बनियानी, झापा, माघ १ गते । झापाको कनकाई नदीमा मकर स्नान गर्न ठूलो संख्यामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । झापाका साथै मोरङ, सुनसरी, इलाम, सिरहा, सप्तरीलगायत भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा भक्तजन मकर स्नानका लागि यहाँ आएका छन् ।
सौर्यमानको हिसाबले माघ महिना शुरु हुने पहिलो दिनलाई माघे सङ्क्रान्ति भनिन्छ । मकर राशिको नामबाट माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिएको छ । माघ १ गतेदेखि सूर्यको उत्तरायण हुने हुँदा रात छोटा र दिन लामो हुँदै जान्छ । मकर सङ्क्रान्तिका दिन स्नान गर्ने, तिलको लड्डु खाने, तरुललगायत कन्दमूल खाने परम्परा रहेको छ ।
हिन्दू धर्ममा उल्लेख भएअनुसार मकर सङ्क्रान्तिको दिन नदी स्नानलाई उत्तम मानिन्छ । मकर सङ्क्रान्तिकोे दिन सूर्योदय हुनु पूर्वको नदीमा स्नान अझ उत्तम मानिने पण्डित सोमनाथ सुवेदीले बताउनुभयो ।
यसैबीच, हरेक वर्षझैँ यस वर्ष पनि कनकाई नदी किनारमा मेला लागेको छ । माईमेलाको नामले प्रख्यात यस मेलामा ठूलो संख्यामा श्रद्धालु भक्तजन मेला भर्न आउने गरेका छन् ।
माईधारमा मकर स्नानका लागि हजारौँ मानिस मेलामा आउने शिवसताक्षी स्थानीयवासी पंकज भुर्तेलले बताउनुभयो । उता, मेलामा कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा बनाइएको छ । मेलामा ३०० बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कैलाश राईले जानकारी दिनुभयो ।
सुरक्षा अवस्था मजबुद बनाउन सिसी क्यामेरासमेत जडान गरिएको छ । मेला लाग्ने मुख्य १० स्थानमा सिसी क्यामेरा जडान गरिएको हो ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ