कनकाई अनलाईन
कनकाई नगरपालिका १ दुर्गापुरमा आज बिहान सौच गर्न जादा एक महिलाको मृत्यु भएको छ ।
दोलखा डिवु गाउँपालिका ४ की ५७ बर्षिय दिनवाई तामाङ्गले सौच गर्दा असावधानी अपनाउदा ज्यान गुमाउनुपरेको हो । पुर्वपश्चिम राजमार्गस्थित दुर्गापुरमा पश्चिमबाट पुर्वतर्फ आइरहेको सुमो गाडीमा सवार तामाङ्ग विहान साढेपाच बजे जव सौच गर्नका लागि त्यहा गाडी रोकेर रोडपारीतर्फ जान लागिन तव तत्कालै चौपाय लोड गरेको पिकअप भ्यानले रोडमै तामाङ्गलाई ठक्कर दियो ।
ठक्करपछि उपचारका क्रममा तामाङ्गको विर्तामोडस्थित विएण्डसि हस्पिटलमा मृत्युभएको जिल्ला ट्रफिक प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । यता महिलालाई ठक्कर दिदा अनियन्त्रित भई पिकअप भ्यानमा रहेका ४ वटा रागा समेत मरेको प्रहरीले जनाएको छ । यसरी सडकमा जथाभावी सौच गर्न ओर्लिदा तथा ट्रफिक नियम विपरित साना पिकअप भ्यानमा चौपाय ओसारप्रसार गर्दा ठुलो क्षति व्यहोर्नु परेको छ । पछिल्लो समय झापामा प्रहरीसग लाइन मिलाएर साना छोटा हात्ती र पिकअप भ्यानबाट दैनिक सयौ पशु चौपायहरु भारतीय बजारमा लैजाने गरिएको छ । यसरी पशु चौपाय ओसारप्रसारमा समेत सामान्य ट्रफिक नियमको समेत पालना नगरिदा पशु तस्करी बढ्ने र दुर्घटना वढ्ने दुबै सङ्ख्या झापामा बढेको छ ।
Trending
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव