मनोज ताम्ली लिम्बु
भनिन्छ, इतिहास जित्नेहरुको लेखिन्छ । तर, युद्ध जिते पनि कमजोरहरुको इतिहास लेखिदैन । कि त बङग्याउने काम हुन्छ । एउटा अन्र्तवातामा वर्तमान प्रधानमन्त्री तथा नेकपाका अध्य केपी शर्मा ओलीले भन्नु भएको थियो – जेलमा मेरो मृत्यु भएको भए आज मेरो वारेमा गलत इतिहास लेखिन्थ्यो । इतिहासको पानामा स्वर्णिम अरमा आफ्नो नाम लेखाउन कि त नेतृत्वमा पुग्नु पर्ने या सहादत पाएर सहिद हुनु पर्ने देखिन्छ ।
नेपाली जनतालाई निरंकुश पंचायती व्यवस्था र त्यसको मतियार सामन्त जमिन्दारसँग मुक्ति दिलाउन लडेका योद्धाहरु आज गुमनाम सामान्य जीवन बाँचिरहेछन् । योद्धाहरुले त्यो व्यवस्था नवदलिकन गरिव नेपाली किसानले मुक्ति पाउदैनन् भन्दै सशत्र संघर्ष गरेका थिए । वर्षौ देखि शोषण, दमनमा परेका गरिव अशिक्षित किसानहरुको साथमा झापाको केही कम्युनिष्ट युवाहरुले गरेको झापा विद्रोहका क्रान्तिकारी योद्धाहरु जीवनको उतरार्धमा कस्तो जीवन बाँचिरहेछन् । उनीहरुले देखेको सपना, भोगेको दुःख अनि अहिलेको परिवर्तनको वारेमा के भन्छन त योद्धाहरु ? झापा विद्रोहमा धेरैले योगदान, बलिदान दिनु भएको थियो ।
१. मालेस्ताएमा
विश्व कम्युनिष्ट आन्दोलनको आदर्श व्यक्तित्वहरु माक्स, लेलिन, स्तालिन, एगेल्स र माओको शुरुको अक्षर वाट बनको नाम हो मालेस्ताएमा । झापा विद्रोहको वारेमा अध्ययन गर्दा रोचक नाम हो मालेस्ताएमा । आन्दोलनले जन्माएको नाम जुन उहाँको शैÔिक प्रमाणप्रत्र र नागरितामा समेत त्यहि छ । २००६ सालमा पुष १ गते तेह्रथुममा जन्मनु भएको मालेस्ताएमाको न्वरानको नाम तुलसीराम दाहाल हो ।
२०२१ सालमा झापा आएर सहिद रामनाथ दाहालको घरमा काम सघाउदै अध्ययनलाई घौलाडुव्वा हाईस्कुल बाट अगाडी बढाउनु भयो । धैलाडुव्वामा कÔा ६ मा पढ्दा उँहा खड्गप्रसाद ओलीको सहपाठी हुनुहुन्थ्यो । रामनाथ दाहालको घरमा राति कम्युनिष्ट नेताहरु मोहन चन्द्र अधिकारी, विष्णु शिवाकोटी, हर्क खड्का लगायत नेताहरुको कम्युनिष्ट आन्दोलनको कुराबाट प्रभावति भइ विधार्थी अवस्थाबाट नै पार्टीको काममा लाग्नु भयो । २०२४ सालमा घैलाडुव्वा हाईस्कुलमा स्वतन्त्र विधार्थी युनियनको निर्वाचनमा पंचायत पÔघर विधार्थी मण्डलको भरत प्रसाईलाई अखिल तर्फबाट अत्याधिक बहुमतले हराउँदै स्ववियु सभापति बन्नु भयो । राजनीतिक दल प्रतिवन्धमा रहेको वेलाको वाम विधार्धीहरुले नेतृत्व गर्नु भएको मालेस्ताएमाले तत्कालिन पंचायत व्यवस्थालाई कडा चुनौति दिन सफल हुनु भएको थियो । उँहाले सभापति रहेको वेला झम्पल पत्रिकाको माध्यमबाट विधार्थीहरुलाई प्रगतिशिल विचार र पंचायती व्यवस्थाको विरोध गर्नु हुन्थ्यो । त्यो समय उँहाले नेतृत्व गरेको प्रगतिशिल विचार भएको विधार्थीहरुको समुह यति शक्तिशाली भयो कि जनताहरुले आफ्नो समस्याहरुमा उँहाहरुलाई नै खोज्न थाले ।
२०२५ सालमा चारपानेमा पंचायतको लेखा परिÔण गर्न स्ववियु सभापतिको हैसियतले बोलाइएको थियो । प्रधानपन्चको चरम अनियमितता देखेर उँहाको समुहले प्रधानपंन्चलाई समेत हातपात गर्नु प¥यो । प्रधानपंन्चलाई कुटे पछि पार्टीको सल्लाहमा भारतको नक्सलमा केही दिन र भारतको दार्जीलिङ्ग हुदै पशुपतिनगर अनि तेह्रथुम जानु भयो । यो टोलीमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, नरप्रसाद उप्रेती, भगिरथ ओली सहित ५ जनाको टोली थियो ।
तेह्रथुममा सुर्य कन्दङवा, विष्णु शिवाकोटी, पुण्य सिटौला लगायतले पंचायत विरोधी कामहरु गरिरहनु भएको थियो । तेह्रथुममा सुर्य कन्दङवाहरुसँग मिलेर फेरि पार्टी काममा लाग्नु भयो । २०२६ सालमा आन्दोलनलाई देशव्यापी बनाउन सबै विधार्थीहरुलाई भेला गरी सक्रान्तिको दिन पारेर सवै स्कुल र अन्य सरकारी कार्यलयहरु वन्द गराउदै पंचायतको सवै अवैध कार्यक्रम भण्डाफोर गर्छौ, नेपालको सिमाना रक्षा गछौ, विधार्थी संगठन जिन्दावाद भन्दै नारा जुलुश लगाउनु भएको थियो । आन्दोलनको कार्यक्रम सकेर फुलवारीबाट हवाकु आउने क्रममा पंचहरुले बाटो छेकेर उँहाहरुलाई कुटपिट गरे । त्यही घटनामा केपी ओली भागेर झापा आउनु भयो ।
अध्ययनलाई अगाडी वढाउन विधालयमा नाम लेखाउन तुलसीराम दाहालको नाममा वारेन्ट जारी भैसकेकोले पार्टी नेताहरुले मालेस्ताएमा नाम राखिदिए । पछि नामको अर्थ सोध्दा पार्टी नेताहरुले तिमिले पनि यो उमेर सम्मामा पंन्चहरुले यति खेदिखेदि दुख दिए त्यसैले कम्युनिष्ट पार्टीको उच्च व्यक्तिहरुको शुरुको अक्षरवाट मालेस्ताएमा भएको जानकारी पाउनु भयो । मालेस्ताएमा २०२७ सालमा पक्राउ पर्नु भयो र १ महिना १८ दिन हिरासतमा वस्नुभयो । उँहाले जेलबाट नै एसएलसि परीक्षालेख्नुभयो ।
मालेस्ताएमा २०२८ सालमा एसएली उत्तिर्ण गरि पुन झापा झर्नु भयो र अनिवार्य प्रथामिक पाठशाला डाँगीवारी बाट पढाउन शुरु गर्नुभयो । शिक्षकसँगै गाउँमा कम्युनिष्ट विचार प्रवाह गर्दै जनतालाई पंचायत विरुद्ध लाग्न प्रेरित गर्नु भयो । प्रगतिशिल विचार भएको मालेस्ताएमाले ब्राहदशीमा साधुहरु होम गरि वस्ने र साधुहरु ढोगी हुन्छन्, मान्छे ठग्छन भनेर साधुहरलाई लखेट्नु भएको थियो । उँहाले बाहुनडाँगी र चारपानेमा पनि पढाउनु भयो । २०३० सालमा कम्युनिष्ट विचार वोकेको र पंचायतको विरोध गरेको आरोपमा शिÔकबाट अवकाश दिइयो र उहाँको नाममा वारेन्ट जारी भयो । काका रामनाथ दाहाल २०२९ साल फागुन २१ गते साहदत भईसक्नु भएको अवस्थामा परिवारको दवावमा भारतको आसाम जानुभयो ।
प्रजातन्त्र आएपछि २०४८ सालमा नेपाल फर्कनु भएको मालेस्ताएमा फेरि पार्टी सम्पर्कमा जानुभयो । राजनीति पीडितलाई सरकारले उपलव्ध गराएको ७५ हजारमा २० हजार आफ्नै पार्टीको नेताहरुले चलाई दिएकोमा आज पनि गुनासो गर्नुहुन्छ । राजनीतिक आस्थाको आधारमा शिक्षकबाट अवकास दिइएकोले त्यसको पुर्नवाहलीको लागि पहिलेको नियुत्ती पत्र , २०३० सालमा पंचायत सरकारले दिएको अवकास पत्र, पार्टीको सिफारिस पत्र बोकेर पार्टीको नेताहरु र मन्त्रालय धेरै धाउनु भयो । अन्त्यमा, निरास भएर झापा फर्किएर वाँच्नको लागि सघर्ष शुरु गर्नुभयो ।
महान कम्युनिष्ट नेताहरुको नामको पहिलो अÔरबाट नाम पाउनु भएको मालेस्ताएमाले सिद्धान्तको झोला बिसाएर बाच्नको लागि माई खोलाको बगरमा बस्नु प¥यो । हिजो कम्युनिष्टहरु भौतिकवादी हुन्छन भगवान मान्दैनन्, भन्दै ब्राहदशीमा साधुहरु खेदाउने मालेस्ताएमा आज माई खोलाको डिलमा केही मुर्ती, केही भगवानको फोटो राखेर कोही पुजा गर्न आउछन् कि भन्दै पर्खिरहेछन् ।
आज कम्युनिष्ट पार्टीको नेतृत्व गर्ने र पार्टीबाट अवसर पाएकाहरुको लागि मालेस्ताएमा महत्वको विषय नहोलान् । तर, कम्युनिष्ट विचार बुभ्mदै गरेका हामी जस्तो युवाहरुलाई गहिरिएर सोच्न बाध्य बनाउँदै छन् मालेस्ताएमा । यति तितो मिठो अनुभव बोकेको मालेस्ताएमालाई आज पनि राजनीति प्रति वितृष्णा छैन । उँहा युवाहरुलाई राजनीतिमा लाग्न र कम्युनिष्ट बन्न प्रेरित गर्नुहुन्छ । तर, आजको कम्युनिष्ट नेताहरुको जीवनशैली, आचरण र स्वभाव चाँही चित्त बुझि रहेको रहेनछ । त्यसैले कम्युनिष्ट पार्टीलाई सच्याउन पार्टीभित्र युवाहरुले वैचारिक विद्रोह आवश्यक छ भन्नुहुन्छ । समानताको लागि लडेका योद्धा आज सुकुम्वासी भई माईखोलाको डिलमा चरम गरिवीमा बाँचिरहँदा पनि यो देश बन्ने कुरामा सकारात्मक हुनुहुन्छ । आज ७० वर्षको उमेरमा व्यक्तिगत केही कुराको अपेक्षा छैन तर मर्नू भन्दा अगाडि देशले कोल्टे फेरेको हेर्न चाहनु हुन्छ ।
लेखक ः अनेरास्ववियु झापाको अध्यक्ष हुनुहन्छ ।