लीलाराज झापाली
माईधार , पुस ३० गते । मकर सग्राङ्तीको अवशरमा लाग्दै आएको पुर्वकै चर्चित कनकाई माइवेनी मेलाको सुरक्षका लागि विभिन्न स्थानमा सिसि क्यामेरा जडान गरिएको छ ।
कनकाई माइको दुवै किनारामा माघ १ गतेका दिन वर्षौदेखि लाग्दै आएको यस मेला संम्भवत पुर्वकै ठुलो मेला मानिदै आएको छ । विहानैदेखि मकर नुवाउन तथा मेला घुम्नका लागि नेपाल तथा भारतबाट ठुलो सङख्यामा भक्तजनहरु आउने गरेका छन ।
मेला समिति ठेकेदार तथा नगरपालिकाहरुको समन्वयमा माइधारतर्फ मेला लाग्ने मुख्य स्थानको १० स्थानमा सिसि क्यामेरा जडान गरिएको तथा भीड नियन्त्रणका लागि कनकाई नदिमा अस्थायी बाँसको पुल निर्माण गरिएको छ । स्नान गर्ने भक्तजनलाई विहानको समयमा दाउरा बाल्ने तथा विभिन्न स्थानमा सौचालयको समेत निर्माण गरिसकिएको मेला आयोजक समितिले जनाएको छ । मेला सुरक्षाका लागि ठुलो सङ्ख्यामा जनपद , शसस्त्र तथा ट्राफिक प्रहरी र स्वयाम सेवक समेत खटाइएको छ । कनकाई माईमा मकर सङ्क्रातिको अवशरमा ३ दिनसम्म माइवेनी मेला लाग्दै आएको मेलास्थलबाट यस क्षेत्रका २ नगरपालिकाहरु कनकाई र शिवसताक्षीले समेत राम्रो आन्तरिक आम्दामी गर्दै आएका छन ।
फोटो ÷ कनकाई माइमा भक्तजनका लागि बनाइएको अस्थायी बाँसको पुल
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ