Kanakai Online

खुट्टी कामेकै हुन त ?


मङ्गलवार, माघ २३, २०७४ |

भीमप्रसाद अधिकारी
“भन्छन् नि, राष्ट्रिय राजनीति बारे जान्नु बुझ्नु केहि छैन”।
“काग कराउदै गर्छ,……निर्णय कार्यान्वयनमा ढिलाई गर्नू हुन्न”।
“अध्ययन सहितको अनुुभव हुनु पर्यो नि, यो उचाईबाट आकलन गर्न”।
“यस्ता लाल बुझक्क्डहरु धेरै देखियो”। आदि जवाफहरु ठूला नेताहरुले तल्लो तहका कार्यकर्ताहरुलाई पटक पटक लगाउदै आएका छन् । जब जब नेतृत्वका बोली, ब्यबहार र निर्णय प्रति तल्ला तहका कार्यकर्ताहरुले बिमती जनाउछन् तब तब यी र यस्ता लाठी कार्यकर्ता माथी बर्सन्छन् ।
त्यसलाई सहन अभ्यस्त भएका कार्यकर्ताहरु तै चुप मै चुप हुदै दलीय दाशतालाई स्विकार्न विवश हुन्छन् भने केहिले विद्रोहको बाटो समाउन पुग्दछन् । तर पनि नेतृत्व माथि कहिलेैे औपचारीक रुपले प्रश्न उठन सक्तैन । यो असहमतिको अभिमत बिस्तारै मरिच चाउरिए झै चाउरिदै जान्छ अनि सेलाउछ । तर त्यो असहमतिको अभिमत नेतृत्व भित्रै देखियो भने ठूलो दरारी गुट निर्माण हुदै झाङ्गिदै जान्छ । खास स्थितीमा नपुग्दै लाभको कुनै पदिय भागबण्डाबाट मेलमिलाप हुन सकेन भने उक्त दल बिभाजित हुन पुग्दछ । यो विगत देखिको कटु यथार्थ नै हो ।
सन्दर्भ रह्यो राष्ट्रिय सभा निर्वाचनमा नेपाली काग्रेसका उम्मेद्धारलाई मत दिने कुरामा नेपाली काग्रेस, नया शक्ती नेपाल र विवेकशील साझा पार्टी बिच यही माघ १० गते बुधबार सहमति भएको कुरा नेपाली कागे्रसका प्रबक्ताबाट सार्बजनिक भए पश्चात विवेकशील साझाका कार्यकर्ता तथा समर्थक बिच निक्कै ठूलो खैलाबैला उत्पन्न भएको छ । नेपाली काग्रेस आफ्नो उम्मेद्वारलाई समर्थन जुटाउन सफल भएकोमा हर्षित देखिन्छ भने नया शक्ति नेपालले गुण फिर्ता गर्न पाएकोमा । तर विवेकशील साझा पार्टीले नेपाली काग्रेसलाई मत हाल्ने निर्देशन गर्नु आफ्नो चुनाव अधिको चरित्र सग मेल खाएको देखिदैन ।
चुनाव अधाडी कुनै दलसग सहकार्य गरेको भए प्रतिनिधि सभामा सहजै प्रवेश पाउन सक्ने थियो । सो कार्य कुन राजनीतिक आदर्शले रोक्यो र आज के कस्तो राजनीतिक परिबर्तन हुन पुग्यो जस्ले गर्दा नेपाली काग्रेससगको सहकार्यलाई अनिबार्य बनायो ? के यो परिस्थितिजन्य कारण आफ्ना दुई लाख माथिको सख्यामा रहेका मतदाताहरु सग राख्नु आबश्यक छैन ? हिजो प्रतिनिधि तथा प्रदेश सभाको कुन स्थान जित्ने निस्चित थियो ? देशका झण्डै १५० माथिका होनाहार युवाहरु निर्वाचनको सभावित परिणाम प्रति समेत ध्यानै नदिई निर्वाचनमा किन होमीए ? सर्वत्र पराजय भोग्नु परे पनि विसा पार्टीले के उपलब्धि लिन सक्यो ? त्यसको समग्र समिक्षा गरेको भए त्यसकै आाधारमा अधाडीका कार्यदिशा निर्माण हुनु आबश्यक थियो ।
अहिले राष्ट्रिय सभाको निर्वाचनमा विसा पार्टीका अधाडी चार विकल्पहरु देखिन्छन् ।
(१) नेपाली काग्रेसलाई समर्थन गर्नु ।
(२) वाम गठबन्धनलाई समर्थन गर्नु ।
(३) चुनाव बहिस्कार गर्नु ।
(४) आफै उम्मेद्वारी दिनु ।
उपरोक्त चार बिकल्प मध्ये कुन बिकल्प बिसा पार्टीका लागि उपयुक्त हुन सक्छ भनि यकिन गर्नु पुर्ब कुन राजनीतिक आबश्यकता पूरा गर्न यो विवेकशील साझा पार्टीको जन्म भएको हो ? त्यसको छोटो राजनीतिक देखा जोखा गर्नु आबश्यक हुन्छ । निर्वाचन आयोगमा दर्ता भई मुलुकमा क्रियाशील हुदै आएका झण्डै १८० राजनीतिक दलहरु भित्र यो दल किन अटाउन सकेन ? ससदिय अभ्यासमा रम्ने र रमाउने दलहरुको देशमा कुनै कमि त थिएन । तर पनि थप एक नया राजनीतिक दलको आबश्यकता किन ठानियो भने…….।
(१) पार्टीहरु भ्रष्टाचार, तस्करी र कमीसन खोरीको फन्दाबाट मुक्त रहन सकेनन् ।
(२) देशको समृद्धि र उन्नतिको दिशाबोध गर्न सकेनन् ।
(३) आधारभूत तहका नेपाली जनताका आबश्यकताको आकलन गर्न सकेनन् ।
(४) डन, गुण्डागर्दि र माफियागिरीको चक्करबाट मुक्त रहन सकेनन् ।
(५) ईमान र निष्ठाको राजनीतिलाई आत्मासात गर्न सकेनन् ।
(६) विदेशी शक्तीराष्ट्र सामु लम्पसारबाद छोडन चाहेनन् ।
देशमा राजनीतिक दलको कमि हुदै होईन हो भने जनपक्षीय निष्ठा सहितको बैकल्पिक राजनीतिक शक्तीको आबश्यकता परेरै होला ससदीय निर्बाचनको प्रथम अभ्यासमै बिसा पार्टीलाई दुई लाखमाथी मतदाताहरुले समर्थन गर्दै उज्यालो भविष्यको पुर्व सकेत गरी दिएका छन् । विसाका उम्मेद्धारका पक्षमा मत माग्ने सम्पुर्ण अभियन्ताहरुले परम्पराबादी दल र विसा बिचको फरक औल्याउदै “अबको आशा विवेकशील साझा”को नारा सर्बत्र गुञ्जयमान गराउन पुगे । यो अतुलनिय जन सम्मान विसा आफैले जोगाउन सकेन भने अन्य दलहरु भन्दा फरक हुन सक्तैन ।
अरु भन्दा फरक छु, राम्रो छु त सबैले भन्दै आएका छन् तर त्यो फरक ब्यबहारमा अनुभुत हुन सकेन भने “जुन जोगी आए कानै चिरेका” उखानको चरितार्थ हुनेछ । तसर्थ नेका वा वाम गठबन्धनलाई समर्थन गर्नु उनिहरु माथी आफैले लगाएका आरोपको आफु पनि भागिदार हुनु पर्नेछ । बाकी रह्यो मत बहिस्कार वा आफै उम्मेद्धार हुने मध्ये कुनै एकलाई स्विकार गर्नु बुद्धिमानी हुन सक्तछ । ससदीय अभ्यासमा मत बहिस्कार उपयुक्त विकल्प नभए पनि बाध्यकारी विकल्प भने हुदै आएको छ । तर आफ्नो तिन सिट रहेको अबस्थामा सम्मानजनक तिन मत प्राप्त गर्नु अपमानित मार्ग भन्न सुहाउदैन । आफ्नो सामथ्र्य भित्रको तिन मत माथि थप सभावित मतको खोजीमा ध्यान पुर्याउनु सबै मतदाताको सम्मानको मार्ग हुन सक्तछ ।
विसा पार्टीले बुझ्नु पर्दछ कि यो एक सुरुवात हो । ससदीय अभ्यासमा पद, धन दौलत अनि सुरा सुन्दरी सम्मका खेलमा अभ्यस्त रहेका परम्पराबादी दलहरुबाट मिठा मिठा वास्नादार समोहनका राग त आउन त बाकी नै छ । ती वास्नादार हावाका झोकाले लठ्ठ पारी ससदीय अभ्यासमा एक असफल खलपात्र सावित हुन बेर लाग्दैन ।
तसर्थ विसा पार्टीले आफ्नो जन्मको सुरुवातबाटै निष्ठाको भगवानलाई पाखा लगाउने योजना नबनाओस ।
एक सरोज धितालका पछाडी सयौ सरोजहरु छन् । एउटा भ्रष्टाचारीले निर्वाचनमा सहभागि हुन पाउनु पर्ने माग राख्ने एक भ्रष्ट पक्षिय उम्मेद्धारको समर्थन गर्दै निस्वार्थी र भ्रष्टाचार विरोधि कर्मयोगी सरोजको राजनीतिक अवसान हजारौ समर्पित ईमानको देहावसान हुन सक्तछ । हेक्का रहोस कपडाको फरकले मात्र मान्छे फरक हुन सक्तैन । गति र मति सहितको ब्यबहार र आचरणमा फरक रहन सक्यो भने मात्र ससक्त एकमात्र बैकल्पिक शक्ती रहन सक्ला अन्यथा “जुन जोगी आए कानै चिरेको” “सतिले सरापेको देश” अनि “नया वोतलमा पुरानै रक्सी” चरितार्थ हुन बेर लाग्ने छैन ।
मिति २०७४।१०।१३कनकाई—४ झापा
९८४२६४१५१०