गणेश लम्साल र नयाँ पत्रिका
मोरंगको उर्लाबारी नगरपालिका प्रमुख खडग फागोका अंगरक्षक ९पिएसओ० ले कार्यालयमा आएका सेवा ग्राहीलाई निर्धात कुटपिट गरेका छन् ।
इलाका प्रहरी कार्यलय उर्लाबारीमा दरबन्दि भएर एक वर्षदेखी नगर प्रमुख फागोको सुरक्षामा खटिएका पिएसओ हवल्दार सम्पत राजबंशी र उनका सहयोगीले उर्लाबारी न्यायिक समितिमा महिला हिँसाको घटनामा छलफल गर्न आएका सेवाग्राहीलाई मंगलबार दिउँसो निर्धात कुटपिट गरेका हुन ।
बहिनी र ज्वाइँको बिबाद मिलाउन उर्लाबारी नगरपालिकामा आएका सेवाग्राहीहरु सुनसरी ईटहरीका मनिष भण्डारी, उनका दाजुहरु सुमन र लोकबहादुर भण्डारी पिएसओ राजंबशीको कुटपिटबाट घाइते भए । दाजुद्वयको अवस्था समान्य भएपनि मनिषको भने मुखमा चोट लागेकोले अवस्था गम्भिर रहेको छ ।
आपूmलाई सादा पोशाकको प्रहरी बताउने हवल्दार सम्पतले आफ्ना साथीहरुको सहयोगमा छलफलमा भएको समान्य बिबादकै बिषयमा एक्कासी गम्भिर कुटपिट गरेको भन्दै पीडितहरु जाहेरी दिन इप्रका उर्लाबारीमा पुगेका थिए । तर ईप्रकाका सई प्रकाश पराजुलीले घटना समान्य भएको भन्दै उजुरी लिन नमानेको र मिल्न दवाव दिएको घाइते मनिषले बताए । उनका अनुसार प्रहरीको दवावकै कारण कुटपिट भएको जाहेरी लेख्न लेखापढी व्यवसायीले समेत मानेन । मनिषले भने, ‘पटक–पटक उजुरी लेख्न लेखन्दासलाई आग्रह ग¥यौ तर उनले नलेख्नु सामान्य कुरा हो भन्दै लेख्न मानेकै छैनन् ।’ ईप्रका उर्लाबारीले जाहेरी नलिएमा माथिल्लो तहमा गएर जाहेरी दिने पीडितहरुले बताएका छन् ।
ईप्रका उर्लाबारीका ईन्स्पेक्टर रामहरि तिम्सिनाले आफू बाहिर भएकोले घटनाबारे जानकारी नभएको बताए । सई प्रकाश पराजुलीले घटना नै केही नभएको र कसैले कुनै उजुरी नै लिएर नआएको बताए । नयाँपत्रिकाले घटना बिबरण खुलाएर सोधेपछि बल्ल उनले भने , पख्नोस है ईन्स्पेक्टर’साप आएपछि म साधेर खबर गर्छु ।’
मोरंग प्रहरी प्रमुख मनोजकुमार केसीले घटनालाई छानबिन गरेर दोषीलाई कार्बाही गर्न सकिने भन्दै अवस्था बुझेर एक्सन लिने बताए ।
Trending
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव