Kanakai Online

डम्पिङ्ग साइटमा ढकमक्कै सयपत्री फूल्यो


सोमवार, कार्तिक ११, २०७६ |

लीलाराज झापाली
केहि महिना अगाडिसम्म बजार क्षेत्रको फोहोर फ्याक्ने स्थानका रुपमा रहेको कनकाई सामुदायिक वन हाताभित्र महिला समुहले सयपत्री फूल फूलाएपछि जंगलको सौन्दर्य वढेको छ ।
कनकाई सामुदायिक वन समुहभित्र स्थानीय कनकाई महिला चेम्वर्स अफ कमर्श समुहले आफ्नो लगानीमा २ विगाह जमिनको झाँडी फाडेर सयपत्री फुल फुलाएका छन । विक्रीका लागि फुलाइएको सयपत्रीको फूलले कम्तीमा कनकाई नगरपालिकाभित्रको फूलको माग धान्ने विश्वास लिइएको कनकाई महिला चेबर्स अफ कर्मशकी वरिष्ठ उपाध्यक्ष सुष्मा नेउपानेले बताउनुभयो । करिव ६० हजार रुपैँया खर्चिएर गरिएको फूलखेतीबाट खर्च कटाएर आम्दामी गर्न सक्ने विश्वास महिला समुहले लिएको महासचिव देवका उप्रेतीले बताउनुभयो । महिला समुहले लगाएको फूलखखेतीबाट प्रभावित भएर जिल्ला वन कार्यालयको साथै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले समेत सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आफुहरुले केहिवर्ष खाली रहेको जमिनमा फूलखखेती गरेपछि वनमा उपयुक्त विरुवा समेत हुर्काएर जिम्मा लगाइने समुहकी अध्यक्ष खिनमाया खतिवडाले बताउनुभयो ।
बजार क्षेत्रसगै जोडिएको सो वनक्षेत्रमा बजारमा निस्किएको फोहोर फ्याक्ने गरिएको थियो । महिला समुहले जम्मा भएको फोहोर आफै टिपेर सिचाईका लागि भुमिगत सिचाईँको समेत व्यावस्था गरि फूलखेती गरेका हुन ।
यस बर्षलाई फूलको मूल्य प्रतिगोटा २ रुपैँया तोकिएको र तिहार पछि समेत फूलखेतीलाई निरन्तरता दिने र यस क्षेत्रमा हुने गरेका संघ संस्थाका कार्यक्रममा अतिथिको स्वागतका लागि फूलमालाको प्रयोग गर्ने महिला समुहले तयारी थालेको छ । हाल फूलेका फूल चोरिने गरेकोले समुहले फूलको रेखदेखका लागि चौकिदार समेत राखेका छन भने वनको सो क्षेत्रमा नगरपालिकाको आर्थिक सहयोगमा घेरावारा समेत लगाइने तयारी गरिएको महिला समुहले जनाएको छ ।
नेपाल भारत सिमामा रहेको सो क्षेत्रमा यसअगाडि भारतबाट तिहारका लागि फूल आयात गर्ने गरिएको थियो ।
कनकाई सुरुङ्गा वाहेक विर्तामोड, दमक, भद्रपुर र मेचीनगरमा समेत झापामा व्यावसायिक सयपत्री फूलको व्यावसायिक खेती गरिएको छ । यो सगै झापामा व्यावसायिक फूलखेतीले भारतबाट सयपत्री फूल भित्रनेक्रम रोकिने विश्वास लिइएको छ ।
तस्वीर ः जंगलमा ढक्कमक्क सयपत्री फूल फोटो लीलाराज झापाली