लीलाराज झापाली
झापाको कनकाई नगरपालिका सुरुङ्गामा मुलुककै पहिलो डिजेल उत्पादन सुरु हुने भएको छ । फालिएका प्लाष्ट्रिकबाटै अव डिजेल उत्पादन हुने भएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ( नाष्ट) ले यसरि फालिएका प्लाष्ट्रिकबाट पाइरोलाइसिन विधिबाट डिजल निकाल्ने विधि विकसित गरेपछि यसरी फालिएका फोहोरबाट समेत डिजेल निकान्न लागिएको हो । कनकाई नगरपालिकामा मंगलवार यसरी यस विधि प्रयोग गरि एक केजी प्लाष्ट्रिकवाट करिव ७०० मिलिलिटर डिजेल निकालेर प्रयोगमा ल्याइएको हो । यो विधिको सफल प्रयोग सगै अव यस कनकाई नगरपालिकाले चाडै यस मेशिन प्रयोग गरि डिजेल निकाल्न सुरु गरिने नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।
नाफा घाटा भन्दा पनि नगरलाई सफा र हराभरा बनाउनका लागि हामीले प्लाष्ट्रिकको व्यावस्थापन जरुरी थियो । अव हामी यस विधिबाट फालिएका फोहोरबाट मोहोर बनाउन तर्फ लाग्ने छौ नगरप्रमुख पोखरेलले भन्नुभयो । एक करोड लागतमा नगरभरमा उत्पादन हुने प्लाष्ट्रिकको व्यावस्थापन गर्न सकिने र नगरपालिका र यहिका व्यावसायीहरुको सहलगानीमा यस उद्योगकको आगामी वर्षमै स्थापनाका लागि तयारी सुरु गरिने पोखरेलको भनाइ थियो । विश्वका ६५ मुलुकमा यस विधिद्धारा खेरगएका प्लाष्ट्रिकद्धारा इन्धन निकालिसकिएको तथा नेपालमा समेत नाष्टको टोलीले काठमाण्डौमा परिक्षणका रुपमा तेल निकालिरहेको नाष्टका वरिष्ठ प्राविधिक अधिकृत तथा यस मेशिनका मुख्य निर्माता डा ः रविन्द्रप्रसाद ढकालले बताउनु भयो । उहाले एक किलो फालिएको प्लाष्ट्रिकबाट कम्तीमा आधाकेजीदेखि एककेजीसम्मै डिजेल निकाल्न सकिने र सो डिजेल सवारी साधन संचालन , कुप्पी बाल्न तथा औद्योगिक मेशिनरी संचालन गर्न सकिने समेत बताउनुभयो । देशभरमा खेर गएका प्लाष्ट्रिबाट विजुली निकाल्ने हो भने आजको मितिमा खपत भएको जम्मा इन्धनको १० प्रतिशत इन्धन खेर गएको प्लाष्ट्रिकवाटै निकाल्न सकिने र यसवाट आर्थिक र वातावरणीय क्षेत्रमा समेत मद्धत पुग्ने डाक्टर ढकालको भनाइ थियो ।
यसवाट उत्पादित डिजेलको परिक्षण समेत गरेर प्रमाणित भइसकेको समेत ढकालले बताउनुभयो । यसरी उत्पादित डिजेलको बजारभाउ प्रतिलिटर ४० रुपैँया रहेको र लागत खर्चसमेत ४० प्रतिशत मात्रै रहेको समेत ढकालले बताउनुयो । उहाले बैज्ञानिकहरु कुनै देशतथा प्रदेशविशेषका मात्रै नहुने हुदा उनीहरुले उत्पादन गरेका वस्तु विश्वकै लागि योगदान पुग्ने वताउनुभयो । यसैगरि नाष्टका उपकुलपति जिवराज पोखरेलले यस प्रविधिद्धारा गाउ नगरलाई सफा र स्माट सिटीको अवधारणालाई मद्धत पुग्ने बताउनुभयो साथै नाष्टले समेत आफ्ना कार्यालयहरु सातवटै प्रदेशमा विस्तार गर्न लागेकोेले अव गाउ घरको खोज अनुसन्धान हुने र गाउँ गाउबाट बैज्ञानिकहरु जन्मने समेत जानकारी दिनुभयो ।
प्रदेश सरकारका सामान्य विकास मन्त्री जिवन घिमिरे , झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एलपीसाँवा लिम्बु लगायातले प्रविधिलाई जिवनशैलीमा रुपान्तरण गर्नसकेमात्र सरकारले आगामी सन २०३० सम्ममा लिएको तीव्र विकासको लक्ष्य भेट्टाउन सक्ने भन्दै खेर गइरहेका तथा अत्यान्त हानिकारक प्लाष्ट्रिकबाट इन्धन निकाल्दा आर्थिक र पर्यावरणीय दुवै पक्षमा फाइदा पुग्ने र देश क्रमश आत्मनिर्भको बाटोमा जाने वताउनुभयो । कार्यक्रम नाष्ट्रको आयोजनामा भएको थियो ।
फोटो ः फालिएका प्लाष्ट्रिकका टुक्रा मेशिनमा राख्दै प्रतिनिधिसभा सदस्य एलपीसाँबा लिम्बु , उपकुलपति पोखरेल लगायात ।