हरि तिमिल्सिन
नैतिकता र इमान्दारिताको खडेरी पर्दै गएका बेला एक सत्यवान पुरुष भेटेँ। सत्य लेख्न र बोल्न समेत डग्मगाउने यो युगमा एउटा गान्धी भेटेँ। हरेक आशाका किरण निभ्दै गएको समयमा एउटा उज्यालो दीप भेटेँ।
राज्य कोषको व्यापक दुरुपयोग गरेर परिवार पाल्ने सामन्तहरूको भीडमा एउटा निष्ठावान ‘भिकारी’ भेटेँ। मारकाट हत्या, हिंसामा विश्वास राख्ने रावणहरूको राज्यमा एउटा बुद्ध भेटेँ।
बुद्धिजीवी, शिक्षित वर्ग, नागरिक अगुवाहरूको बाहुल्य भएको राज्यमा एउटा हठी, सन्की, जिद्धी, निडर अनि ‘पागल’ भेटेँ। हत्यारा, बलात्कारी, भ्रष्टाचारी, शोषकलाई आश्रय दिएर प्रोत्साहन गर्ने यो कलियुगमा मैले एउटा मर्यादा पुरुषोतम् राम भेटेँ।
बाटोमा छट्पटाएर लडिरहेका मानिस उठाउने फुर्सद नभएको यो बेफुर्सदिलो जमानामा तीन करोडको हितको लागि दिनरात नभनी आमरण अनशन बसेर मृत्युसँग लड्ने एक प्रा।डा। गोविन्द केसी भेटेँ।
सँगैको साथीले करोडौँ कमाए, बैंक ब्यालेन्स् बनाए। बिलासिताको जिन्दगीमा महलमा शयन मात्र गरिरहेका छैनन्, चौरासी व्यञ्जन परिकार जिउनार गरिहेका छन्। चिल्ला गाडीमा घुमेका छन्। तर, आफ्नो कमाइले एउटा साइकल समेत जोड्न नसक्ने व्यक्ति डा। केसी।
स्वास्थ्य उपचार नपार्इ कसैको ज्यान जाने अवस्था आएको खबर कानमा पर्नासाथ उही पूरानो झोला, एकजोर लुगा र उपचारका लागि औषधि लिएर हतारिँदै दौडिने पनि उनै हुन्। जहाँ प्राकृतिक विपत्ति आइलाग्छ, त्यही पुग्छन् केसी औषधि उपचार गर्न।
उनलाई कसैले खटाएको होइन्, उनी आफै पुग्छन्, सिटामोल नपाएर जीवनमरणको दोसाँधमा रहेका जनता बचाउन। महामारी, हैजा, झाडापखालाका बिरामी बचाउन उत्तरमा जाजरकोट मात्र होइन्, दक्षिणमा महोत्तरी होस् वा सुदूरको दार्चुला होस् डा। केसी हाजिर हुन्छन्।
यी डाक्टरलाई मानव कल्याण र सहयोग गर्ने भूत चढेको छ। यिनी सुख्खा र रुख्खा खाएर नै बाँचिदिन्छन्। आफ्नो र आमाका लागि एकजोर लुगा किन्न कहिल्यै पैसा छुट्याउँदैनन्, आएको तलब अस्पतालका कामदार र विद्यार्थीलाई सहयोग गरेरै सक्छन्।
त्यसैले त पागल कहलिन्छन् डा। केसी। न त ख्याल राख्ने श्रीमती, माया गर्ने सन्तान नै छन् केसीका। तर, उनको साथमा तीन करोड नेपाली छन्, हरेक नेपालीको माया छ। आफ्नो सम्पूर्ण जीवन चिकित्सा क्षेत्रमा समर्पण गरेका केसीकी एक मात्र आमा छिन्।
सरकारी अस्पतालको स्तर दिनप्रतिदिन खस्किँदै छ। तपाई उपचार गराउन सरकारी अस्पताल पुग्नुभयो भने तपार्इले त्यहाँ आफ्नो ‘काल’ बाहेक केही देख्नु हुुन्न। किनभने आवश्यक उपकरण हुँदैनन् भएपनि प्रयोग गरिएको हुँदैन। सेवा दिने डाक्टर हुँदैनन्। र, त्यहाँकोे वातावरण पनि त्यति उपयुक्त हुँदैन। यतिकैमा तपाईलाई डाक्टरले सामान्य चेकजाँच गरेर कुनै एउटा महंगो निजी अस्पताल जान सल्लाह दिइन्छ, रिफर गरिन्छ। हामी बाध्य हुन्छौँ निजी अस्पताल जान।
नेपाल एउटा विकासोन्मुख देश हो। विकसित राष्ट्रझै यहाँका जनताले सर्वशुुलभ रुपमा गुणस्तरीय स्वास्थ्य र शिक्षा हासिल गर्ने अवसर पाएका छैनन्। निजी क्षेत्रद्वारा सञ्चालित अस्पताल र शिक्षण संस्थामा सामान्य जनताको आयले उपचार गर्न र पढ्न पुग्दैन। शिक्षा र स्वास्थ्य आजको प्रमुख आधारभूत आवश्यकता हो।
तर, अहिले यिनै क्षेत्रमा व्यापक अनिमियता र लुट भइरहेको छ। सरकारी अस्पतालको स्तर दिनप्रतिदिन खस्किँदै छ। तपाई उपचार गराउन सरकारी अस्पताल पुग्नुभयो भने तपार्इले त्यहाँ आफ्नो ‘काल’ बाहेक केही देख्नु हुुन्न। किनभने आवश्यक उपकरण हुँदैनन् भएपनि प्रयोग गरिएको हुँदैन।
सेवा दिने डाक्टर हुँदैनन्। र, त्यहाँकोे वातावरण पनि त्यति उपयुक्त हुँदैन। यतिकैमा तपाईलाई डाक्टरले सामान्य चेकजाँच गरेर कुनै एउटा महंगो निजी अस्पताल जान सल्लाह दिइन्छ, रिफर गरिन्छ। हामी बाध्य हुन्छौँ निजी अस्पताल जान।
किनभने जीवन बचाउने डाक्टरको सल्लाह कसरी नमान्नेरु जब कुनै निजी अस्पताल पुगिन्छ। तब त्यहाँको वातावरणले बिरामीलाई सान्त्वना दिइन्छ। ठूलाठूला भवन, डाक्टर, नर्सको चहलपहल, झिलिमिली देखेर बिरामी र बिरामीका आफन्त आकर्षित हुन्छन्।
जब बिरामी वेडमा लगेर सुताइन्छ तब मात्र सुरु हुन्छ, अस्पतालको वास्तविक व्यवहार। महँगो भर्ना शुल्क, महँगो चिकित्सा जाँच र शैया अनि औषधिको कुरै नगरौं। जनताको स्वास्थ्यसँग खेलवाड भएका घटना पनि नसुनिएका होइनन्।
जनताको सेवाका लागि भनिएपनि निजी अस्पतालको उद्देश्य नाफा कमाउने नै हुन्छ। नेपालमा सरकारीभन्दा निजी अस्पतालको संख्या बढी छ। नचाहँदा नचाहँदै पनि हामी बाध्य भएर निजी अस्पताल जाने गर्छौं।
यस्तै अवस्था शिक्षण संस्थाको पनि छ। एउटा सामान्य परिवारको व्यक्तिले एमबीबीएस पढ्न उत्तिकै गाह्रो अवस्था छ। आज डाक्टर पढ्न करोड खर्च गर्नुपर्ने अवस्था छ। दुई छाक जोहो गरेर जीवन जिउने सामान्य परिवारका छोराछोरीको डाक्टर बन्ने सपना कसरी पूरा होलारु
विपन्न परिवारका जेहेन्दार विद्यार्थीको एमबीबीएस पढ्ने सपना सपनामै सीमित हुन पुगेको छ। एमबीबीएस कोर्स ३५ लाखमा सकिने बताइन्छ। तर, आज करोडौं शुल्क तिरेर पढ्न बाध्य छन्, विद्यार्थी।
सीमित कोटा र आएको सरकारी कोटामा पनि पहुँचवाला र बोलबाल चल्नेको रजार्इ छ। जेहेन्दार र मिहिनेत विद्यार्थीको लागि आउने कोटा मोलमोलाईमा बिक्री हुन्छ। दक्ष होस् वा नहोस् पैसा अनिवार्य बनाइएको छ। यसरी उत्पादन भएका डाक्टरले कस्तो सेवा देलान्रु
एमबीबीएस पढ्न खर्च गरेको पैसा उठाउने ध्येय बाहेक केही हुँदैन त्यस्ता डाक्टरको। गुणस्तरमा कम, तर विज्ञापन व्यापक खर्च गरिन्छ। त्यस्तो मेडिकल कलेज नाफा खोरी मात्र होइन, नेताको नाममा मेडिकल कलेज स्थापना गरिन्छ।
जनतालाइ सर्वसुलभ उपचार दिने र सेवा गर्ने भनेर करोडौंको घोटाला गरिन्छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा एक किसिमले माफिया राज चलेको देखिन्छ। जनताको ज्यान र धनको सौदा गर्ने यस्ता अस्पताल खारेज गरेर सरकारीकरण गरिनुपर्छ भन्ने मागको साथ अनशन बसेका हुन्, डा। केसी।
केही समयअघि त्रिभूवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाको नेतृत्वमा गठित उच्च स्तरिय कार्यदलले प्रतिवेदन तयार पारेको थियो। तत्कालीन सरकारकै आग्रहमा तयार पारिएको माथेमा प्रतिवेदन अहिले कार्यान्वयन गर्न हिच्किचाइँदै छ।
सरकारको उदाशीनता र नालायकीपनका कारण माथेमा प्रतिवेदन उपर कामकारबाही हुन सकेन। यसलाई हाम्रो दुर्भाग्य नै भन्नुपर्छ। या सीमित व्यक्तिको हितको लागि सरकार मौन र चुप बस्यो। सरकार कनि मौनरु कतै मेडिकल माफियासँग सरकारको पनि साटगाँठ त छैन१ या सरकारभन्दा शक्तिशाली छ माफियारु
सरकार नै माफियाले चलाएको भान हुँदैछ। कतै यो देश माफियाले कब्जा त गरेको छैनरु माथेमा प्रतिवेदन लागू भएमा जनताका छोराछोरीले सस्तो र सुलभमा एमबीबीएस पढ्न पाउने छन्। स्वास्थ्यमा हुने लुट र खेलवाड अन्त्य हुनेछ। हरेक वर्ष ५ हजारको हाराहारीमा नेपाली विद्याथी एमबीबीएस पढ्न विदेश गइरहेका छन् ।
तीमध्ये गुणस्तरयुक्त शिक्षा प्राप्तिको लक्ष्यसहित बाहिरिनेको संख्या धेरै छ। उनीहरूलाई स्वदेशमै शिक्षा दिने व्यवस्था मिलाउन माथेमा प्रतिवेदन लागू हुन जरुरी छ। त्यसका लागि पहिलो सर्त भनेको मेडिकल शिक्षाको गुणस्तर बृद्धि गर्नु हो।
सरकार नै माफियाले चलाएको भान हुँदैछ। कतै यो देश माफियाले कब्जा त गरेको छैनरु माथेमा प्रतिवेदन लागू भएमा जनताका छोराछोरीले सस्तो र सुलभमा एमबीबीएस पढ्न पाउने छन्। स्वास्थ्यमा हुने लुट र खेलवाड अन्त्य हुनेछ। हरेक वर्ष ५ हजारको हाराहारीमा नेपाली विद्याथी एमबीबीएस पढ्न विदेश गइरहेका छन् ।
चर्को शुल्क तिर्नेको लागि मात्र होइन, जेहेन्दारले पनि पढ्न पाउनुपर्छ भनेर तयार पारिएको थियो माथेमा प्रतिवेदन। दुर्गममा जनता सिटामोल खान नपाएर मर्छन्। झाडापखाला जस्तो सामान्य रोगको सिकार भएर मर्छन्। तर, उपचार पाउँदैनन्।
राजधानी केन्द्रित गरेर यस्ता अखडा खोलिन्छ। दिनदहाडै लुट मच्चाइन्छ। हरेक प्रदेशमा एउटा मेडिकल शिक्षण संस्था खोलिनुपर्छ भनेर माग राख्दै अनशन बसेका हुन्, डा।केसी। स्वास्थ्य र शिक्षण निम्न वर्गको पनि पहुँच पुग्न सक्ने हुनु पर्दछ भन्ने माग गरेर अनशन बसेका हुन् उनी।
डा। केसी अरू कसैका लागि होइनन्, तीन करोड नेपालीका लागि अनशनमा बसेका हुन्। मुलुकमा बेथिति मात्र होइन् भ्रष्टाचार मौलाएको छ। त्यसविरुद्धको लडाइँ हो, डा। केसीको। उनी सुशासन चाहान्छन्, विधिको शासनको पक्षमा निडर भएर उभिएका छन्।
र, डा। केसीले सत्याग्रह रोजे। राजनीति गर्ने नेताझै सडकमा उत्रेको भए उनको यो आन्दोलनले पनि महत्व पाउँदैनथ्यो। तर, उनले राजनीति गरेनन्। बरू आफैलाई दुःख दिएर दबाब दिने कुरामा विश्वास गर्छन् डा। केसी।
हाम्रो स्वास्थ्य र भविश्य सुनिश्चित गराउन मृत्युसँग बारम्बार जुध्न जान्छन् डा।केसी। हजारौं बदनियत भएकाहरूका बीचमा नेपाली जनताका लागि हाँसीहाँसी मृत्युवरण गर्न कत्ति पनि हिच्किचाउँदैनन्।
डा। केसी हाम्रा लागि लड्ने। तर, हामी भने कहिलेसम्म चुपचापरु अब किन नबोल्नेरु भोलि डा।केसी रहेनन् भने कसले बोलिदिन्छ, हाम्रो अधिकार र न्यायका लागि। अझै पनि ढिला भएको छैन। केसी अझै लड्दै छन् न्यायका लागि।
भोलि उनको देहान्त पश्चात श्रद्धाञ्जली दिनुको कुनै अर्थ हुने छैन, आज उनी ज्यूँदै रहँदा हामीले साथ दिन सकेनौँ भने। यो लडाइँ सानो छैन। यो लडाइँ देशमा जनताको स्वास्थ्यसँग खेलवाड गर्न खोलिएका उद्योग सञ्चालन गर्ने माफियाविरुद्धको हो।
माफियातन्त्र विस्थापित गरी लोकतन्त्र स्थापना गर्न हामीले डा।केसीलाई साथ दिन जरुरी छ। यो हामीले हाम्रै लागि सुशासन कायम गराउन लागिरहनुपर्ने आन्दोलन हो। तर, ‘विचरा’ केसी एक्लै लडिरहेका छन्, माफियातन्त्रसँग। तसर्थ डा। केसीको आन्दोलनमा आजै एेक्यवद्धता जनाऔँ। उनलाई मर्न नदिऊ। चिकित्सा शिक्षा ऐन पारित गराउन दबाब दिऊ।
सुभदिन अनलाईनबाट