कनकाई अनलाईन
झापाको धार्मिक तथा प्राकृतिक पर्यटकिय क्षेत्र धनुषकोटीधाम किरातेश्वर महादेव कनकाई सुकेडाँगीमा आवाशीय गुरुकुल शिक्षको सुरुवात भएको गरिएको छ ।
प्राचिन कालमा ऋषिमुनिहरुको तपोभुमिका रुपमा समेत प्रयोग गरिएको मान्यता राखिने यस धार्मिक तथा पर्यटकिय स्थल १५ बर्षपहिले मात्रै पत्ता लागेको थियो ।
यसपछि यस क्षेत्रमा धार्मिक तथा सामाजिक व्याक्तिहरुले विभिन्न मन्दिर देवालय , धर्मशालादेखि बन्धु भवनहरु बनाउनेक्रम बढेसगै यसको धार्मिक र पर्यटकिय महत्व समेत वढेर गएको हो ।
पछिल्लो समय कपिलमुनि प्रसाईका छोरानातीहरुको समुह डिल्ली प्रसाई लगायातको सहयोगमा मुल मन्दिर र अन्य भौतिक संरचनाहरुको निर्माण गरिएपछि यस धामले काचुली फेरेको धनुषकोटीधाम धार्मिक विकास संस्थाका अध्यक्ष भक्तबहादुर पौड्याल बताउनुहुन्छ ।
नेपाल सरकारको लगानीमा समेत यस क्षेत्रमा वारीपारीका लागि झोलुङ्गे पुल निर्माणपछि यस क्षेत्रको पर्यटन र स्थानीयवाशीमा समेत आवतजावतमा सहजता थपिएको पौडेललको भनाई छ ।
केहि महिनादेखि मर्हषि फाउण्डेशनको आर्थिक सहयोगमा सुरु गरिएको गुरुकुलमा हाल १४ जना विद्यार्थीले आवशीय रुपमा अध्यान —अध्यापन गरिरहेका छन । विद्यार्थीको पठनपाठनका लागि महर्षि फाउण्डेशनले नियमित एकजना शिक्षक र मासिक ५० हजार रुपैँया सहयोग गरिरहेको विद्यार्थी वढेसगै सहयोग रकम र शिक्षक समेत थप्ने जनाएको अध्यक्ष पौड्यालको भनाई छ ।
विर्तामोडस्थित साङ्गवेद पाठशालाको साखाको रुपमा हाल संचालित यस पाठशालाबाट उत्पादित गुरुहरुले देशका अन्य स्थान र स्थानीय स्तरमा हुने धार्मिक गतिविधिहरुमा सरिक हुने विश्वास लिइएको छ भने धार्मिक जागरण र सस्कृतिको संरक्षणमा समेत मद्धत मिल्ने विश्वास लिइएको छ । गुरुकुलमा पढाई सुरु भएसगै धाममा आउने भक्तजनहरुलाई समेत सानातिना पुजा लगायातका धार्मिक कार्यक्रमका लागि बाहिरबाट गुरु खोजेर ल्याइरहनु नपरेको भक्तजनको भनाई छ । हाल दैनिक विहान ६ बजेदेखि ८ ः ३० बजेसम्म नियमित रुद्राभिक्षेक गरिने र त्यसपछिको समयमा गुरुकुलीय परम्पराअनुसार पठनपाठन हुदै आएको छ ।
विभिन्न पर्वहरुमा धाममा नियमित मेला लाग्दै आइरहेको यस धाममा गुरुकुल परम्पराअनुसारको पठनपाठन सुरुले थप धार्मिक तथा धार्मिक पर्यटकिय वातावरण वढेर गएको स्थानीयको भनाई छ ।
यसैविच भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल तथा उहाँकी धर्मपत्नी कौशिल्या रिजाले हालैमात्रै यस धाम परिसरभित्रै नेपाल भुटान जनमैत्री बौद्य बाटिकाको निर्माण गरि हस्तानतरण गर्नुभएको छ । सर्वप्रथम भुटानी राजाले आफ्नो देशबाट देश निकाला गर्दा झापाको तत्कालिन सुरुङ्गा कोटीहवन क्षेत्रमा आएर भुटानी शरणार्थीहरु वसोवास गरेको आधारमा समेत भुटानी मानवअधिकारवादी नेता रिजालले यस बाटिका निर्माण गरि धामसमितिलाई हस्तानतरण गर्नुभएको हो । नेता रिजालले निर्माण गरेको बाटिकाबाट समेत यस धाम परिसरमा थप आकर्षण थपिएको छ ।
तस्वीर धनुषकोटी धाम मुल मन्दिर परिषरमा पढ्दै छात्रहरु फोटो लीलाराज झापाली