Kanakai Online

शरणमतीमा एनएमसी डेरीले दुध नकिन्दा सडकमै कृषकले दुध पोखे


शनिवार, असार २, २०७५ |

रविना राई र चन्द्रा कोइराला
शरणामती , असार २ गते । लगातार कृषकले उत्पादन गरेको दुध विक्री नभएपछि दक्षिणी झापा गाउँपालिका ६ शरणामतीका कृषकले सडकमा दुध घोप्टाएर विरोध गरेका छन ।
कृषकहरुलाई विगत ४ वर्षदेखि नेपाल बहुउद्ध्ेश्यीय सहकारी लिमिटेड मेचीनगरबाट संचालित एमएनसी डेरीले ऋण दिएर गाइपालन गर्न लगाएर अहिले दुध खरिद नगरिदिएको भन्दै उनीहरुले सडकमा दुध पोखेर विरोध जनाएका हुन । एनएमसी डेरीको शरणामती चिस्यान केन्द्रमा मात्रै दैनिक ३०० दुध कृषकले ३५०० लिटरसम्म दुध विक्री गर्दै आएको थिए तर १ महिनादेखि कहिले हप्ताको एक दिन त कहिले हप्ताको दुइदिन चिस्यान केन्द्रले दुध होलिडे गर्दै आएको छ । पछिल्लो समय डेरीको दुध चिस्यान केन्द्रको भाडो बिग्रिएर ४ दिनदेखि दुध लिन गाडी नआएपछि कृषकहरु थप मारमा परेका हुन । कृषकहरुले आफुहरुले दैनिक उत्पादन गरेको दुध गाउँमा समेत सित्तैमा बाढ्नुपरेको भन्दै उनीहरुले एमएनसीको भ्याट केन्द्र अगाडिको सडकमा दुध पोखेर विरोध गरेका हुन । स्थानीय कृषक चन्द्रबहादुर कार्की कृषकहरुलाई पहिले अनेकथरी सपना वाढेर एक लाख २० हजार रुपैन्ँयासम्मको लागतमा विकसित गाइ खरिद गर्न लगाएर हाल दुध खरिद नगर्दा लिएको ऋणको साँबा ब्याज तिर्न नसकेको बताउनुभयो । पहिले कृषकलाई टाइसुट लगाएर हिड्ने बनाउछौ भन्दै गाउँ छिरेका थिए अहिले रुदै हिड्ने बनाए कार्कीले भन्नुभयो । पहिले यस क्षेत्रका कृषकले उत्पादन गरेको दुध भारतको डिगल बैँक तथा बहादुर गन्जसम्म पुर्याएर विक्री गर्दै आएका थिए तर गाउँमै चिस्याङ्ग केन्द्र खुलेपछि भारत दुध विक्री गर्न लैजान छाडेर सबै कृषकले डेरीलाई प्रतिलिटर ४० रुपैया देखि ५० रुपैँयासम्ममा दुध विक्री गर्दै आएका थिए । दुध चिस्यान केन्द्रले लिन छाडेपछि १ लाख रुपैँयासम्ममा खरिद गाइ समेत ३० हजारमा समेत विक्री हुन छाडेको स्थानीय कृषक मदन खत्रीले बताउनुभयो । यस क्षेत्रका मात्रै हाल कृषकको दैनिक १ लाख ५० हजार मुल्यको दुध फाल्नु परेको खत्रीको भनाइ छ । यता एनएमसी डेरीका बजार प्रबन्धक नवराज अधिकारी हाल एनएमसी डेरीमा दैनिक १८ हजार लिटरसम्म दुध जम्मा हुने गरेको तथा बजारमा दैनिक १२ हजार लिटरमात्रै विक्री हुने गरेकाले आफुहरुले बाध्य भएर मिल्क होलिडे गर्नुपरेको बताउनुभयो । उहाँले साना लगानी गरेर एकदुइ गाइपालन गर्ने कृषकलाई यसले असर नगरेपनि ठुलो लगानी गरेर गाइपालन फर्म संचालन गरिरहेका कृषकलाई भने मर्का परिरहेकोबताउनुभयो । सरकार वा निजी क्षेत्रबाटै यस क्षेत्रमा दुध पाउडर उद्योगको संचालन नगरेसम्म वर्षेनी कृषकले मिल्क होलिडेको समस्या व्योहोर्नुपने अधिकारीले बताउनुभयो । झापामा कृषकले दुध उत्पादनको लागत मुल्य घटाउनुको साटो वढिरहेकोले समेत समस्या परेको बताउनुभयो । कृषकले दुध उत्पादन वढाउन घाँसको साटो दाना र क्याल्सियस चक्की खुवाउने गर्दा समेत दुध विक्री नहुदा ठुलो नोक्सानी व्योहोर्नु परेको बताउनुभयो । जेठ र असार २ महिना कृषकको वढी दुध उत्पादन हुने हुदा समेत दुध फ्याक्नुपरेको शरणामती दुध चिस्यान केन्द्रका धनपति रिजालले बताउनुभयो ।
तस्वीर ः दुध नबिकेपछि शनिवार सडकमा दुध पोख्दै कृषक लीलाराज झापाली गोरखापत्र