कनकाई अनलाईन
झापाको पुरानो सदरमुकाम झापा बजारमा एनआइसी एसिया बैँकको साखा स्थापना भएको छ । बैकको २५८ औ साखाको रुपमा झापा गाउँपालिका कुमरखोदमा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले झापा गाउपालिका २ कुमरखोदमा बैकको साखाको उदघाटन गर्नुभयो । बैकले ८ महिना अगाडिनै सोहि स्थानमा कारोवार संचालन गरेपनि आइतवारदेखि औपचारिक रुपमा साखाको उद्घाटन गरेको बैकका साखा प्रबन्धक ओमप्रकाश भण्डारीले बताउनुभयो । बैकका हालसम्म २७० साखा संचालनमा रहेका बताइएको छ ।
कार्यक्रममा बैँकका क्षेत्रिय प्रबन्धक दिपक थापा , झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेवि बुडाथोकी , बैँकका क्षेत्रिय उपप्रबन्धक रविन वारिया , नेत्र राना , अंगद हरिजन , नेत्र खड्का लगायातले बैकले यस क्षेत्रका व्यापारी व्यावसायी र कृषकको व्यापार व्यावसाय र उद्यममा मद्धत गर्ने विश्वास व्यक्त गर्नुभयो । बैंकले मुलुकभर २७० शाखा कार्यालयहरु, २८५ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको र बैंकको वासलातको आकार रू. २०९ अर्ब भन्दा बढि पुगेको कार्यक्रममा जानकारी गराइएको छ ।
यसैगरि कुल निक्षेप करिब रू. १७० अर्ब तथा कर्जा रू. १४४ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाएको जनाएको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको जनाएको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बैककानायव प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी) सुधिरनाथ पाण्डेले बताउनुभयो ।
Trending
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति