भीमप्रसाद अधिकारी
र्कनकाई नगर सम्पूर्ण कनकाई नगरवासी जनताको साझा घर हो । यसलाई कसरी राम्रो बनाउने भन्नेमा सबैको उत्तिकै योगदान रहनु पर्दछ । अझ झण्डै २० वर्षदेखि जनप्रतिनिधि विहीन स्थानीय तहले आफ्ना प्रतिनिधि पात्र पाएपछि अझ बढी उत्साह र आशा थपिनु स्वाभाविक देखिन्छ । तिनै आशा र उत्साहको चुलीलाई समाधान गर्न यस नगरपालिकाले आफ्नो प्रथम बजेट सार्वजनिक गरेको छ । यसले कनकाई नगरवासी जनताको आशा र उत्साहमा कति समाधान दिने प्रयत्न गरेको छ ? यसको लेखाजोखा हुन जरुरी छ । कनकाई नगरपालिकाले आयोजना गरेको मिति २०७४ पौष ४ गतेको बजेट सार्वजनिकीकरण कार्यक्रममा जेजति महानुभावहरुको उपस्थिति गराइएको थियो, सबै समाजका लब्धप्रतिष्ठित व्यक्तित्व एवं यथेष्ट सम्मानका पात्रहरु नै हुनुहुन्थ्यो ।
उहाँहरुको उपस्थिति र रोहवरमा प्रतिनिधि सभाका माननीय सदस्य श्री एल.पी. सावा लिम्बुले उद्घाटन गर्नुभएको ‘कनकाई नगरपालिकाको प्रथम बजेट सार्वजनिकीकरण कार्यक्रम’ लाई कनकाई नगर उपप्रमुखद्वारा स्वागत गर्दै प्रमुख श्री राजेन्द्र कुमार पोखरेलले वाचन गरी बजेटको सारांश सुनाए पछि पदीय हैसियतमा रहनु हुने थोरै व्यक्तित्वबाट मात्र शुभकामना दिंदै कार्यक्रम समाप्त भएको थियो । कञ्चनजंघा एफ.एम.बाट प्रत्यक्ष प्रसारण भएको उक्त कार्यक्रममा नगरस्तरीय खाजा नास्ताको राम्रै व्यवस्था थियो । नगरपालिकाको सबै भन्दा ठुलो सुखद चाडको रुपमा रहेको उक्त कार्यक्रममा सहभागी विद्वत् तथा अगुवा सामाजिक कार्यकर्ताबाट कुनै सुझाव राख्न नपाउनु दुःखद नै मान्नु पर्छ । नगरपालिकाको प्रथम बजेटद्वारा कोरा कागजमा विकासका नक्साङ्कन गरिने उक्त कार्यक्रमलाई अझ सहभागितामूलक विकासका पूर्वाधारहरुको मार्गचित्र कोर्ने अभ्यास गरिएको भए निकै लोकतान्त्रीकरण भएको मान्न सकिन्थ्यो । बजेटको प्रारुप कोर्नुभन्दा अगाडि कनकाईवासी सचेत अगुवा, सामाजिक अभियन्ता, संघसंस्थाका प्रमुखहरु, देश र दुनियालाई नियाल्दै आएका बौद्धिक व्यक्तित्वहरु अनि कनकाई नगरलाई समुन्नत नगरपालिकामा रुपान्तरण गर्ने इच्छाशक्ति र दृष्टिकोण बोकेका व्यक्तिहरुको एक भेला आयोजना गरी प्रत्येकको दृष्टिकोण टिपोट गरी नगरकार्य समितिले गम्भिर अध्ययन–मनन गरी ल्याउन सकेको भए अझ लोकतान्त्रिक सान्दर्भिकता रहन सक्दथ्यो ।
एफ.एम.बाट प्रत्यक्ष प्रसारण गरिनुले कतै जन अपेक्षाभन्दा माथि पो भएको कि ? भन्ने सन्दर्भ पनि नचलेको होइन । यही लोकप्रियताको प्रतिस्पर्धाले सिटी सफारीमा दिनभरि बजेट भाषणका चक्का बज्ने दिनपो आउने हुन कि ? भन्ने शंका उत्पन्न गराएको छ । हामीले समाजलाई कतातर्पm अगाडि बढाउन चाहेका छौं ? घुमिफिरि जटिलतातर्पm क्रमशः प्रवेश गर्न लागेको समाजलाई सरलतातर्पm डो¥याउने प्रयत्न गर्नु नै बुद्धिमानी हुन आउँछ । अनि जनप्रतिनिधिका प्रत्येक क्रियाकलापहरु अनुकरणीय हुन सक्नु पर्दछ । प्रस्तुत बजेटले केन्द्रीय बजेटलेभैंm समग्रता ओगटने प्रयत्न गरेको छ । अनन्त आवश्यकताहरु भित्र रहेर बजेट विनियोजन गर्दा आउन सक्ने बाध्यतालाई पनि हामी सबैले स्वीकार गर्नु नै पर्दछ । जनप्रतिनिधिदेखि कर्मचारीसम्मको आचारसंहीता निर्माण गर्ने कुराले निक्कै उत्साहित बनाएको छ । यो उत्साह बजेट भाषण सुनुन्जेलका लागि मात्र नभई सबैको जीवनशैलीको रुपमा आत्मसात गर्न सक्यौं भने हामी सबैले गौरव गर्न लायक हुने छ । राजनीतिक नेता, कार्यकर्ता अनि कर्मचारीतन्त्रमा खडेरी नै परेको इमान्दारिता, जनपक्षीय निष्ठा एवं समर्पण र सेवाभावबाट टाढा, राजनीतिक कमाई खाने बिना लगानीको पेशा साबित हुँदै आएको परिप्रेक्ष्यमा यो नगरपालिका मात्र मुक्त रहन सक्यो भने पनि कनकाईवासीको शीर उच्चा रहन सक्छ भन्ने कुरामा दुई मत हुँदैन । बजेटले मजदुर वर्गदेखि विपन्नलाई घरआवास, सुत्केरी सुविधा जस्ता थुप्रै कार्यक्रमले बजेटको आकर्षण दिन सकेको छ ।
तर त्यसमा राष्ट्रपति गोल्डकप जस्तै मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्यसम्मका पद नजोडिएको भए अझ कार्यक्रम विवादरहित हुन पुग्दथ्यो । सबैका लागि अनिवार्य शिक्षा अत्यन्त राम्रो कुरा हो । तर त्यो कुन तहको शिक्षा हो किटान हुन सकेन । त्यो सँगै कनकाई नगरक्षेत्रमा कक्षा १ मा जम्मा जति विद्यार्थी भर्नाहुन आउँछन्, अनि प्रत्येक साल उच्च माध्यमिक तहको अन्तिम परीक्षा दिने विद्यार्थी संख्या हेर्ने हो भने अन्दाज गर्न सकिन्छ कि ६० प्रतिशतभन्दा झण्डै माथि विद्यार्थीहरु बिचमै बाहिरिन्छन । यसलाई रोक्न बजेट बोलेको देखिदैन । त्यसैगरी सहरी स्वास्थ्यकेन्द्र विस्तार गरिरहँदा कनकाई नगरक्षेत्रभित्र धेरै ठुलो संख्यामा रहेका आदिवासी, जनजाती, राजवंशी समुदाय वडा नं. ९ मा भएको तथ्यलाई स्वीकार गर्ने हो भने स्वास्थ्य केन्द्रलाई घैलाडुब्बा बजार आसपास स्थापना गर्दा तुलनात्मक रुपमा बढी जनसमुदाय लाभान्वित हुने कुरालाई नकार्न सकिदैन । यसैगरी कृषिका पकेट क्षेत्र छनोट गर्दा राजनीतिक चरित्रले अलि बढी प्रभाव पा¥यो कि भनी शंका गर्ने ठाउँहरु भेटिन्छन् ।
स्वाभाविक हो कि कुनै क्षेत्रमा पकेट एरिया निर्धारण गर्दा त्यस ठाउँको हालसम्मको भू–उपयोगको अभ्यास, तत् विषयको सम्भाव्यता, त्यस क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुको कृषिकार्यमा देखिएको विशिष्टीकरण अनि प्राविधिक रुपले सहज अनुकूलता, जनचाहना र तत् क्षेत्रको वातावरण जस्ता न्यूनतम कुराहरुको अध्ययन गर्नु अनिवार्य हुन्छ । विना अध्ययन ती कार्यक्रमहरु असफल हुन सक्दछन् ।कुल आयतर्पmको विवरणलाई हेर्ने हो भने एकीकृत सम्पत्ति कर र नक्सा पास दस्तुर विवादको घेराभित्र देखिन्छन् । एकीकृत सम्पत्ति करबाट रु. ५० लाखको आम्दानी अपेक्षा गर्नु नगरवासीका लागि निकै बोझिलो देखिन्छ । राजमार्ग आसपासका टुक्रा जग्गा र पक्कि घरको मूल्याङ्कन हेर्दा मध्यम वर्गीय समूहले निकै आपत्ति जनाएका छन् । नेपाल सरकारबाट कुनै व्यापार वा व्यवसाय गर्दा पनि खुद नाफा गरिएको रु. ४ लाखसम्म परिवार धान्ने खर्च भनी छुट दिएको देखिन्छ ।
जबकी उक्त टुक्रा जग्गाबाट कुनै आय हुन नसक्दा नसक्दै पनि चर्को करभार देखिन्छ । यो सँगै बजारक्षेत्रमा कोठा भाडामा लाग्ने पक्की भवन र भाडामा नलाग्ने निजी आवासीय पक्की भवनलाई समान हैसियत राखी कर लगाइनु युक्तिसंगत मान्न सकिदैन । त्यसै गरी बेरोजगार भई परिवार धान्न नसक्ने बाध्यकारी अवस्थाबाट खाडीको चर्को तापमानमा रोजगारी गरी आर्जन गरिएको सानो रकमबाट गृह निर्माणमा चर्को नक्सा पासको करबोझ तोकिनु न्यायपूर्ण मान्न सकिंदैन । तसर्थ यी दुबै करभारलाई तत्काल सरलीकृत गरी सर्वसाधारणको क्षमताभित्र ल्याउनु आवश्यक देखिन्छ । बजेटका विभिन्न शीर्षक तथा उपशीर्षकमा विनियोजित रकम हेर्दा प्रमुख प्राथमिकताका साथ उठाउनु पर्ने विविध विषयहरुमाथि स्थानीय सरकार उदासिन रहेको देखिन्छ । उदाहरणका लागि ः(क) सुरुङ्गा–धनुषकोटी–दानाबारी सड्क ः यो सड्क विगत २०५६÷०५७ तिर जनसहभागीतामा निर्माण आरम्भ गरिएको सड्क हो ।
यसलाई इलाम जोडने मुख्य सड्कको रुपमा व्यवस्थित गर्नु अनिवार्य छ जसले यस नगरपालिकालाई व्यापारिक करिडोरको रुपमा स्थापित गर्न मद्दत पु¥याउँछ । तर यस सड्क निर्माण तर्पm बजेट मौन देखिन्छ ।(ख) सुरुङ्गा पशुहाटको व्यवस्थापन ः यो बजार २०५५÷०५६ देखि मवेशी बजारका रुपमा सञ्चालनमा आएको हो । बिरिङ, सुरुङ्गा जस्ता नदीमा ठुलो बाढी आउने भएकाले साबिक सुरुङ्गा गा.वि.स. मै मवेशीहाट लाउन आवश्यक ठानिएको थियो । कनकाई सामुदायिक वन उपभोक्ता समूहकोतर्पmबाट त्यहाँका कटेरा हटाउने काम भएपछि सो बजार अस्तव्यस्त हुन पुगेको छ । एउटै नगरपालिका क्षेत्रमा सम्भव भएसम्म धेरै मवेशी हाट बजार सञ्चालन गर्नु आवश्यक हुँदाहुँदै पनि यसलाई बजेटले साथ दिन सकेको देखिदैन ।(ग) इलाका प्रहरी कार्यालय ः साबिकमा रहेको प्रहरी चौकी समयको विकाससँगै इलाका प्रहरी कार्यालयमा रुपान्तरण भइसकेपछि त्यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार अपर्याप्त रहेको देखिन्छ । त्यसका लागि कम्तिमा ५ कठ्ठा जग्गा खरिद गरी पूर्वाधार सम्पन्न इलाका प्रहरी कार्यालय निर्माण गर्नु आवश्यक देखिन्छ । तर यसतर्पm बजेट मौन छ ।यसै गरी अन्य धेरै विषयहरुको सन्दर्भमा पनि बजेट मौन रहेको देखिन्छ । कतिपय यस्ता सवाल हुन्छन् जसलाई दूरदर्शितापूर्ण तरिकाले बेलैमा समाधान गर्नेतर्पm ध्यान जानु जरुरी छ अन्यथा ढिलाई भइसकेपछि कार्यान्वयनमा ल्याउन संभव हुँदैन ।(क) ग्रेटर रिङ्गरोड निर्माणको अवधारण(ख) ज्येष्ठ नागरिकहरुका लागि मनोरञ्जन पार्क(ग) लोकमार्ग उत्तरदक्षिण कनकाई नदीदेखि घाग्रा खोलाको सीमासम्म उत्तर दक्षिण चौडाबाटो सहितको बजार व्यवस्थापन ।(घ) व्यवस्थित सार्वजनिक सभास्थलको निर्माण ।(ङ) उपयुत्त ठाउँको पहिचान गरी नमुनायोग्य फनपार्कको पूर्वाधार निर्माण ।
योजना छनौट गरिरहँदा तत्कालको जनसंख्या हेरेर मात्र होइन आगामी १० वर्षभित्रमा यस नगरी १ लाखमाथि जनसंख्या हुनसक्ने सम्भावनालाई मध्यनजर गरी आगामी योजनाहरुको निर्माण हुनु पर्दछ । उल्लेखित योजनाहरुलाई व्यवस्थित गर्ने कार्यमा लागि रहँदा निम्नानुसार वर्गीकृत गरिनु पर्दछ ः(क) वाषिक योजनाहरु (ख) पाँचवर्षे अवधिभित्र सम्पन्न गर्न सकिने आवधिक योजनाहरु(ग) दीर्घकालमा सम्पन्न गरिने योजनाहरुउपर्युक्त योजनाहरुलाई ध्यानमा राख्दै विनियोजित बजेट शीर्षकभित्र प्रवेश गर्दा रु. ४०२६५५०००।– को स्रोतबाट ठुलो परिमाणमा योजनाहरुको आशा त गर्न सकिंदैन तथापि उक्त स्रोतलाई कार्यसञ्चालन र चालुृ खर्चमा देखिएको विवरणलाई क्रमशः न्यून बनाउँदै लैजाने नीति अवलम्बन गरिनु पर्दछ । यसै गरी आन्तरिक आम्दानीलाई उपयुक्त स्रोतको पहिचान गर्दै विस्तार समेत गर्ने नीति निर्माण गरिनु पर्दछ । न्यून स्रोतबाट ठुलो परिमाणमा योजनाहरुको आशा त गर्न सकिंदैन तथापि उक्त स्रोतलाई कार्यसञ्चालन र चालुृ खर्चमा देखिएको विवरणलाई क्रमशः न्यून बनाउँदै लैजाने नीति अवलम्बन गरिनु पर्दछ । यसै गरी आन्तरिक आम्दानीलाई उपयुक्त स्रोतको पहिचान गर्दै विस्तार समेत गर्ने नीति निर्माण गरिनु पर्दछ । आ.व. २०७४÷०७५ को प्रस्तावित खर्च विवरणलाई हेर्दा चालु खर्चतर्पm ३४६५००००।– र कार्यालय सञ्चालनतर्पmको खर्च रु. १६०२६९००।– जोड्दा रु. १९४९१९०००।– देखिन्छ जुन कुल बजेटको ४८.४१ प्रतिशत हुन आउँछ । वास्तविक सार्वजनिक निर्माण खर्च भनी प्रस्ताव गरिएको रु. १८१२६००००।– अर्थात कुल बजेटको ४५.०२ प्रतिशत हुन आउँछ । यसरी कुल बजेटको चालु तथा सञ्चालन खर्चको दाँजोमा सार्वजनिक निर्माण खर्च करिब ३ प्रतिशतले न्यून रहनुले आशातीत विकास निर्माण हुनसक्ने देखिंदैन ।
यसरी सीमित साधन र स्रोतको सीमाभित्र रही असीमित चहनाको परिपूर्ति गर्नुपर्ने भएकाले बजेट कार्यान्वयनमा निक्के चुनौतीपूर्ण हुनसक्छ । तर पनि विनियोजित रकम विना चुहावट सोभैm निर्माण कार्यमा खर्च गर्न सक्यो भने अंशमै भएपनि यसले नमुना नगरका लागि एउटा इँटा थपिदिन सक्छ । यो नेतृत्व किन पनि भाग्यमानी छ भने यसले नमुना नगर या सर्वोत्कृष्ट नगर निर्माणका लागि कोरा कागजको पाना भेटेको छ । यसले नमुना नगरको क्रमिक जग उठाउने कार्यमा भोलिका दिनमा आज भए गरेका कार्यले अवरोध सिर्जना गर्ने काम हुन पुग्यो भने सत्तो सरापको भागिदान पनि हुनु पर्ने छ । हिजोका पञ्चायती प्रतिनिधिहरु आज छैनन तसर्थ आशा गरौं दीर्घकालमा निर्माण हुने स्वर्णिम नगरका लागि आजका जनप्रतिनिधिहरुले फुकीफुकी आफ्ना पाइला चाल्नेछन् र भविष्यको स्वर्णिम नगरको आधार भूमि तयार गर्नेछन् ।मिति – २०७४÷०९÷११ कनकाई–४,
लेखक- पुर्व सुरुङ्गा गाविसका अध्यक्ष हुनुहुन्छ ।