक हिसाबले हामीले सकिसकेका छौ।फेरि पनि ३ जना लगत संकलक गठन गरेर हामीले वार्डमा लगत संकलनको यतार्थ बिबरण आओस भनेर ३ सदस्यीय समिती गठन गरेका हौ।र अहिले चाहिँ संघिय सरकार,प्रदेस सरकार,केन्द्र सरकारबाट आयोग गठन भएको भोली पल्ट नै धनिपुर्जा बितरण गर्ने अबस्था छौ।
कति छन तपाईका वार्डमा त्यस्ता धनिपुर्जा पाउनु पर्ने मानिसहरु ?
(लगत संकलन गरिसकेको मध्ये ५०४ ले फर्म भर्नु भएको छ।अब उहाहरुले बिबरण साचो दिनु भएको हो भने धनिपुर्जा पाउनु हुन्छ।
नगरपालीका ले यो एक नम्बर वडालाई पसु(पंक्षीको पकड एरिया भनेर घोषणा गरेको छ।पसु पंक्षीका लागि के(कस्ता कार्यक्रमका योजना छन ?
पसुपक्षी भन्दा पनि बाख्रा पालन चाहिँ घोषणा गरेको हो।
त्यसमा कति कृषक आवद्द छन ?
(त्यसमा अहिले सम्म १५र१६ वटा फर्म दर्तामा आएका छन।हामीले उत्कृष्ट बाख्रा पालक किसानलाई आगामी वर्षहरुमा पुरुस्कार स्वरुप केही बजेट छुट्याउछौ।
तिनीहरु पुरुस्कार मात्रै कि केही ज्ञान सिपका तालिम दिने केही बजेट छुट्याउनु हुन्न ?
(यो वर्ष हामीले त्यसरी छुट्याउन सकेनौ।आगामी बर्ष छुट्याउने सोचाइ राखेका छौ।
चौथो बर्षको योजना के छरुयो बर्ष त खोलामा र बाटोमै बजेटहरु देखीयो ?
(आगामी वर्ष शिक्षा र स्वास्थ्यमा बिशेसत जोड दिनु पर्ने देखिएको छ।बिशेसत हाम्रो वडामा एक प्राबी बिधालय छ।त्यो बिधालयलाई ब्यब्स्थित गर्ने गरि अगाडि लागेका छौ।
कति विद्यार्थी अध्ययनरत छन त्यहा ?
(विद्यार्थी संख्या अत्यन्तै न्यून छन,लगभग ६०/६५ जना छन।
तपाईको वडामा निजि विद्यालय छन ?
(दुइटा छन।
तपाईको सरकारी विद्यालयमा यति न्यून विद्यार्थी ?
(सामुदायिक विद्यालय प्रतीको वितृस्णा नै मुख्य कारण हो,अनि अंग्रेजी भाषा चाहिँ पढाउनै पर्छ भन्ने एउटा चाहिँ बाध्यताका कारण सबैले बोर्डिङ तिर बच्चाहरु पठाउनु हुन्छ।४५ड्ढ को घाममा पठाएर एउटा बच्चाको १६०० तिर्नु हुन्छ।कमसेकम त्यही स्कुलमा ५०० रुपैया तिर्दे देखि ती बच्चाहरु त्यही सामुदायिक विधालयमा पनि पढेर उन्नती गर्न सक्थे।
२३।तपाईं त्यो प्राबीमा शिक्षकको संख्या कति छ ?
(दरबन्दी भएको एक जना हुनु हुन्छ।अरु बाकी राहात र निजी गरेर जम्मा ५ जना हुनु हुन्छ।
आगामी वर्ष कति विद्यार्थी पुर्याउने लक्ष लिनु भएको छ ?
(१०० जना पुर्याउने हाम्रो लक्ष्य हो।
अन्तिममा जनताहरुलाई के भन्न चाहानु हुन्छ ?
(वडा नम्बर एक बासी सम्पुर्ण जनताहरुलाई अहिलेको कोरोना भाइरसबाट बच्न सचेत रहनुहोला,साबुनपानीले हात धुनु होला र बाँकी यहाहरुले मलाइ अहिले सम्म बिकास निर्माण गर्नमा जे जस्तो सहयोग गरिरहनु भएको छ।आगामी दिनमा पनि यही अपेक्षा गरेको छु।सम्पुर्णलाई धन्यबाद।