लीलाराज झापाली
झापाको कनकाई नगरपालिकामा फोहोरबाट वायोग्यास निकाल्न नविकरणीय उर्जा कम्पनीको शिल्यान्यास गरिएको छ ।
कनकाई विर्ता अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला कम्पनीको उक्त वायोग्यास प्लान्टको शनिवार अर्थमन्त्री डाक्टर युवराज खतिवडाले शिल्यान्यास गर्नुभयो ।
कनकाई नगरपालिका २ सुकेडाँगीमा रहेको सो वायोग्यास कम्पनी १ बर्षमा संचालनमा आउने दावी गरिएको छ । कुल १६ करोड ७० लाख रुपैँयाको लागतमा निर्माण सम्पन्न हुने योजनाको ४० प्रतिशत रकम विश्वबैँकबाट अनुदान सहयोग उपलब्ध हुने र बाकी ३० प्रतिशत रकम स्थानीय जनताको शेयर तथा ३० प्रतिशत रकम स्थानीय तह कनकाई नगरपालिका , विर्तामोड र अर्जुनधारा नगरपालिकाबाट संकलन गरिने भएको कम्पनीका प्रबन्ध निर्देशक दिपक चापागाईँले बताउनुभयो ।
कम्पनीले सो क्षेत्रको करिव ४ विगाह जमिन खरिद गरेर कम्पनी स्थापना गरि हाल भवन निर्माण सुरु गरिसकेको छ । कम्पनीको उत्पादन सुरु भएपछि यस क्षेत्रका ९०० घरधुरीमा पाइपलाइनबाटै घरघरमा ग्यास पुर्याइने र दैनिक १० टन आग्र्यानिक मल उत्पादन गर्ने समेत कम्पनीका प्रबन्धक चापागाईले बताउनुभयो । यसका लागि कम्पनीले कनकाई , विर्तामोड , अर्जुनधारा र थप झापाका नगरपालिका गरि ५ नगरपालिकाबाट उत्पादित फोहोरलाई ग्यास र मल उत्पादनमा प्रयोग गरिने कम्पनीका अध्यक्ष मिनाल तिम्सिनाले बताउनुभयो ।
बायोग्यास प्लान्टको शिल्यान्यास गर्दै अर्थमन्त्री खतिवडाले अवका वाकी दिनहरुमा प्रदेश , संघिय र स्थानीय सरकारविच कुनै प्रतिस्पर्धा नहुने तर स्थानीय र प्रदेश सरकारविच भने कसले राम्रो काम गर्ने भन्नेमा तीब्र प्रतिस्पर्धा हुने बताउनुभएको छ । मन्त्री खतिवडाले सरकारले २५ बर्षपछिको नेपाल कस्तो हुने भन्ने दिर्घकालिन योजना सहितको पंचबर्षिय योजना सार्वजनिक गरेर काम शुरु गरिसकेको बताउनुभयो । हामीले कम्तीमा देशका गृहणी महिलाले चुल्होमा आगो झोस्ने काम गर्ने छैनन र सबै नेपालीको नविकरणीय उर्जामा पहुच त्यसवेलासम्ममा हुने छ मन्त्री खतिवडाले भन्नुभयो । सरकारले आयतित एलपि ग्यासको प्रयोगमा क्रमश घटाउदै लैजाने र वायोग्यासको उत्पादन र प्रयोगमा प्रोत्साहन गर्ने निति अख्तियार गरेको समेत जानकारी गराउनुभयो ।
मन्त्री खतिवडाले विगतमा सरकारी पक्षबाट धेरै ठुलो गल्तीहरु भएको बताउदै अव यो गल्ती नदोहोराउने प्रतिवद्धता जनाउनुभयो । हामीले दाताले दिएका पैसाहरुबाट समेत हामीले काम नगरेर फर्केर गए , दाताले पैसा दिएर तयार गरिएको फोहोर व्यावस्थापनकै परियोजनाहरुपनि हाम्रै स्वार्थ नमिलेर फर्किएर पनि गए तर अव यस्ता गलती गरिने छैन खतिवडाले भन्नुभयो । स्थानीय सरकाले कम्पनी खोल्दा सरकार नाफामुखीमा मात्रै जाने होकि भन्ने सामान्य शंकामात्रै रहेकोले न्युनत्तम मापदण्डका शिक्षा , स्वास्थ लगायातका क्षेत्रमा बजेट विनियोजन गरि उद्योग खोल्दा आपत्ति नहुने बताउनुभयो । यसअघि खोलिएका सरकारी साझेदारी उद्योगहरु विभिन्न कारणले असफ लबनेको भन्दै यसबाट पाठ सिक्न जरुरी भएको बताउनुभयो । मन्त्री खतिवडाले सरकारले अव अनुदानलाई थप व्यावस्थित बनाइने र बजेटको योजना बनाउदा लोकप्रिय कार्यक्रम र आम नेपालीलाई फाइदा पुग्ने कार्यक्रमहरु समेट्ने तयारी गरिरहेको बताउनुभयो । झापामा चिया मजदुर र संचालकविच चाडो संवाद सुरु गरि यसको दिर्घकालिन समस्याको समाधान खोजिने बताउनुभयो ।
एकअर्काको अडान नछाडेर समस्याको समाधान हुने छैन , आफुले समस्याको दिगो समाधानका लागि चिया व्यावसायी र मजदुर नेताहरुसग छलफलको वातावरण बनाइरहेको बताउदै यस समस्याको चाडो निराकण हुने विश्वास व्याक्त गर्नुभयो ।
कार्यक्रममा सांसद एलपी साँवा, सांसद पवित्रा निरौला, प्रदेश सांसद हिरा थापा , कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , अर्जुनधारा नगरपालिकाका प्रमुख हरि राना , विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा , लगायतले बायोग्यास प्लान्ट स्थापना स्वागतयोग्य भएको भन्दै पहिले प्रधानमन्त्रीले घरघरमा पाइपबाट ग्यास पुर्याउने उद्घोष गर्दा खिल्ली गर्ने समुहलाई यस बायोग्यास कम्पनी गतिलो उदाहरण बन्ने बताउनुभयो ।