कनकाई अनलाईन ।
झापाको सुरुङ्गा कार्यालय रहेर नगर तथा जिल्लाभर खेलकुद प्रतियोगिता तथा खेलाडी उत्पादनको काम गर्दै आइरहेको कनकाई खेलकुद प्रतिष्ठानको तेस्रो कार्यकालका लागि यस क्षेत्रका अगुवा युवा नेता दिनानाथ खतिवडा अध्यक्षमा सर्बसम्मत भएका छन । उनी यसअघि प्रतिष्ठानका सचिव थिए । शनिवार सुरुङ्गा वार्डनम्बर ३ को वार्डकार्यालय भवनमा भएको पाचौ वार्षिक साधरणसभा तथा तेस्रो अधिवेशनले खतिवडाको नेतृत्वमा उपाध्यक्ष विनोद उप्रेती र झलक सिटौला सचिव विनोद रानामगर सहसचिचव मान्ता खरेल कोषाध्यक्षमा अम्बिका खरेल सर्वसम्मत हुनुभएको छ भने सदस्यहरुमा गोविन्द सुवेदी, नविन सिटौला, हरि कार्की, केशव शिवाकोटी, इश्वरा थापा, मोहन थापा, रमेश मैनाली, खगेन्द्र सेलुवाल रहनुभएको छ ।
प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाईले प्रतिष्ठानले बर्षभर गरेका बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै महिला फुटवल , कनकाई कप जिल्ला स्तरीय पालिकास्तरीय फुटबल, वडास्तरीय क्रिकेट, भलिवल, माविस्तरीय फुटबल, वडास्तरीय फुटबल सम्पन गरिसकिएको तथा प्रतिष्ठानको आर्थिकका लागि ५० हजार माथि अध्यक्षकोषमा सहयोग गर्नेलाई संरक्षक सदस्य , २५ हजार माथि सहयोग गर्नेलाई विशिष्ट सदस्य र ५१ सय माथि सहयोग गर्नेलाई आजिवन सदस्य दिइने समेत घोषणा गर्नुभयो । यसैविचमा अन्तराष्ट्रिय खेलाडी सुरुङ्गाका भीष्म चुडाललाई कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य प्रेमप्रसाद गिरी, प्रदेशसभा सदस्य हिराकुमार थापाले सम्मान गर्नुभयो । राष्ट्रिय खेलाडीलाई सम्मान गर्ने परम्परालाई निरन्तता दिइदै जाने समेत सो अवशरमा जानकारी दिइएको थियो ।
कार्यक्रममा कनकाई नगरपालिका वडानम्बर ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया कनकाई खेलकुद प्रतिष्ठानका उपाध्ध्यक्ष राजेन्द्र उप्रेती कनकाई खखेलकुद प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतीकुमार उप्रेती लगायातले मन्तव्य राख्नुभएको थियो ।
Trending
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल
- झापामा ८५८ हतियारलाई इजाजत,१३० वटामात्र नविकरण
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी
- चट्याङ र करेन्ट लागेर झापामा २ को मृत्यु
- सुरुङ्गा प्रहरी लागुऔषध सचेतनामा निरन्तर
- झापामा धमाधम हात्तीपाईका र रोगी फेला पर्दै
- झापामा एक बर्षमा १४१ बर्ष कैद सजाय