लीलाराज झापाली ।
नेपाल आयल निगम घाटामा गएको चर्चा चलिरहेको बेला नेपालभारत खुल्ला सिमाको फाइदा उठाउदै यहाबाट दैनिक डिजेल र पेट्रोल चोरी पैठारी हुने गरेको छ ।
झापाको सुरुङ्गा हुदै अमरपथको बाटो दैनिक सयौ लिटर डिजेल पेट्रोल भारतीय बजार डिगंलबैक हुदै बहादुर गंजसम्म सजिलै चोरी पैठारी हुने गरेको छ ।
झापा कनकाई नगरका पेट्रोलपम्पमा दिउसो र साँझका वेला नेपाली साना हात्तीमा दैनिक ड्रमका ड्रम डिजेल पेट्रोल लोड गरेर सोझै भारतीय बजारमा लैजादा पनि यस क्षेत्रका प्रहरी र सम्बन्धित निकाय मौन देखिएका छन । यस बारेमा प्रहरीसग चासो राख्दा ड्रमको तेल आफुहरुले खेत जोत्न प्रयोग गर्ने ट्रक्याटर र निर्माण कार्यका प्रयोग गरिने जेसिभिमा हाल्ने लगेको वताउने गरेको बताएको एक प्रहरीले बताए । तर ड्रममा लोड गरिएको तेलमा आधा भन्दा वढि पेट्रोलको भाग रहने गरेको छ ।
यसरी चोरी पैठारीका लागि कनकाई नगरका पेट्रोल पम्पमा दैनिक डिजेल पेट्रोल भर्न घण्टौ समय खर्चिदा अन्य आफ्नै सवारीमा तेल हाल्ने सवारी मर्कामा परेका छन । टाडा जाने सवारी र मोटरसाइकल अन्य क्षेत्रमा गएर तेल भर्ने गरेपनि स्थानीयवाशीले भने तेल भर्न समेत लामो लाइन पर्खनुपरेको गुनासो छ । हामी सुरुङ्गा वाशीले तेल भर्नका लागि त जहिल्यै नाकाबन्दीकै जस्तो सास्ती खेप्नुपरेको छ , केको नाकाबन्दी केको खुल्ला हामीलाई दुबै एउटै भो नि एक तेल भर्न आएका मोटरसाइकलचालक धेर्म सेढाँइले लाइनबाटै भन्नुभयो । कनकाई नगरपालिकामा दैनिक चोरी पैठारीका लागि तेल भर्नु र यस क्षेत्रमा भएको पवित्रा आयल पम्प समेत लामो समयदेखि आफ्नै कारण बन्द रहदा यस क्षेत्रका सवारी साधन हुने प्राय सबैले तेल भर्नेवेलामा सास्ती भोग्दै आएका छन ।
कि त भारततर्फ लैजाने तेल नियन्त्रण गरिनुपर्ने नभए कम्तीमा झापाको सुरुङ्गामा थप दुइवटा पम्प खोलेर संचालन गर्न दिनुपर्ने माग स्थानीयको छ ।
यता पम्पका कामदारले भने तेल बिक्री गर्नु आफ्नो पहिलो काम भएको र सो तेल कसले कहा लगेर विक्री गर्छ भन्ने कुराकाको जानकारी आफुलाइ नभएको बताउँछन । केहि महिना देखि दैनिक ड्रमका ड्रम तेल खपत हुन थालेपछि पम्पमा भने सवारी साधनको भीड बढेको पम्पका एक कामदारको भनाई छ । नेपालमा भन्दा भारतीय बजारमा पेट्रोलियम पदार्थ प्रतिलिटर १५ रुपैँया सस्तो पर्ने भएपछि नेपाल भारत सिमाका व्यावसायीहरुले अहिले अन्य पेशा छाडेर नेपालका पम्पबाट तेल लोडगरि भारतीय बजारमा पुर्याउदै आएका छन । उनीहरु भारतीय बजारमा नेपालभन्दा सस्तो पेट्रोल सस्तो भएको खण्डमा समेत भारतमा तेल भरी नेपाली बजारमा समेत तेल भित्राउदै आएका थिए । पहिले नेपालमा नाकाबन्दीका वेला भारतीय बजारबाट नेपाल तेल भित्राउने समुहनै हाल नेपालबाट भारत तेल चोरी पैठारीमा संग्लन भएको जानकारहरु बताउछन ।
यता नेपाल भारत सिमामा रहेको शसस्त्र प्रहरी वलले वेला मौकामा साइकल र मोटरसाइकलमा भारतीय बजारमा लैजादै गरेको पेट्रोलियम पदार्थ वरामद गरेपनि सयौ लिटरका ड्रम बोकेर सोझै भारतीय बजारमा जाने छोटा हात्तीगाडीमा भने ध्यान दिन सकेको छैन । स्मरण रहोस नेपालको सुरुङ्गा देखि नेपालभारतको सिमा लसुनासम्मको २४ किलोमिटर क्षेत्रमै २ वटा इलाका प्रहरी कार्यालय सुरुङ्गा र कुमरखोद एउटा प्रहरी चौकी पन्थपाडा र सशस्त्र प्रहरी वेस क्याम्प टाघनडुब्बा चोरी पैठारी नियन्त्रण र क ध नियन्त्रणका लागि स्थापना गरिएको छ ।
तस्बीर ः झापा सुरुङ्गाको पम्पबाट तेल भरेर राती ड्रममा हाली भारततर्फ लैजादै व्यापारी ः लीलाराज झापाली । गोरखापत्र दैनिकबाट
Trending
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो