लीलाराज झापाली
भारतका विभिन्न स्थानमा सर्पले टोकेर घाइते बनेका विरामीहरुका लागि झापामा संचालित सर्पदंश उपचारकेन्द्र संजिवुनी बुटी बन्ने गरेका छन ।
झापामा हाल तीनवटा सर्पदंश उपचार केन्द्र रहेका छन । कनकाई नगरपालिकाको सुरुङ्गा कोटिहवनमा रहेको कनकाई सहारा सर्पदंश उपचार केन्द्र , चारआलीमा रहेको नेपाली सेनाको उपचारकेन्द्र र दमकमा रेडक्रस सोसाइटीद्धारा संचालित सर्पदंश उपचारकेन्द्र यी तिनवटैमा पछिल्लो समय नेपाल तथा भारतदुवै क्षेत्रका सर्पले टोकेर विरामी भएका विरामीहरु उपचारका लागि आउने गरेका छन ।
गत जेठ १४ गतेदेखि मात्रै संचालनान आएको सुरुङ्गा कोटीहवनमा रहेको कनकाई सहारा सर्पदंश केन्द्रमा नेपाल भन्दा भारततीरका विरामीहरु वडी आउनेगरेको सो उपचारकेन्द्रका कार्यालय प्रमुख ख्याम शिवाकोटीले बताउँनुभयो ।
उहाँका अनुसार यस साउन महिनामा मात्रै भारतबाट ४ जना विशालु सर्पले टोकेका तथा अरु १० जना सामान्य कमविषभएका सर्पले टोकेका विरामी उपचारका लागि आएका छन ।
हालसम्म सो उपचारकेन्द्रमा २ महिना भित्रमा ५१ जना सर्पले टोकेका विरामी उपचारका लागि आएकोमा आधाभन्दा वढी विरामी भारतबाटै आउने गरेको उपचारमा संग्लन प्राविधिक नर्वु सापकोटाले बताउँनुभयो ।
सुरुङ्गाको सर्पदंश उपचारकेन्द्रमा भारतको डिंघलबैँक , गलगलिया , धनतोला लगायातका विरामी आउने गर्छन भने चारआलीमा नक्सलबारी , मिरिक , दार्जिलिङ लगायातका स्थानबाट विरामीहरु आउने गरेका छन ।
उपचारका लागि भारतबाट आउने विरामीलाई चारआलीमा दोब्बर तथा सुरुङ्गा र दमकमा २ हजार २ सय समान रकम लिने गरिएको छ । चारआलीमा दोब्बर रकम लिएपनि सर्पले टोकेको उपचार राम्रो तथा भारतको तुलनामा सस्तो पर्नजाने भएकाले समेत भारतवाट विरामीहरु नेपालमा आउने गरेको उपचारमा आउनेहरुले वताउनेगरेका छन ।
चारआली उपचारकेन्द्रमा यस साउन महिनामा मात्रै ११ जना भारतीय नागरिक उपचारका लागि आएको उपचारमा संग्लन एक चिकित्सकले बताउँनुभयो । सहारा सर्पदंश उपचार केन्द्र सुरुङ्गाका कार्यवाहक अध्यक्ष लीलाप्रसाद चिमरिया भारतभन्दा कैयौ गुणा सस्तो उपचार नेपालका सर्पदंश उपचारकेन्द्रमा गरिने तथा उपचारसमेत राम्रो यहि हुने भएकाले टाडा भएर पनि विरामीहरु नेपालका उपचारकेन्द्रमा ल्याउने गरेको वताउँनुहुन्छ ।
यसरी सर्पले टोकेर ल्याएका विरामीमध्ये मृत्युहुने समेत भारतकै वडी रहने गरेका छन । सुरुङ्गामा ६ वेडको भेन्डिलेटर सहितको उपचारकेन्द्र सुरु भएसगै यहाँ आउने विरामीहरु नेपालभन्दा भारतकै वडी आउने गरेका छन ।
सर्पले टोकेको विरामीको घाउ नवाध्न आग्रह
सर्पले टोकेका विरामीको घाउलाई वेस्सरी बाधेर ल्याउदा बाधेकै कारण विरामीलाई थप असर पर्ने भन्दै उपचारमा संग्लन चिकित्सकहरुले विरामीलाई घाउमा नबाधी ल्याउन आग्रह गरेका छन ।
विष सर्ने भयले उपचारमा ल्याएका सवै विरामीहरुलाई घाउँको माथिल्लो भागमा कसिलो गरि वाधिएको हुन्छ । जसले विष निको भएपनि बधाईको कारण रगत नसर्दा सेलहरु मर्ने घाउँ पाक्ने लगाँयातको समस्या थपिने हुदा विरामीलाई थप उपचारको आवश्यकता पर्छ । कनकाई सहारा सर्पदंश उपचारकेन्द्रका प्राविधिक नर्वु सापकोटाले भन्नुभयो ।
सर्पले टोकेको विष रगतबाट सर्ने नभइ आफ शरिरमा सर्ने हुदा बाध्नुको कुनै अर्थ छैन घाउँलाई सफा साबुनपानीले धोएर घाउलाई खुल्लै छाडर ल्याउनुपर्ने सापपकोटाले वताउँनुभयो ।
गाउँ घरमा सर्पले टोके नटोकेको यकिन गर्न खोर्सानी खुवाउने चलनले समेत उपचारमा समस्या आउने गरेको सापकोटाले बताउँनुभयो । करेन्ट सर्पले टोकेमा समेत विरामीको पेट पोल्छ यदि खोर्सानी खाएको कारण पेट पोलेको रहेछ भने उपचारमा समस्या पर्छ सापकोटाले भन्नुभयो ।
फोटो ः सुरुङ्गामा रहेको सहारा सर्पदंस उपचार केन्द्र ः लीलाराज झापाली