कनकाई अनलाईन ।
नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ ले भद्रपुर नगर दक्षीणी क्षेत्रमा देखिएको हात्ती आतङ्क नियन्त्रण गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।
हात्ती पीडित दक्षिणी झापाका तीन हजार नागरिकको हस्ताक्षर सहित संसद कृष्णप्रसाद सिटौला मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलयमा ज्ञापन पत्र पठाएको हो ।
क्षेत्रीय सभापति गणेश पोखरेल तथा सचिव गायत्रीप्रसाद भट्टराईको नेतृत्व टोलीले पूर्व महामन्त्री तथा झापा क्षेत्र नम्वर ३ का संसद सिटौलालाई ज्ञापन पत्र प्रधानमन्त्री कार्यालयमा पुर्यउन पठाएका हुन् ।
गत वर्ष नै गुरु योजना सहित जिल्ला वन कार्यालय मार्फत वन मन्त्रालयमा पठाइएको हात्ती नियन्त्रण कार्योजना कार्यन्वयन गराई दक्षिाणी झापाको समस्या समानको बाटो खोज्न ज्ञापन पत्रमा आग्रह गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै संसद सिटौलालो दक्षिणी झापाको समस्या समाधान गर्न सरकारलाई दवाव दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यहाँको समस्या समाधान हुने वातावरण बनाउन आफु लागिपर्ने समेत नेता सिटौलाले वताउँनुभयो ।
Trending
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल
- झापामा ८५८ हतियारलाई इजाजत,१३० वटामात्र नविकरण
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी