अब्दुल सद्धाम अन्सारी /कनकाई साप्ताहिकबाट
यस बर्ष २०७५ सालको एसइइ परिक्षामा शैक्षिक हव कनकाईमा सन्तोसजनक पाइएको छ ।
१२ निजि र ५ सरकारी विद्यालय गरि कुल १७ विद्यालय सहभागि परिक्षामा यस क्षेत्रकै पुरानो मानिने पशुपति अंग्रेजी माविको नतिजा सर्वोकृष्ट पाइएको छ भने कनकाई भित्रको टप टेनमा दसौ नम्बरमा देवकोटा एजुकेशन फाउण्डेशन स्थान सुरक्षित गर्न सफल बनेको छ । यी हुन कनकाईका उत्कृष्ट १० विद्यालय …….
१) पशुपति अंग्रेजी माध्यमिक विद्यालय कनकाई ३ सुरुङ्गा ः
पशुपति अंग्रेजी मावि सुरुङ्गा कनकाईकै उत्कृष्ट नतिजा ल्याउन सफ लबनेको छ । ९२ जना विद्यार्थी सहभागि भएको सो विद्यालयमा ८ जना विद्यार्थीले ए प्लस , सहभागि विद्यार्थीमध्ये १८ जनाले ए , ३४ जना विद्यार्थीले बी प्लस , २४ जना विद्यार्थीले बी , ५ जना विद्यार्थीले सी प्लस र बाकी ३ जना विद्यार्थीको नजिता पेन्डिङमा रहेको विद्यालयका पिन्सिपल एलपि उप्रेतीले कनकाई साप्ताहिकलाई जानकारी दिनुभयो । कक्षा ११ र १२ को कक्षाहरु समेत संचालन गर्दै आएको पशुपतिको नतिजा अघिल्ला बर्षहरुमा भन्दा यस बर्ष निक्कै सुधारेर आएको छ । पशुपति कनकाई नगर क्षेत्रकै सबैभन्दा पुरानो निजि विद्यालय समेत हो ।
२) कनकाई मावि सुरुङ्गा । कनकाई ३ सुरुङ्गा ः
कनकाई नगरपालिकाभित्रबाट यस बर्ष कनकाई माविले उत्कृष्ट दोस्रो नतिजा ल्याउन सफ लबनेको छ । देशभरबाट सरकारी विद्यालयबाट नतिजा ओरालो लागिरहेको बेला कनकाई माविको नतिजा भने बोडिङ्ग स्कुललाई समेत माथ खुवाउने तरिकाले आउने गरेको छ । अघिल्लो बर्ष यस माविको नजिता कनकाईकै सर्बोकृष्ट आएको थियो तर यस बर्षपनि विद्यालयले आफ्नो उत्कृष्ट नतिजाको परम्परालाई कायमै राख्दै एक स्थान तल झरेपनि अन्य कनकाईका १५ विद्यालयलाई पछि पार्दै उत्कष्ट दुइमा पर्न सफ लबनेको छ ।
कनकाई माविमा ५ जना विद्यार्थीले ए प्लसको नतिजा ल्याएका छन भने ३९ जना विद्यार्थीले ए , ३३ जना विद्यार्थीले बी प्लस , २६ जना विद्यार्थीले बी , १०६ जना विद्यार्थीले सि प्लस , ४७ जना विद्यार्थीले सी र २ जना विद्यार्थीले डि प्लस नजिता ल्याएको विद्यालयका प्रअ कर्णबहादुर डाँगीले बताउनुभएको छ । यसो त यस विद्यालयले न्युन शुल्क लिएर अंग्रेजी माध्यमबाट समेत अध्यान अध्यापन गराउदै आएको छ । जसबाट केही शुल्क तिरेरै भएपनि राम्रो शिक्षा दिन चाहने मध्यम बर्गिय परिवारका विद्यार्थीलाई समेत मद्धछ मिलेको छ । एसइइ पछि पनि साइन्स लिएर पढ्न चाहने विद्यार्थीका लागि समेत विद्यालयमा कक्षा ११ र १२ का कक्षाहरु समेत संचालन गरिएको छ । कनकाई विद्यालय देशकै नमुना विद्यालय समेत हो ।
३) पाथिभरा मावि लक्ष्मीपुर ः
कनकाई नगरपालिका ८ लक्ष्मीपुरमा संचालित पाथिभरा मावि यसबर्षको एसइइ परिक्षामा उत्कृष्ट तिनभित्र पर्न सफ लबनेको छ । यसो त थोरै विद्यार्थी सङ्ख्या र सबै विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएपछि यस विद्यालयको नतिजालाई सर्वोकृष्टनै समेत मान्न सकिने छ । १७ जना विद्यार्थी सहभागि यस विद्यालयमा सहभागि विद्यार्थीले ५ जना विद्यार्थीले ए प्लस , ६ जना विद्यार्थीले ए , ४ जना विद्यार्थीले बि प्लस , र २ जना विद्यार्थीले बी नतिजा ल्याएका छन ।
४) झापा मेरीगोल्ड कनकाई ४ सुरुङ्गा , इलुवावारी ः
झापा मेरीगोल्ड कनकाई नगरपालिकामा सधै सर्वोकृष्ट नतिजा ल्याउदै आएको विद्यालय हो । यस बर्ष समेत यस विद्यालयले सहभागि एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल बनेको छ । जसमा ३ जना विद्यार्थीले ए प्लस , २० जना विद्यार्थी ए , २० जना विद्यार्थी बी प्लस , र ८ जना विद्यार्थीले बी नतिजा ल्याएको विद्यालयका पिन्सिपल गोकुल उप्रेतीले बताए । अघिल्लो बर्षदेखि दश जोड दुई समेतको अध्यापन गराउदै आएको यस विद्यालयमा यस बर्ष ५१ ज्ना विद्यार्थी परिक्षामा सहभागि भएका थिए ।
५) प्यारागन एकाडेमी कनकाई ३ , सुरुङ्गा ः
कनकाई नगरपालिका सुरुङ्गामा रहेको यस विद्यालय अघिल्लो बर्ष कनकाई नगरपालिकाकै सर्वोकृष्ट विद्यालय बनेको थियो यस बर्ष पनि यसैको निरन्तरता जोगाइराख्न यस मावि सफ लबनेको छ । दश जोड दुईका कक्षाहरु समेत संचालन गर्दै आएको यस विद्यालयमा ४७ जना विद्याथी सहभागि विद्याथीहरुमध्ये ए प्लस २ जना , ए २१ जना र बी प्लस २४ जना विद्यार्थीले ल्याउन सफ लबनेका छन ।
६) नवयुग शिक्षा निकेतन कनकाई ७ दुर्गापुर ः
दुर्गापुर बजारमा ठुलो लगानीमा संचालित यस विद्यालयका पिन्सिपल अखिल कोइराला समेत देशकै प्रतिष्ठित शिक्षासेवी हुनुहुन्छ । यस विद्यालयले यसबर्षदेखि लय समातेको छ । जसअर्नगत यस बर्ष उत्कृष्ट टप छैटौमा पर्न सफ लबनेको छ । जसमा ए प्लस २ जना , ए १४ जना , बी प्लस ११ जना र बी १ जना विद्यार्थीले ल्याउन सफ लबनेका छन ।
७) हरिकुल नमुना मावि कनकाई ३ , सुरुङ्गा ः
कनकाई नगरकै पुरानो मध्येको एक निजि विद्यालय हरिकुलले यस बर्ष सुधारेको नतिजा ल्याएको छ । दश जोड दुईका कक्षाहरु धेरै पहिलेदेखि संचालनमा ल्याउदै आएको यस विद्यालयमा यसबर्ष सहभागि मध्ये २ जना ए प्लस , १२ जना ए , ६ जना बी प्लस , १५ जना बी , ४ जना सी प्लस र ३ जना बिद्यार्थीले सी नतिजा ल्याएका छन । यस बर्ष कनकाई नगरपालिकामा हरिकुल सातौ स्थानमा आउन सफ लबनेको छ ।
८)फक्तालुङ्ग एजुकेशन फाउण्डेशन कनकाई ७ दुर्गापुर ः
मध्य दुर्गापुर बजारमा संचालित यस विद्यालयमा समेत पछिल्लो बर्षयता उत्कृष्ट नतिजा ल्याउदै आएको छ । यसबर्ष संचालित एसइई परिक्षामा १ जना विद्यार्थीले ए प्लस , ६ जना विद्यार्थीले ए नतिजा ल्याएका छन भने ९ जना विद्यार्थी बी प्लस ल्याउदा सो भन्दा तलको नतिजा कसैले पनि नल्याएको विद्यालयका पिन्सिपल ओमविक्रम नेम्बाङ्गले बताउनुभयो । यस बर्ष कनकाई नगरपालिकामा उत्कृष्ट दश मध्ये ८ औ स्थानमा आउन सफ लबनेको छ । यस विद्यालयमा अध्यान अध्यापनको अतिरिक्त खेलकुदमा समेत अब्बल मानिदै आएको छ ।
९) चम्पा फलावर्स इङलिस स्कुल कनकाई ३ , सुरुङ्गा बजार ः
छोटो समयभित्रै उत्कृष्ट नतिजा ल्याउन सफल यस चम्पा फ्लावर्स इङलिस स्कुल यसबर्ष कनकाई नगरिको उत्कृष्ट नतिजा ल्याउन सफ लबनेको छ । जस अन्र्तगत उत्कृष्ट दशभित्र पर्न सफल यस विद्यालयमा सहभागि १८ जना विद्यार्थीमध्ये ६ जना विद्यार्थीले ए र बाकी सबै १२ जना विद्यार्थीले बी प्लसको नतिजा ल्याएर कनकाई नगरकै उत्कृष्ट ९औ स्थानमा आउन सफ लबनेको छ यस विद्यालय ।
१०) देवकोटा एजुकेशन
कनकाई नगरपालिकाको उत्कृष्ट दशमा पर्न सफल बनेको छ । यस देवकोटा एजुकेशन फाउण्डेशन विद्यालय । यस विद्यालयमा समेत सहभागि विद्यार्थीमध्ये ५ जना विद्यार्थीले ए नतिजा ल्याउदा १९ जना विद्यार्थीले बी प्लसको नतिजा ल्याउन सफल बनेका छन यसैगरि १५ जना विद्यार्थीले बी नतिजा ल्याउदा ३ जना विद्यार्थीको नतिजा सी प्लस आएको छ । यो नतिजासगै कनकाई नगरपालिकाभित्रमा उत्कृष्ट दशमा देवकोटा पर्न सफल बनेको छ ।
यता कनकाइकै दिव्यरत्न माविबाट सहभागि विद्यार्थीहरुमध्ये ३ जना विद्यार्थी ए , १५ जना विद्यार्थी बी प्लस र बाकी ८ जना विद्यार्थीले बी नतिजा ल्याएका छन ।
यसैगरि बेनुबाजा अंगेजी विद्यालय कनकाई ५ मा सहभागि भएका विद्यार्थीमध्ये २ जना ए , ६ जना वि प्लस र ४ जना बी नतिजा ल्याएका छन । यसवाहेक सामुदायिक विद्यालय भएर पनि यसबर्ष चम्पापुर माविले समेत उत्कृष्ट नतिजा ल्याउन सफ लबनेको छ ।
चम्पापुरबाट सहभागि विद्यार्थीमध्ये २ जना विद्यार्थीले ए १ जना विद्यार्थीले बी प्लस ६ जना विद्यार्थीले बी २१ जना विद्याथीृले सी प्लस , १४ जना विद्यार्थीले सी र १ जना विद्याथीृले डी प्लसको नजिता ल्याएको छ भने कनकाई ९ अरुणोदय माविले १ जना ए , १६ जना बी प्लस र ६ जना बी नतिजा ल्याउन सफ लबनेका छन ।
यता भृकृटी मावि कनकाई ७ दुर्गापुरमा समेत १ जना विद्यार्थीले ए , ३ जना बी प्लस , २ जना बी , ६ जना सी प्लस , १७ जना सी , र १९ जना विद्यार्थीले डी प्लसको नतिजा ल्याएका हुन । यता सरस्वती मावि कनकाई २ जामुनवारीबाट सहभागि हुने विद्यार्थीमध्ये २ जना बी प्लस , २ जना बी , १६ जना सी प्लस , ८ जना विद्यार्थीको सी नजिता आएको छ । यता आर्दश मावि घैलाडुब्बाबाट समेत २ जना विद्याथीृले बी प्लस लगायातको नजिता ल्याएका छन ।
कनकाई साप्ताहिकबाट
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा