कनकाई अनलाईन
झापा । बितेको आठवटा आर्थिक वर्षमा झापामा घर पालुवा छाडा चौपायाका कारण भएको सवारी दूर्घटनमा परेर नौ जनाको ज्यान गएको छ ।
चालू आर्थिक वर्ष २०७४र०७५ को फागुन तेस्रो सातासम्म तीन जनाको ज्यान गएको तथ्याङ्क जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासँग छ । योसँगै छाडा चौपायाका कारण भएको सवारी दूर्घटनामा परेर ज्यान जानेको संख्या १२ पुगेको छ ।
आर्थिक वर्ष २०६६र०६७ देखि चालू आर्थिक वर्ष २०७४र०७५ फागुन तेस्रो सातासम्ममा छाडा चौपायाकै कारण जिल्लामा ६१ वटा सवारी दूर्घटना भएका छन् । जसका कारण दर्जनौँले अकाल मै ज्यान गुमाउनु परेको हो । दूर्घटनामा गम्भीर र सामान्य घाइते भएकाको संख्या त्योभन्दा बढी छ ।
पूर्व पश्चिम लोकमार्गमा चल्ने अधिकांश सवारी साधन चौपायको धरापमा पर्ने गरेका छन् । आर्थिक वर्ष २०६६र०६७ मा चौपायाका कारण भएका १० वटा सवारी दूर्घटनामा परेर २ जनाले अकालैमा ज्यान गुमाए ।
२०६७र०६८ मा २४ तथा २०६८र०६९ मा १३ वटा सवारी दूर्घटना चौपायाका कारण नै भए । ती दूर्घटनामा परेर दुई—दुईजनाको ज्यान गएको तथ्याङ्क प्रहरीसँग छ ।
सवारी दूर्घटना न्यूनीकरणका लागि प्रहरीले विभिन्न चेतनामुलक कार्यक्रम पनि नगरेको होइन । तर, अभियान प्रभावकारी नहुँदा दूर्घटना बढेका बढ्यै छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईका अनुसार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गतको दूधे, झिलझिले, केर्खा, धरमपुर डुँडामारी सडकखण्डमा अत्याधिक छाडा चौपायाका कारण दूर्घटना हुने गरेका छन् ।
विशेष गरी बिहान र साँझको समयमा यस्तो समस्या आउने गरेको प्रहरी निरीक्षक राईको भनाई छ । यी क्षेत्रको राजमार्ग उत्तरतर्फ रहेको रतुवामाई वृक्षारोपण आयोजनाको जंगल यहाँका स्थानीयबासीले पालेका चौपायाका चरन क्षेत्र बनाइएका कारण यस्तो समस्या थपिएको हो । चौपाया धनीबाट बिहान राजमार्गमात्र कटाउने काम गरिँदै आएको छ ।
शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाका उत्तरी क्षेत्रबाट हजारको संख्यामा चौपाया चरनमा लैजाने गरिएको छ । चौपाया धनीसमेत आफ्ना पशुले राजमार्गमा अवरोध गर्दासम्म केही गर्नेवाला छैनन् । यसमा प्रहरी तथा सम्बन्धित गाउँ तथा नगरपालिकाले निक्कै कडाई गरेको भए पनि घटना बढिरहेका छन् ।
‘सम्बन्धित गाउँ तथा नगरपालिकाले चौपायाका कारण कुनै पनि सवारी दूर्घटना भएर मानवीय क्षति भए त्यसको सम्पूर्ण क्षति सम्बन्धित चौपाया धनीबाट लिने निर्णय गरेको छ’ प्रहरी निरीक्षक राईले भने ‘तर, चौपायाका कारण दूर्घटना भए चौपाया धनी नै देखा पर्दैनन् । त्यसले ज्यादै समस्या भएको छ ।’
ट्राफिक प्रहरीलाई सवारी दूर्घटना न्यूनीकरणका लागि छाडा चौपाया निक्कै चुनौती र टाउको दुखाइको विषय बनेको अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाका प्रमुख ट्राफिक प्रहरी नायव निरीक्षक नारायण आचार्यको भनाई छ ।
यसको नियन्त्रणमा सम्बन्धित गाउँ तथा नगरपालिका प्रहरी प्रशासन लाग्दा लाग्दै पनि २०७१र०७२ मा यसैका कारण भएको एउटा दूर्घटनामा परेर दुई जनाको ज्यान गयो ।
२०७३र०७४ मा एउटा तथा २०७४र०७५ को फागुन तेस्रो सातासम्ममा दुईवटा सवारी दूर्घटना भएका छन् । ती दूर्घटनामा परेर क्रमशः एक र तीनजनाको ज्यान गएको छ ।
पूर्वाञ्चल सडक डिभिजन कार्यालय र रतुवामाई वृक्षारोपण आयोजनाले यसको नियन्त्रणमा थोरैमात्रै चासो देखाउने हो भने दूर्घटनामा कमी आउने सक्ने स्थानीयको विश्वास छ ।
आयोजनाले आफ्नो हातामा कसैले चौपाया छाडे कारवाही गर्ने तथा डिभिजनले पूर्व पश्चिम राजमार्गका चौपाया गौंडामा ९सुरुङ मार्ग० बनाउने हो भने चौपाया राजमार्गमा हिडाउनु नपर्ने स्थानीयको भनाई छ ।