कनकाई अनलाईन
झापा कनकाई नगरपालिका निवासी कवि साहित्यकार ज्ञानराज सुवेदीको सत्रौ कृति खण्डकाव्य ज्ञान सरोवरको विशेष कार्यक्रमका विच प्राध्यापक डाक्टर टंकप्रसाद न्यौपानेले विमोचन गर्नुभयो ।
कनकाई बहुमुखी क्याम्पसको सभाहलमा कनकाई प्रतिभा प्रतिष्ठानको आयोजनामा भएको विमोचन कार्यक्रममा सो कृतिको न्यौपाने , साहित्यकार डाक्टर पुण्यप्रसाद पौड्याल , कवि साहित्यकार देविचरण भण्डारी , कृष्णसुवेदी निराकार लगायातले कृतिको विमोचन गर्नुभयो । विमोचित कृतिमाथि साहित्यकार हरिनारायण भट्टराईले समिक्षा गर्नुभएको थियो ।
आध्यात्मिक चिन्तनमा आधारित भएर लेखिएको सुवेदीको कृतिले समाजलाई सत्मार्गमा लैजानमा सहयोग मिल्ने समिक्षक भट्टराईले बताउनुभयो । यसअघि सुवेदीका षडानन्द स्मृति काव्य , शान्तिभित्रको क्रान्ति खण्डकाव्य , चिन्तनको चौतारी कविता संग्रह , बर्तमान परिवेश खण्डकाव्य , रति रात खण्डकाव्य लगायातका कृति प्रकाशित छन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले वर्तमान समयमा देशमा भाषा संस्कृतिको हत्या हुदै गएकोमा चिन्ता प्रकट गर्नुभयो । विकास निर्माणको परिभाषाभित्र भाषा संस्कृति पनि पर्नु र स्थानीय र प्रदेश सरकारले समेत यसको संरक्षण र बृतिविकासमा ध्यान पुर्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य हिराकुमार थापाले भाषा लिपिको संरक्षण र समद्धनमा प्रदेशसरकार लागि परेको बताउनुभयो ।
कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष कोमलप्रसाद पोखरेलको सभापतित्व , जीवनाथ सुवेदीको स्वागत तथा सचिव श्रीप्रसाद भेट्वालको संचालनमा सम्पन्न कार्यक्रममा कविता वाचन कार्यक्रम समेत राखिएको थियो । कार्यक्रममा श्रष्टाहरु हरिप्रसाद न्यौपाने , मित्रप्रसाद दाहाल , हरिभक्त संग्रौला , मिना अधिकारी , देविचरण भण्डारी , कृष्णसुवेदी निराकार , महेन्द्र गौतम , टिका नेपाल , प्रयागराज काप्mले लगायातले रचना वाचन गर्नुभएको थियो ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा