कनकाई अनलाईन
निजि विद्यालयहरुको संगठन निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल प्यासन कनकाईको गायन तथा नृत्य प्रतियोगिता चम्पा फलावर्स इङलिस एकाडेमी स्कुल सुरुङ्गामा आजबाट सुरु भएको छ ।
कनकाईका १५ विद्यालयहरुको सहभागिता रहेको सो नृत्य तथा गायन प्रतियोगिताको फाइनल भोली शुक्रवार हुने चम्पा फ्लावर्स अंगेजी विद्यालयका पिन्सिपल बिमान लामाले बताउँनुभयो । कार्यक्रमको प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल रहनुभएको थियो भने विशिष्ट अतिथिमा उपप्रमुख मन्जु प्रसाई कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरिया, इलाका प्रहरी कार्यालय सुरुङ्गाका इन्चार्ज पदम लिम्बु लगायात रहनुभएको थियो । कार्यक्रमको संचालन प्यासन कनकाईका कोषाध्यक्ष सागर ढुङ्गाना स्वागत सचिव केशव वेडारी रहनुभएको थियो भने अध्यक्ष बिनोद सुब्बा रहनुभएको थियो ।