Kanakai Online

घटेन महिला तथा बालबालिका बेचबिखन


बिहिवार, असार ७, २०७५ |

चन्द्रा कोइराला र रविना राई
कार्करभिट्टा । करिब ढेड महिना अधि महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था विश्व सेवा बिस्तारले पत्रकार सम्मेलन गरि ११ जना बालबालिकालाई भारत जानबाट रोकिएको जानकारी गरायो । उनीहरु मध्धे ५ जना झापाका , १ जना मकवानपुर , १ जना सिन्धुली , १ जना सर्लाही र ३ जना बाराका जिल्लाका रहेको संस्थाले जानकारी गरायो ।संस्थाका अनुसार उनीहरुलाई लामा पढाउने नाममा भारत तर्फ लगिने तयारी गरिकएको थियो ।सोधपुछको क्रममा संस्थाले उनीहरुलाई भारत पु¥याउनबाट रोकेको पत्रकार सम्मेलन मार्फत जानकारी गरायो ।
पुर्वी नाका कार्करभिट्टामा सोधपुछका क्रममा भारत लगायत तेश्रो मुलुक जानबाट रोकिने महिला तथा बालबालीकाको सङ्ख्या वार्षिक रुपमा बढ्दो छ । हाल नाकामा ३ बटा संस्थाले महिला तथा बालबालीका भारत लगायत तेश्रो देशमा पु¥याएर बेचिनु नपरोस् भनेर काम गरिरहेको छ । यस्ता संस्थाहरुमा माइती नेपाल , विश्व सेवा विस्तार र साना हातहरु नेपाल रहेका छन् । यि संस्थाले प्रहरी प्रशासन , आफ्ना कर्मचारी , गुप्य सुचना दाता आदिको सहयोगमा नाकाबाट अवैद्य रुपमा सिमा पार गराएर लगिने महिला तथा बालबालिकालाई उद्धार गर्दै आएको छन् । यि तिनबटै संस्थाको फरक फरक तथ्यांकहरुलाई जोड्ने हो भने तथ्यांक भयानक रहेको छ ।
के छ संस्थको प्रतिवेदनमा ?
३ बटा संस्थाको तथ्यांक हेर्ने हो भने उद्धार गरिएका बालबालीका र महिलाहरुको सङ्ख्या बढेको देखिन्छ । माइति नेपाल कार्करभिट्टाको तिन वर्षको तथ्यांक हेर्ने हो भने प्रतिवर्ष उद्धार गरिएकाहरुको सङ्ख्या बढ्दो छ । संस्थाका अनुसार सन् २०१५ मा २ सय ९५ जनालाई उद्धार गरिएको थियो भने सन् २०१६ मा यो सङ्ख्या बढेर ३ सय ४८ जना पुगेको थियो । चालु वर्ष २०१७ को ६ महिनामा १६० जनाको उद्धार गरिएको छ । संस्थाका अनुसार सन् २०१५ मा विदेशबाट ३० जना महिला तथा बालबालीकालाई उद्धार गरिएको थियो । २०१६ मा १८ जनालाई विदेशबाट उद्धार गरिएको माइति नेपालले जानकारी दिएको छ । चालु वर्षको ६ महिनामा २४ जनालाई विदेशबाट उद्धार गरिएको संस्थाले जनाएको छ । माइति नेपाल पुर्वाञ्चल क्षेत्रिय कार्यलय प्रमुख गोविन्द घिमिरेका अनुसार यो सङ्ख्या दोब्बर हुने हो भने ४८ जना पुग्ने छ। संस्थाको प्रतिवेदन अनुसार सन् २०१५ मा १४८ जना महिला तथा बालबालकिा हराएको निवेदन परेकोमा ३३ जनालाई फेला पारि परिवारको जिम्मा लगाईएको छ । यस्तै सन् २०१६ मा १५४ बटा हराएको निवेदन परेकोमा ४० जना फेला परेका थिए भने चाँलु वर्षको ६ महिनामा ११९ निवेदन परेको र २० जना फेला परिसकेका छन् ।
महिला तथा बालबालीकाको क्षेत्रमा काम गर्न गएको वर्ष मार्च महिना देखि सञ्चालनमा आएको विश्व सेवा विस्तार संस्थाले सन् २०१६ को मार्च देखि डिसेम्वर महिना सम्ममा ३ सय ४६ जनालाई उद्धार गरेको छ । संस्थाका कार्करभिट्टा प्रमुख मुना आचार्यका अनुसार मार्च महिनामा ३८ जनालाई उद्धार गरेको थियो । यस्तै अप्रिल महिनामा ४३ , मे महिनामा ५१ , जुन महिनामा ३६ , जुलाई महिनामा ४० , अगस्ट महिनामा ३३ , सेप्टेम्वर महिनामा ३० , अक्टोवर महिनामा १९ र डिसेम्वर महिनामा ३९ जनालाई उद्धार गरिएको छ । संस्थाले चालु वर्षको ७ महिनामा ३१७ जनालाई उद्धार गरेको छ । आचार्यका अनुसार संस्थाले जनवारीमा ४० , फेव्रवरीमा ५५ , मार्चमा ४५ , अप्रिलमा ५० , मे मा ४५ , जुनमा ३९ , र जुलाईमा ४३ जनालाई उद्धार गरेको छ ।
यहि क्षेत्रमा काम गर्दै आएको साना हातहरु नामक संस्थाको तथ्यांक अनुसार २०१५ जुलाई देखि २०१६ जुन सम्म १ वर्षको अवधिमा १ सय ९४ जनाको उद्धार गरि परिवारको जिम्मा लगाईएको छ ।संस्थाका प्रमुख रमेश गुरुङ्गका अनुसार सोहि वर्ष बेचबीखन सम्बन्धी ७ बटा मुद्दा अदालतमा दर्ता गरिएको छ । संस्थाले २०१६ जुन देखि २०१७ जुन सम्ममा भारत लगायत तेस्रो मुलुक जान लागेका १५६ जनालाई उद्धार गरेको छ । यहि समय अवधिमा ४ बटा मुद्दा अदालतमा दर्ता गरिएको छ ।
महिला तथा बालबालिका बेचबिखन कम भएको हो त ?
माइति नेपाल पुर्वाञ्चल क्षेत्रिय कार्यलय प्रमुख गोविन्द घिमिरेका अनुसार फरक फरक संस्थाको तथ्यांकले बढि घटि जे देखाएतापनि महिला तथा बालबालीका बेचबिखन कम नभई दिन प्रतिदिन बढ्दै गएको छ । ‘जुन संस्था बढि सक्रिय भयो त्यति नै महिला तथा बालबालीका नाकामा रोकिन्छन् ’ घिमिरे भन्छन्,‘यो अवस्था कमि हुनुको सट्टा दिन प्रतिदिन बढ्दै गइरहेको छ ।’
विश्व सेवा विस्तार संस्था कार्करभिट्टा प्रमुख मुना आचार्यका अनुसार पछिल्लो समय यो सङ्ख्या बढ्ने क्रममा छ । ‘उद्धार भएको सङ्ख्या बढ्यो भनेर खुसि मनाउने ठाँउ छैन ’आचार्य भन्छिन्,‘हाम्रो आँखा छलेर दोव्वर सङ्ख्यामा दलालहरुले अझै पनि नेपाली चेली र बालबालीकाहरुलाई भारत लगायत तेस्रो मुलुक पु¥याउने गरेका छन्।’
साना हातहरु संस्था कार्करभिट्टाका प्रमुख रमेश गुरुङ्गको तर्क पनि उस्तै छ । ‘नाकामा २४ घण्ट निर्गानी गर्न सम्भव हुदैन ’ गुरुङ्गले भने ‘खुल्ला सिमाको फाइदा दलाले राम्ररी उठाएका छन् ।’ गुरुङ्गका अनुसार उद्धार गर्न नसकिएका चेलीबेटी र बालबालिकाको सङ्ख्या धेरै छ ।
दलालको बदलिदो रणनिति
नेपाल भारत खुल्ला सिमा भएका कारण महिला तथा बालबालीका बेचबिखनको घट्ना दिन प्रतिदिन बढ्दो छ । नाकामा सामान्य चेक जाँच हुने र रोटि वेटीको सम्बन्ध रहेको छिमेकी देश भारत जान कुनै रोकाबट नभएका कारण दलालहरु सहजै नेपाल प्रवेश गर्ने हुदा यो विषयले गम्भिर रुप लिएको छ । ‘विगत दिनहरुमा दलालहरु नेपाल आएर महिला तथा बालबालीका लैजान्थे ’ घिमिरे भन्छन् ‘दलाल हामि भन्दा बाठा छन् , रणनीति परिवर्तन गर्दै आँखाकै अगाडीबाट नाका कटाउछन् ।’
साना हातहरु संस्थाका प्रमुख गुरुङ्गका अनुसार यो धन्दामा लागेका दलालहरुले बारम्बार आफ्नो रणनीति बदलदा महिला तथा बालबालीका बेचबिखनको समस्या विकराल बन्दै गएको छ । ‘पहिले दलालहरु स्पष्ट चिनिन्थ्यो ’ गुरुङ्ग भन्छन् ‘कहिले अफिसर जस्तो कोट पेन लगाएर आउछन् , कँहिले पारि सम्म महिलाहरुलाई सामान किन्ने नाममा एक्लै जान लगाउछन् , ७ जना महिलाहरुको बिचमा एउटा सानो नानिलाई हालेर लान्छन् अनि कसरी रोक्ने ?’
दलालको रुप परिवर्तन सँगै बेचिनबाट जोगाउन गाह्रो परेको महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न संस्थाका मानिसहरुको भनाई छ ।‘गरिवि , बेरोजगारी , अशिक्षा नेपाली समाजमको मुख्य समस्या हो ’ विश्व सेवा विस्तार संस्था प्रमुख आचार्य भन्छिन् ‘दुई छाक पेट भरि खान महिला तथा बालबालीकाले आफ्नो शरिर नर्कमा फसेको पत्तो समेत पाँउदैनन्।’
समाधान उपाय के ?
‘यो सवै गरिवि र अशिक्षाले भएको हो’माइती नेपाल पुर्वाञ्चल संयोजक घिमिरे भन्छन् ‘पहिले सरकारले दुई छाक खाने कुराको प्रवन्ध गरिदिनु प¥यो अनि जनचेतना फैलाउने हो ।’ घिमिरको तर्कलाई आधार मान्ने हो भने यो समस्याको प्रमुख कारण गरिबि हो । मानिसहरुले दुई छाक खान आफ्नो शरिर जोखिममा पारिरहेका छन् ।
विकासको फड्को मार्दै गरेको नेपालमा यो समस्याको कारण अशिक्षा पनि हो । दलालको झुटो र मिठ्ठो आस्वशनमा परेर नेपालका कलिला बालबालीका किशोर , किशोरी देखि लिएर महिला दिदि बहिनिहरु बेचीन बाध्य छन् । ‘हामि नाकामा बसेर दिनहु काउनसिलिङ्ग गरेर मात्र संभव हुदैन ’ विश्व सेवा विस्तार संस्था प्रमुख आचार्य भन्छिन् ‘पहिले तल्लो तहसम्म पुगेर रोजगारी र शिक्षाको अवसर जुटाईदिने हो भने यो समस्या विस्तारै आफै समाधान भएर जान्छ ।’
साना हातहरु संस्थाका कार्करभिट्टा संयोजक रमेश गुरुङ्ग भने साथि संङ्गत र युवा युवतिहरुको उतौलो उमेरलाई पनि दोषि ठान्दछन् । ‘अभिभावकहरु पनि यो विषयमा सचेत हुनु पर्दछ ’ गुरुङ्ग भन्छन् ‘स्वभाविक रुपमा जवानीमा जो कोहि युवा युवतिहरु पनि विग्रने गर्दछन् ।’
सरकारी निकायले समेत वार्षिक रुपमा यो विषयलाई समाधान गर्न विभिन्न निति तथा योजनाहरु ल्याउने गर्दछ । तर के कारणले महिला तथा बालबालीका बेचिरहेका छन् , त्यो विषयमा ध्यान नदिदा समस्या दिन प्रतिदिन विकराल बन्दै गएको छ । नाकामा बसेर बेचिन लागेकालाई उद्धार तथा काउसिलिङ्ग गर्नुका साथै तल्लो निकायसम्मै पुगेर गरिवि , अशिक्षा र वेरोजगारी समस्या समाधान गर्दिन सक्ने हो भने केहि वर्षमा बेचबिखन कार्य शुन्यमा झर्ने मानब अधिकार र महिला तथा बालबालीकाको क्षेत्रमा काम गर्दै आएका विज्ञहरु बताउछन् ।
(प्रशिक्षार्थी पत्रकार )