Kanakai Online

अब छोरीको बिहेका लागि पनि चन्दा चिठ्ठाकै भर


मङ्गलवार, फागुन २०, २०७६ |

कनकाई अनलाईन
कहि नभएको जात्रा हाडीगाउँमा भनेझै भएको छ , झापा गाउँपालिकाको वडा नम्बर ३ को वडाकार्यालयमा विवाहको लागि चन्दा उठाउन झापाका एक वडाध्यक्षले सिफारिस दिएका छन् ।

झापा गाउँपालिका वडा नं। ३ का वडाध्यक्ष मोतीलाल गणेशले सिफारिस दिएको फेला परेको छ । उनले फागुन १४ गते सिफारिस दिएको पत्रमा उल्लेख छ । उनले सोहि वडामा बस्ने महमत रहमान मियाको छोरीको विवाहको लागि सहयोग गरिदिन सिफारिस दिएका हुन् ।

रहमानले छोरीको विवाहको लागि सहयोग संकलन गर्न सिफारिस माग गरेका थिए । सिफारिसमा निजको घरको आर्थिक अवस्था कमजोर रहेकाले दक्ष अनुसार सहयोग गरिदिन उल्लेख गरिएको छ ।
हाल झापा गाउँपालिकाको बिहेका लागि चन्दा अनुमतीको विषयलाई लिएर सामाजिक संजाल तातेको छ । छोरीको बिहेका लागि चन्दा उठाउने अनुमति सहितको वार्डकार्यालयको सिफारिसको पक्ष र विपक्षमा मतहरु बाझिएका छन ।

सम्बन्धित खबर