कनकाई अनलाई
माछापुुच्छ«े बैंक लि. चन्द्रगढी शाखाद्धारा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लकडाउनबाट पिडीत भद्रपुर नगरपालिका वडा नं. १०, ७, ९ र ६ का दैनिक ज्याला मजदुुरी गरेर छाक टार्दै आएका १३२ अति विपन्न घर परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ । राहत सामाग्री अन्र्तगत १० केजी चामल, १ केजी दाल, १ प्याकेट नुन, १ प्याकेट तेल, १ थान हात धुने साबुन र १ थान लगथा धुने साबुन राहत वितरण गरेको हो । उक्त राहत सामाग्री भद्रपुर नगरपालिकाका मेयर जीवन कुमार श्रेष्ठको उपस्थितिमा सम्बन्धित वडाका वडा अध्यक्षहरु मार्फत सम्बन्धित वडा कार्यालय सम्म पु¥र्याईएको शाखाका प्रबन्धक रेवती रमण नेपालले बताउनु भयो ।
बैंकले कोरोना विरुद्ध देशभरका अभियानलाई सघाउन संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै करिव १ लाख रुपैंया बराबरको समाग्री सर्वसाधारणको सहजताको लागि सहयोग गरेको हो । यस अघि यस माछापुच्छे« बैंक लि. ले केन्द्रय प्रकोप नियन्त्रण कोष तथा सातै प्रदेशमा समेत गरी रु.१ करोड ६ लाख रुपैंया कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने प्रयोजनको लागि सहयोग गरिसकेको छ ।
बैंकिङ्ग क्षेत्र अत्याबश्यक क्षेत्र अन्र्तगत पर्ने भएको हुँनाले माछापुच्छ«े बैंक लि. ले लकडाउनको समयमा हरेक दिन देशका विभिन्न स्थानमा शाखा कार्यालयहरु खोल्दै आएको छ । साथै बैंकले भाइरसको संक्रमण जोखिम न्यूनिकरणका लागि अत्याबश्यक बाहेकका अन्य कामको लागि सकेसम्म बाहिर घर बाहिर ननिस्किन आग्रह गर्र्दै बैंकिङ्ग कारोबारका लागि बैंकले प्रदान गर्दै आइरहेका बिभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको उपयोग गर्न सबैंमा आग्रह गरेको छ । साथै बैंकले प्रदान गर्दै आइरहेका डिजिटल भुक्तानीका माध्यमहरुबाट कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने हुदाँ नगद कारोबारको कम कारोवार गरिदिनुहुन समेत सम्पूर्ण ग्राहक महानुभावहरुमा आग्रह गरेको छ ।
माछापुुच्छ«े बैंक लि. को चन्द्रगढी शाखा भद्रपुर नगरपालिका वडा नं. १० स्थित चारआली रोड स्थित झेनु डांगीको घरमा विगत १० महिना देखी संचालनमा रहेको छ ।