Kanakai Online

काम गर्न सहजता प्राप्त गरेको छु , उपप्रमुख मन्जु प्रसाई कनकाई नगरपालिका


बिहिवार, जेठ २४, २०७५ |

जनप्रतिनिधि रहँदा एक वर्षको अनुभव कस्तो रह्यो ?
स्थानीय तह नयाँ संरचना भएको र आफू पनि पहिलो पटक भएकाले अनुभवको कमीले जनचाहना अनुसार काम गर्न सकिएन होला १ तर पनि सबै वडाहरुमा टोलटोलका कार्यक्रमहरुमा सहभागी भएर स्थानीय तहको समस्याहरुको पहिचान, जनताका समस्याहरु र विकास निर्माण आदिमा तीतामिठा अनुभवहरु प्राप्त गर्ने अवसर पाएकी छु ।
स्थानीय सरकारमा समायोजन गरिने स्वास्थ्य, शिक्षा, कृषि, महिला तथा बालबालिका आदिजस्ता संरचानाहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउँदै बिस्तारै कामको थालनी पनि भएको छ ।
नगरपालिकामा उपप्रमुखको जिम्मेवारी सम्हाल्न कतिको सहज रहेछ ?
नेपालको संविधानले व्यवस्था गरेको पद र पदीय जिम्मेवारीलाई कुशलतापूर्वक कार्य सम्पादन गर्नु भनेको सामान्य कुरा होइन । जनताको इच्छा र आकांक्षा अनुसारको काम गर्न शुरुका दिनहरुमा असहजजस्तै महसुस गरेकी थिएँ । तर, पनि मैले मेरो योग्यता र क्षमताअनुसार सामुहिक नेतृत्वमा काम गर्ने अवसर पाएकाले बिस्तारै सहज बन्दै गइरहेको छ ।
स्थानीय तह नयाँ संरचना भएको र नीति नियम अनि अधिकार क्षेत्रभित्र रहेर कार्य सम्पादन गर्न निश्चितरुपमा पहिलो पटक जिम्मेवारी पाउँदा केही अप्ठ्यारो त हुने नै भयो । तर, नगरप्रमुख, वडा अध्यक्ष, परिषद् सदस्यहरु र कर्मचारी एवम् विभिन्न संघ–संस्था, बुद्धिजीवी, उद्योगी, व्यापारीसहित नगरवासी जनता र सञ्चार क्षेत्रको सहयोग र सद्भावले अझ हिम्मत र उर्जाका साथ कार्य सम्पादन गर्ने जमर्को गरिरहेकी छु ।
उपप्रमुख भनेको स्थानीय तहको न्यायाधिकारी । कसरी न्याय सम्पादन कार्य अगाडि बढिरहेको छ रु
शुरुका दिनहरुमा संवैधानिक र स्पष्ट नीतिगत अधिकार क्षेत्रको ज्ञानको अभावमा धेरै समस्या र चुनौतीहरुको सामना गर्नुपरेको थियो । तर, बिस्तारै स्थानीय तहमा न्यायिक क्षेत्रका विभिन्न तहगत तालिम, गोष्ठी र कानुनी परामर्शदाताहरुको सहयोगमा जानकारी प्राप्त गर्दै आवश्यक संविधानका पुस्तकहरुको अध्ययन गरेर न्याय सम्पादनको कार्यलाई बिस्तारै सहजरुपमा लाने काम भइरहेको छ ।
संविधानले व्यवस्था गरेअनुसार नगरमा मेरो संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति र सबै वडाहरुमा ५ देखि बढीमा ७ सदस्य रहेको मेलमिलाप समिति गठन गरेका छौँ । जसबाट उजुरी उपर कानूनी परामर्शदाताको सहयोगमा न्याय दिने कार्यमा प्रयत्न गरिरहेका छौँ ।
तपाईंको इजलाशमा कस्ता खालका मुद्धाहरु बढी आउने गरेका छन ?
अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने हामीसँंग समाजमा विगतदेखि रहेका समस्याहरु नै आउने गरेको पाइएको छ । यसलाई बँुदागत रुपमा भन्दा विवाह दर्ता नभएको अवस्थाका मुद्धाहरु, जन्मदर्ता नभएको अवस्थाका मुद्धाहरु, जमिनको साँध सीमाना मिचिएका मुद्धाहरु, पैनी कुलो बाटोे सम्बन्धी मुद्धाहरु, सम्बन्ध बिच्छेद सम्बन्धी मुद्धाहरु, आर्थिक लेनदेन सम्बन्धी मुद्धाहरु, मानो चामल सम्बन्धी मुद्धाहरु, कानूनी सहायता सम्बन्धी मुद्धाहरु आदि नै धेरै आएका छन् ।
नगर क्षेत्रमा विकासका संभावनाहरु के कति छ ?
नगरपालिकाले गर्न सक्ने विकासका संभावनाहरु धेरै छन् । यसमा कनकाईको पूर्वी नहर कृषि सिंचाई, ग्रामीण सडक सञ्जाल, धार्मिक पर्यटन, ऐतिहासिक स्थलहरुको प्रवद्र्धन र विकास, स्थानीय तहमा साना तथा मझौला उद्योगहरुको स्थापना, वन सम्पदाको संरक्षण, प्राविधिक तथा व्यवहारिक शिक्षालय, जनताको पहुँचमा स्वास्थ्य आदिआदि गर्न सकिन्छ र गर्नुपर्ने दायित्व पनि हामीले लिएका छौं । यिनीहरुलाई प्राथमिकताको आधारमा कार्यान्वयनमा लैजाने सोच पनि रहेको छ ।
चुनावताका जनताका बीच बाँडिएका आश्वासनहरु कति पूरा गर्नुभयो ?
जिम्मेवारी लिएको एक वर्ष पनि भएको छैन तर पनि वडास्तरबाटै स्थानीय तहका मुख्य समस्याहरुको पहिचान गरी विकास निर्माणका कामहरु सम्पन्न भइरहेका छन् । जनतालाई सहजै सेवा प्रदान गर्नका लागि वडा कार्यालयहरु ९वडा नं। ९, ५ र ८० को स्थापना गरिएको छ । बृद्धभत्ता घरघरमा पुर्याउने काम भइरहेको छ । समग्रमा भन्नुपर्दा हाम्रो कार्यकालमा अधिकतम कामहरु सुरु भएका छन् ।
तपाईं नगरपालिकाको नेतृत्वमा रहनु भएको जिम्मेवार महिला, महिलाकै लागि नगर विशेष कुनै कार्यक्रम पनि बनाउनु भएको छ कि ?
हो, छ । विपन्न आर्थिक अवस्था भएका महिला तथा नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राखेर नगर उपप्रमुख सुत्केरी पोषण कार्यक्रम सञ्चालन भइरहेकोछ । नगरपालिकाको २ लाख रुपैयाँ र व्यक्तिगतरुपमा मैले ५० हजार रुपैयाँ थप गरेर यो कार्यक्रम सञ्चालन गरिएको हो ।
जसअनुसार सुत्केरी महिलाको घरमा नै गएर उनलाई पोषण सामग्री प्रदान गर्दै आएका छौँ । किशोरी शिक्षा, सीपमूलक तालिम ९खेलौना, झल्ला बनाउने, अगरबत्ती बनाउने, प्रशोधित बेसार उत्पादन आदि०, एकल महिलाका लागि मौरीपालन व्यवसाय, कानूनी साक्षरता, प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम, नेतृत्व विकास आदिजस्ता कार्यक्रमहरु महिलाकै उत्थानका लागि भइरहेकाका छन् ।
अन्त्यमा, कनकाई नगरको भविष्य कस्तो देख्नु भएको छ
हालसम्म भए गरिएका न्याय सम्पादनका अनुभवले भविष्यका लागि एउटा स्पष्ट मार्गदर्शन गर्छ भन्ने कुरामा म ढुक्क छु । संविधान सम्बन्धी ज्ञान तथा अनुभवको कमी भए पनि एउटा टिमले कार्य गर्ने र यसमा कानूनी परामर्शदाताको सहयोगले गर्दा भविष्यमा अझ प्रभावकारी रुपमा न्याय दिने कार्यलाई आत्मविश्वासका साथ अगाडि बढ्ने अठोट लिएकी छु ।
साझामन्च अनलाईनबाट

सम्बन्धित खबर