कनकाई अनलाईन
झापाको शिवसताक्षीमा श्रीमद्वाल्मीकीय रामायण नवाह ज्ञानमहायज्ञ एवं धान्याचल महोत्सव हुने भएको छ ।
रंगनाथ मन्दिर संचालन समिति तथा महोत्सव मुल आयोजक समितिले वुधबार मन्दिर हातामा पत्रकार सम्मेलन गर्दे माघ २० देखि फागुन १ गते सम्म धार्मिक अनुष्ठान हुने भएको जानकारी गराएको हो । रंगनाथ मन्दिरको पुर्वाधार निर्माण गर्ने उद्धेस्यले सो महोत्सवको आयोजना हुन लागेको आयोजक समितिका अध्यक्ष हेमराज पाण्डेले वताए ।
महोत्सवमा डा यतिराज घिमिरे ले श्रीमद्रामायणको भावगर्भित सरस संगितमय प्रवचन गर्नुहुने आयोजन समितिले वताएको छ । समितिका सचिव रामानुज नेपालले जानकारी दिए । ४० लाख आम्दानि हुने र १२ लाख खर्चको अनुमान गरिएको सो महोत्सवमा रामायण कथाको प्रसङ अनुसारको नाटक मन्चन हुनेपनि उनले वताए । हामि कथाको पात्र अनुसारको भेष भुसामा सजिएका झाँकी प्रस्तुत गर्नेछौ उनले भने यो नै महोत्सवको विषेश आकर्षण हुने छ । रंगनाथ मन्दिरको चार धाम मध्येको एक धाम शिवसताक्षीमा रहेको आयोजकले वताएको छ । नेपाली काँग्रेसका शिवसताक्षी नगर सभापति पर्शुराम ढुँगानाले देव भुमी को रुपमा स्थापित जिल्लाको एतिहासीक शिवसताक्षी नगरमा यस्ता सम्पदा थपिनुले नगरको गरिमा उचो हुने वताए ।
१० क्वीन्टर वजन भएको रंगनाथ मुर्तिकोप्राण प्रतिष्ठा गरि मन्दिरमा अनावरण गरिने समितिले जनाएको छ । सो मुर्ति नेपालमा दाश्रो ठुलो मुर्तिका रुमा स्थापित हुनेपनि आयोजक समितिले दावि गरेको छ । समितिका अनुसार प्रत्येक दिन विहान ६ वजे महोत्सव अवधिभर नित्य पुजा, साढे ७ वजे देखि मुल पाठपारायण, विहान ११ वजे देखि ४ वजे सम्म कथा प्रवचन, साँझ ७ वजे देखी राति १० वजे सम्म माहात्म्य प्रवचन, झाँकी, भजन कीर्तन र फागुन १ गते महाशिवरात्रिका दिन तिल तुलसी अर्चना एवं यज्ञको पुर्णाहुति हुने छ ।
०६२ सालमा रंगनाथ मन्दिरको निर्माण भएको भएपनि आर्थीक अभावका कारण सो मन्दिरले पुर्णता पाउन सकेको थिएन । स्थानिय नारदमुनि ढकाल, देवकी नन्दनाचार्य र वेलवारी निवासी विष्णु वर्दन कट्टेलले दामासाहिले १÷१ कठ्ठा जग्गा दान गरेपछि देवकीनन्नाचार्य मठ एव श्री रंगनाथ मन्दिर स्थापना भएको हो । यसका अलावा मन्दिरको स्वामित्तमा १ विगाहा १४ कठ्ठा खेतियोग्य जमिन रहेको छ । स्थानिय स्र्गीय दानविर कुवेर नेपालले १० कट्टा, वनियानिकी भगवति वराल ले २ कठ्ठा ५ धुर र धरमपुरका गोविन्द दुलालले १ कठ्ठा जग्गा दान गरेका छन । अन्य जग्गा भने मन्दिर आफैले खरिद गरेको हो ।
महोत्सव संचालन गर्नका लागि विभिन्न उपसमिति गठन भएका छन । ति समितिले युद्ध स्तरमा काम गरिरहेको मुल आयोजक समितिले जनाएको छ । पत्रकार सम्मेलनमा पंडित कुवेर सुवेदी, चन्द्रमणी नेपाल, नरपति निरौला, पत्रकार विनोद सापकोटा लगायतले महोत्स सफल्ताको शुभकामना मन्तव्य राखेका थिए ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा