कनकाई अनलाईन ।
भद्रपुर १० का युवा गायक स्वर्गीय विवेक कार्कीको स्मृतिमा स्थापना गरिएको विवेक कार्की स्मृति प्रतिष्ठान भद्रपुर १० को आयोजनामा विद्यालय स्तरीय गायन प्रतियोगिता आज सम्पन्न भएको छ । वरिष्ठ संगीतकार शिवशंकर थापाको प्रमुख आतिथ्यमा भद्रपुर १० वीपी चौकमा आयोजित भद्रपुर नगरका १६ वटा विद्यालयका विद्यार्थीहरुले आधुनिक गायनमा प्रतिष्पर्धा गरेका हुन् ।
कार्यक्रममा गत वर्षको माघ १७ गते हृदयघातका कारण ज्यान गुमाएका कार्कीको वार्षिक पुण्य तिथिको अवसर पारेर भर्खर गठित प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शब्दमार्फत उपाध्यक्ष रमेश पोखरेलले तथा गीत मार्फत गायक अनुज प्याकुरेलले गरेका थिए भने सञ्चालन महासचिव रुमा राजवंशीले गरेकी थिइन् । कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले स्वर्गीय कार्कीप्रति भावपूर्ण श्रद्धाञ्जलि मन्तव्य राखेका थिए ।


