मनोज वस्नेत
कनकाई । लायन्स क्लब अफ कनकाई सुरुङ्गाले वृक्षरोपण कार्यक्रम सहित १०० औं लायन्स दिवस मनाइएको छ ।
सन् १९१७ जुन ७ मा अमेरिकामा मेल्विन जोनले हामी सेवा गछौं भन्ने मूल नाराका साथ लायन्स क्लब अन्तर्राष्ट्रियको स्थापना गरेका थिए । कनकाई–२ धनुषकोटीधाम नजिक रहेको लायन्स शान्ति वनमा लायन्स तथा लियो क्लबका सदस्यहरु भेला भई १ सय ५० बढी विभिन्न किसिमका विरुवाहरु रोपिएको थियो ।
गत २ वर्ष देखि सञ्चालनमा रहेको लायन्स क्लब अफ कनकाई सुरुङ्गाको ठूलो परियोजनाको रुपमा रहेका लायन्स शान्ति वनमा उक्त विरुवा रोपिएका हुन् । सुकेडाँगी सामुदायिक वनको मातहतमा रहेको करिब साढे ३ बिगाहा क्षेत्रफलमा विकास गरिने उक्त वनलाई पर्यटकीय क्षेत्रको रुपमा निर्माण गरिने क्लबका चार्टर प्रेसिडेन्ट लीलाप्रसाद चिमरियाले बताए ।
सुरुङ्गा क्षेत्रका अग्रज युवा समाजसेवी लीलाप्रसाद चिमरियाको नेतृत्वमा खोलिएको यस लायन्स क्लवमा सुरुङ्गा क्षेत्रका सय वढी युवा तथा विभिन्न पेशा व्यावसायमा संलग्न व्याक्तिहरु आवद्ध रहेका छन् । उनीहरुले शिक्षा , स्वास्थ्य , अनाथहरुको सेवा र वातावरणका क्षेत्रमा स्थापनाको छोटो समयमानै राम्रो काम गरेर सेवाभाव देखाइसकेका छन् ।
Trending
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता
- खेलप्रेमी गौरीलालको स्मृतिमा जिल्ला स्तरीय कराते
- श्री बराईली कुल बंशको श्रीमदभागवत कोटीहोममा