Kanakai Online

पाचौ पटक मन्त्री बने माननिय गिरीराजमणि पोखरेल


शुक्रवार, चैत २, २०७४ |

काठमाठौं– जनमोर्चा हुँदै माओवादीसँग एकीकरण प्रक्रियामा आएका गिरिराजमणि पोखरेल माओवादी नेताहरूमध्ये सबैभन्दा धेरै मन्त्री बन्ने नेतामा पर्छन् । हाल माओवादी केन्द्रका नेता रहेका पोख्रेल महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
पोखरेल लगातार ०६४, ०७० र ०७४ का तीनवटा चुनावमा जित्ने नेतामा पनि पर्छन् । गत निर्वाचनमा पोखरेल २३ हजार ७ सय ७६ मत ल्याएर विजयी बनेका थिए । पोख्रेलले सङ्घीय समाजवादी फोरमका लक्ष्मी महतोलाई ४२८४ मत अन्तरले पराजित गरेका थिए । पोख्रेल अघिल्लो दुई सरकारमा लगातार मन्त्री भए र अहिले पाँचौँपटक मन्त्री बनेका छन् । उनी चारपटक सांसद र चारपटक मन्त्री बनिसकेका छन् ।
माओवादीमा नारायणकाजी श्रेष्ठनिकट रहेका पोख्रेल अविवाहित पनि हुन् । २०६३ को गिरिजाप्रसाद नेतृत्वको सरकार, २०६५ को प्रचण्ड नेतृत्वको सरकार र २०७४ को शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेका पोखरेल २०७२ को केपी ओली नेतृत्वको सरकारमा शिक्षा मन्त्री बनेका थिए ।
अहिले ओली नेतृत्वको सरकारमा फेरि शिक्षामन्त्रीको जिम्मा पाए । उनी एकपटक प्रमुख सचेतक समेत भइसकेका छन् । नेकपा ९माओवादी० केन्द्रका नेता गिरिराजमणि पोखरेलको जन्म २०१५ साल फागुन २४ गते खोटाङ जिल्लाको खार्पामा भएको हो । बुबा चन्द्रमणि पोखरेल र आमा कनककुमारी पोख्रेलका काइँलो छोरोका रूपमा जन्मेका पोखरेलले खार्पामै रहेको शारदा प्राविमा कखरा सिकेका हुन् ।
त्यसपछि खोटाङकै बुइँपामा रहेको चम्पावती माविमा पोख्रेलले चम्पावती माविमा कक्षा ९ सम्म पढे । फेरि गाउँकै शारदा माविमा फर्केर १५ वर्षको उमेरमा वि।सं। २०३० सालमा एसएलसी उत्तीर्ण गरेका पोखरेलले उच्च शिक्षा विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमाबाट गरे ।
उनले त्यहीँबाट कमर्शमा प्रमाणपत्र, स्नातक र स्नातकोत्तर तहको पढाइ पूरा गरे । विराटनगर क्याम्पसमा स्नातक पढ्दै गर्दा २०३६ सालमा गिरिराजमणि पोखरेल नेकपा ९चौम० को पूर्णकालीन कार्यकर्ता बनिसकेका थिए ।
२०३८ सालमा अनेरास्ववियु छैटौँको सातौँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य बनेका उनी विद्यार्थी सङ्गठनको मेची, कोशी र सगरमाथा अञ्चलको जिम्मेबारी बहन गर्दै २०४१ सालमा भएको विद्यार्थी सङ्गठनको आठौँ राष्ट्रिय सम्मेलनबाट उनी विद्यार्थी सङ्गठनको केन्द्रीय अध्यक्ष बने ।
२०४३ सालमा विद्यार्थी सङ्गठनको अध्यक्ष भएकै बेला भारतको दरभङ्गामा भूमिगत रूपमा भएको नेकपा ९चौम० को सम्मेलनले पोखरेललाई पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित गर्यो । विद्यार्थी सङ्गठनको अध्यक्ष भएर काठमाडौँ गएपछि उनले ‘मूल्याङ्कन’ मासिकमा पनि काम गरे ।
पार्टीमा जोडिएर उनी २०४६ सालमा आन्दोलन अगाडि बढाउन गठन भएको वाममोर्चाको केन्द्रीय नेता चयन भए । यही सन्दर्भमा अखिल नेपाल जनवादी युवा लिगको जन्म भयो । २०४६ सालमा प्रजातन्त्र स्थापना भएलगत्तै गठन भएको नेकपा ९चौम० को युवा मोर्चा अखिल नेपाल जनवादी युवा लिगको संस्थापक अध्यक्ष गिरिराजमणि पोखरेलनै चयन भए ।
नेकपा चौम, सर्वहारा श्रमिक सङ्गठन, नेकपा मसाल र नेकपा जनमुखीबीच एकीकरण भएर नेकपा एकता केन्द्रको गठन भयो । प्रचण्ड महासचिव रहेको एकता केन्द्रको पोख्रेल केन्द्रीय सदस्य बने ।पार्टीको कार्यदिशासम्बन्धी विवादको कारण २०५१ सालमा नेकपा एकता केन्द्रमा विभाजन आयो । प्रचण्डको नेतृत्वमा गठन भएको नेकपा माओवादीले जनयुद्ध सुरु गर्यो । निर्मल लामाको नेतृत्वमा प्रकाश, गिरिराजमणिलगायतका युवाहरूले नेकपा एकता केन्द्रलाई अगाडि बढाए ।
नेकपा एकता केन्द्रको ०५४ सालको विशेष राष्ट्रिय सम्मेलनले गिरिराजमणि एकता केन्द्रको पोलिटब्युरो सदस्य बने । २०५८ सालमा नेकपा एकता केन्द्र र नेकपा मसालबीच पार्टी एकीकरण भएपछि नेकपा एकता केन्द्र मसालको निर्माण भयो । पोखरेल त्यसको पनि पोलिटब्युरो सदस्य बने । नेकपा माओवादी र नेकपा एकता केन्द्र मसालबीच २०६५ सालमा पार्टी एकता भएर तत्कालीन एकीकृत नेकपा माओवादीको निर्माण भयो ।
पोख्रेल त्यसबेला एमाओवादीको स्थायी समिति सदस्य बने । त्यससपछि २०७३ सालमा बादल नेतृत्वको क्रन्तिकारी माओवादीलगायत दश वाम पार्टीसँग पार्टी एकता भएपछि पोख्रेल माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्य बनेका थिए । त्यसअघि उनी २०५८ सालमा राष्ट्रिय जनमोर्चा र संयुक्त जनमोर्चाबीच पार्टी एकता भएर बनेको जनमोर्चा, नेपालको केन्द्रीय उपाध्यक्ष बने ।
पोख्रेल २०५० को दशकदेखि उपल्लो सगरमाथा–जनकपुर, तल्लो सगरमाथा–जनकपुरसम्मका सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सिन्धुली, रामेछाप, उदयपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बुलगायतका जिल्ला र कोशीपूर्वका जिल्लाहरूमा समेत निरन्तर वर्ग सङ्घर्ष र क्रान्तिकारी रूपान्तरणको आन्दोलनको नेतृत्व गर्दै आइरहेका छन् । पोखरेल गुटको राजनीति गर्ने गुटको कोटमा पटकपकट मन्त्री हुँदै आएका छन् ।