लीलाराज झापाली
झापामा पछिल्लो समय धान तथा चिया खेतीमा भन्दा कृषकहरु काष्ठजन्य रुखविरुवा खेतीमा आकर्षित बन्न थालेका छन ।
झापामा १५ स्थानीय तहमध्ये कनकाई नगरपालिका लगायातका कतिपयले घरनक्सा पास गराउनका लागि अनिवार्य रुपमा २ रुख लगाइएको हुनुपर्ने नियमनै बनाएपछि स्थानीयहरु रुख खेतीमा थप आकर्षित बनेका हुन ।
विरुवा लगाउन चाहने कृषलाई वन कार्यालय तथा स्थानीय सामुदायिक वनहरुले समेत आवश्यकताअनुसार निशुल्क विरुवा वितरण समेत गर्दै आएको छ । झापामा विंस २०७१ सालबाट वन दशक कार्यक्रम सुरु गरेर कृषकलाई निशुल्क विरुवा वितरण तथा आवश्यकिय सल्लाह तथा परामर्स समेत प्रदान गरिएपछि हालसम्म तत्कालिन जिल्ला वन तथा हालको डिभिजन वन कार्यालयले ५ बर्षभित्रै ४१ लख ४ हजार २ सय ३० विरुवा वितरण गरिसकेको डिभिजन वन कार्यालय झापामा सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले बताउनुभयो ।
कृषकले रोपेका अधिकांस विरुवाहरु हुर्किएको समेत उप्रेतीले बताउनुभयो । विरुवा उत्पादनका लागि अघिल्लो बर्षसम्म केन्द्र सरकार तथा राष्ट्रपति चुरे बचाउ अभियानले सहयोग गर्नेगरेकोमा अघिल्लो आर्थिक बर्षबाट प्रदेश सरकारबाट समेत थप रकम सहयोग आउने र अलग अलग स्थानमा विरुवा रोपेर वितरण गरिदै आएको छ ।
आर्थिक बर्ष २०७५÷७६ मा मात्रै प्रदेश सरकारको बजेटबाट उत्पादित ४ लाख ६० हजार विरुवा र केन्द्र सरकारको बजेटबाट १ लाख ५२ हजार २ सय ३० बिरुवा उत्पादन गरेर वितरण गरिएको सहायक वन अधिकृत उप्रेतीले बताउनुभयो ।
एकपटक रोपेपछि सिचाई र सामान्य गोडमेल गर्दा पुग्ने तथा अन्नबालीको तुलनामा तत्कालै विक्री र आन्दामीसमेत बढी हुने भएपछि कृषकहरु प्छिल्लो समय धानवाली लगाउने स्थानमा समेत विरुवा लगाउन थालेका छन । कृषकलाई वन कार्यालयले विना कागजात रजिष्ट्रारमा राखेर २५ वटासम्म तथा नागरिकताको प्रतिलिपि वा धनीपुर्जा राखेर २ सय ५० वटासम्म विरुवा दिने गरिएको तथा आफुले विरुवा रोप्न लागेको कागजात बनाएमा जतिपनि आवश्यक विरुवा दिने गरिएको सव डिभिजन वन कार्यालय सुरुङ्गा कनकाईका रेन्जर राजेश घिमिरेले बताउनुभयो । वन कार्यालयले हाल सामान्य घास दाउराका लागि प्रयोग गरिने बकाइनो, इपिलको विरुवादेखि लिएर काठ, दाउराका लागि प्रयोग हुने कदम , सिरिस , टिक , मसला , मलेसियन साल , खमारी , खयर , सिसौ , फलफुल प्रजातिका कट्हर , जडीबुटी प्रजातिका अमला , बेल लगायातका विरुवा वितरण गदै आएको समेत रेन्जर घिमिरेले बताउनुभयो ।
वन कार्यालयले विरुवा वितरणका लागि सामुदायिक वन क्षेत्र नभएका झापाका स्थानीय तहहर झापा गाउँपालिका , भद्रपुर नगरपालिका , दमक , कमल गाउँपालिका , गौरादह नगरपालिका , गौरीगंज गाउँपालिका , कचनकवल गाउँपालिका , शिवसताक्षी नगरपालिका, बाह्रदशी गाउँपालिकामा विरुवा रोप्न तथा वितरण्कालागि जनचेतना जगाउनकै लागि प्रत्येक पालिकामा एकजना सामाजिक परिचालकनै राखिएको छ । वन कार्यालयले कम्तीमा एक घर ५ विरुवा रोपेर हुर्काउनै पर्ने निति लिएको छ यसका लागि परिचालकनै फिल्डमा गएर खटिने गरेको वन कार्यालयले जनाएको छ । यता लायन्स क्लव कनकाई लगायातका केहि संस्थाले समेत संस्थाका सदस्यहरुको आफन्तको निधनमा समवेदना लिएर जादा अनिवार्य एउटा विरुवा पनि घरमै लगेर रोपिदिने अभियान समेत संचालन गर्दै आएको लायन्सका संस्थापक अध्यक्ष लीला चिमरियाले बताउनुभयो । हाल झापामा ४ सय २२ वटा निजि वन दर्ता भैसकेको छ भने दर्ता नगरिकन व्याक्तिले सो भन्दा वढीको सङ्ख्यामा कृषकले वन लगाएका छन । झापामा व्याक्तिगत रुपमा १८ हजार ६५ हेक्टर निजि वन लगाएका छन भने यो क्षेत्रफल दिनानुदिन बढिरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
यसवाहेक झापामा रतुवामाइ वृक्षारोपण आयोजनाको २८ हजार ३१ हेक्टर र १५ हजार ५ सय हेक्टरभन्दा बढी क्षेत्रमा सामुदायिक वन क्षेत्र रहेको डिभिजन वन कार्यालयको रेकर्डमा रहेको छ । सरकारले विरुवा वितरण सगै वन लगाउन चाहने कृषकलाई सिचाईका लागि अनुदानमा सिचाई मेशिन र सस्तो दरमा ऋण सहयोग गरिदिदा हाल लगाएको वनको तुलनामा झापामा एक्कै बर्षमा दोब्बर परिमाणमा कृषकले वन लगाउने जिल्ला निजिवन समुहका सचिव मोहन सुवेदीले बताउनुभयो । आफुले समेत अंशमा पाएको १ विगाह ११ कठ्ठा जमिनमा धान खेती मासेर विभिन्न प्रजातिका विरुवा लगाएको सुवेदीले बताउनुभयो । यता झापा कनकाई नगरपालिका ४ का लङ्कबहादुर खड्का आफुपनि पछिल्ला केहि बर्षदेखि खेतको डिलमै भएपनि विरुवा लगाउने गरेको तर आफ्नो खेतमा कुन विरुवा लगाउदा वढी आम्दामी हुन्छ भन्ने सहि जानकारी नपाउदा एक्कैपटक धेरै विरुवा लगाउन अन्यौल भएको बताउनुभयो ।