कनकाई अनलाईन
१९ बर्षिय युवा गायक सुमित पाठकको नेपाल आइडल यात्रा अब घोषणा हुनमात्रै बाकी रहेको नेपाल यातायात व्यावसायी महासंघका महासचिव सरोज सिटौलाले बताउनु भएको छ ।
सुमितको गृह जिल्ला झापाको विर्तामोडमा आयोजित सुमित पाठक जिताउ अभियानको आयोजनामा भएको स्वागत सम्मान कार्यक्रममा बोल्दै यातायात व्यावसायीका नेता सिटौलाले सुमित नेपाल आइडल हुनुको कारणवारे बोल्दै उनी झापाली हुनुको नाताले भन्दापनि उनीभित्र भएको प्रतिभाकै कारण उनी नेपाल आइडल हुनबाट कसैले रोक्न नसक्ने प्रतिवद्धता जनाउनु भयो । अघिल्लो नेपाल आइडलमा समेत केहि प्राविधिक कारणले नेपाल आइडल कम क्षमता भएको व्याक्ति भएको भन्दै अव यसबाट हामीले पाठ सिकेर अगाडि बढ्नु छ नेपाल आइडल अव कम्तीमा क्षमतावान व्याक्ति सुमित पाठक भइ छाड्ने छ सिटौलाले भन्नुभयो । कार्यक्रममा झापाका प्राय सबै अग्रज व्यावसायी र संगित प्रेमीको ठुलो उपस्थिति रहेको थियो ।
कार्यक्रम नेपालका चर्चित उद्घोषक राजेश घतानी र छमछमी सिजन ३ का कार्यक्रम संचालक नारायण कड्रियाले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन साइ प्यालेसका संचालक सरोज सिटौलाले गर्नुभएको थियो । कार्यक्रममा सुमित पाठक जिताउ अभियानका अभियान्ता युवा व्यावसायी सुनिल भेट्वाल , सुमित पाठक जिताउ अभियानका जिल्ला संयोजक तथा कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल , विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई लगायातले सुमित पाठकको गायन यात्राले सिङ्गो देशको संगित क्षेत्रलाई अगाडि वढाउने बताउनुभयो ।
Trending
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी