लीलाराज झापाली
सुरुङ्गा , पुस १९ गते । झापाको लायन्स क्लव अफ कनकाईले झापा इलाम सिमानको इलामको माई नगरपालिका ८ लोत्सेका सिङ्गो गाउँलाई जाडोको कपडा वितरण गरेको छ ।
सुरुङ्गाका कपडा व्यावसायी दयानन्द वंशल तथा उनको दाजुभाइहरुले दिएको कपडामा लायन्सका युवाहरुले समेत थप कपडा किनेर युवाको समुह आफै सो गाउँमा गएर ४२ घरपरिवारका २२० जनालाई जाडोको कपडाहरु लगाउने स्वीटर , व्लाङ्केट , ज्याकेट , वच्चालाई कपडा लगायातका लत्ताकपडाहरु वितरण गरेको थियो । सो क्षेत्रमा जाडोमा जनजिवन प्रभावित बनेको खवर सुनेपछि आफुहरुको सो टोली आवश्यक कपडा लगेर वितरण गरेको लायन्स क्लवका चार्टर प्रेसिडेन्ट लीलाप्रसाद चिमरियाले बताउँनुभयो ।
जाडोले यस क्षेत्रको स्कुलहरुमा समेत विद्यार्थी जान छाडेका रहेछन । २ घण्टा हिडेर स्कुल जानुपर्ने वाध्यताका यी विद्यार्थीलाई साह्ै समस्या परेको रहेछ चिमरियाले भन्नुभयो । आफुहरुले यस गाउँका सवैलाई जेजस्तो लुगा लगेको सवैलाई मिलाएर वितरण गरेको लायन्सका सचिव मनोज वस्नेतले वताउनुभयो । झापा र इलाममा रहेको यस विकट गाउँलाई दुवै जिल्लाका प्रमुखहरुले नहेरिदिदा समेत यहाँका वासीन्दा र विद्यार्थीको पठनपाठनमा समस्या भएको स्थानीय रामबहादुर तामाङ्गले बताउँनुभयो ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा