झापा,चैत्र ३।सतासीधाम जेसीजले शिवसताक्षी नगरपालिकाको ११ वडाको १४ स्थानमा नोवेल कोरोना भाइरस(कोभिड–१९) सम्बन्धी जनचेतनामुलक र्याली र सडक नाटक मञ्चन सम्पन्न गरेको छ ।
चीनको बुहान शहरबाट शुरुवात हुदैं ७० भन्दा बढी मुलकमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)ले विश्व मानव जगतलाई आक्रान्त बनाउँदै ४ हजार ३ सय जना भन्दा बढी मानिसको ज्यान लिईसकेको छ ।नेपालमा समेत यो भाइरसको संक्रमण फैलिन सक्ने प्रबल सम्भावनालाई मध्यनजर गर्दै सतासीधाम जेसीजले शिवसताक्षी नगरपालिकाका वडा कार्यालय र अन्य विभिन्न निकाय तथा सामाजिक संस्थाहरुको सहकार्यमा नगरपालिका सबै बजार क्षेत्रहरुमा माक्स वितरण, भाइरसका लक्षण तथा बच्ने उपाय अंकित प्लेकार्ड जनचेतनामुुलक र्याली, सडक नाटक मञ्चन र प्रत्येक स्थानको सार्वजनिक स्थलमा टाँसका लागि जनचेतना व्यानर, बजार व्यवस्थापन समिति र वडा कार्यालयहरुलाई प्रदान गरेको अध्यक्ष जेसी कुमार सिंह साँबा(लिम्बु) ले जनाएका छन् ।
जेसीजले फागुन २२ गते शिवसताक्षी नगरपालिका वडा नं.११, दुधेमा अवस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयसँग सहकार्य गर्दै दुधे बजार क्षेत्रमा र्याली तथा सडक मञ्चन गर्दै नोवेल कोरोना भाइरस(कोभिड–१९) सम्बन्धी जनचेतना कार्यक्रमको शुरुवात गरेको थियो।जेसीजले शिवसताक्षी २४ गते शिवसताक्षी नगरपालिका वडा नं. ०८ र इलाका प्रहरी कार्यालय, झिलझिलेको सहकार्यमा डुडाँमारी तथा झिलझिले बजार र शिवसताक्षी नगरपालिका वडा नं. १० तथा इलाका प्रहरी कार्यालय झिलझिलेको सहकार्यमा माईधार बजार क्षेत्रमा माक्स वितवरण, र्याली र सडक मञ्चन गरेको थियो । त्यस्तै गरी २५ गते आईतबार शिवसताक्षी नगरपालिका वडा नं. ०६ र इलाका प्रहरी कार्यालय, शिवगञ्जको सहकार्य शिवगञ्ज बजार र शिवसताक्षी नगरपालिका वडा नं. ०७ को सहकार्यमा चन्द्रडाँगी बजार क्षेत्रमा माक्स वितरण, र्याली र सडक नाटक मञ्चन गरेको थियो ।
त्यस्तै फागुन २६ गते शिवसताक्षी नगरपालिका वडा नं. १, धरमपुर बचत तथा ऋण सहकारी संस्था र क्रिटिभ नेपाल इन्जिनियर कन्सलटेन्सीको सहकार्यमा धरमपुर बजार, शिवसताक्षी नगरपालिका वडा नं. २, धरमपुर बचत तथा ऋण सहकारी संस्था र क्रिटिभ नेपाल इन्जिनियर कन्सलटेन्सीको सहकार्यमा मंगलबारे बजार र शिवसताक्षी नगरपालिका वडा नं. ०३, धरमपुर बचत तथा ऋण सहकारी संस्था र क्रिटिभ नेपाल इन्जिनियर कन्सलटेन्सीको सहकार्यमा पाराबारी बजार क्षेत्रमा माक्स वितरण, र्याली तथा सडक नाटक मञ्चन गरेको थियो ।
त्यसै गरी जेसीजले ३० गते शिवसताक्षी नगरपालिकाका नगर उपप्रमुख भोज कुमारी नेपालको उपस्थितिमा नगरपालिकालाई जनचेतना व्यानर र कर्मचारीलाई माक्स वितरण गर्दै, नगरउप्रमुख नेपालको प्रमुख सहभागीतामा शिवसताक्षी नगरपालिका वडा नं. ०४ को सहकार्यमा जनता तथा ब्लुचौक बजार र शिवसताक्षी नगरपालिका वडा नं. ०५ को सहकार्यमा भेलबारी बजार र कल्याणकारी व्यापारी बचत समुहको सहकार्यमा व्याङ्गडाँडा बजार क्षेत्रमा माक्स वितरण, जनचेतना र्याली र जनचेतनामुलक सडक नाटक मञ्चन सम्पन्न गरेको, सतासीधाम जेसीजले फागुन ०६ गतेदेखि देशव्यापी रुपमा संचालन गईरहेको एस.ई.ई. परिक्षाको शिवसताक्षी नगरपालिका अन्र्तगतका केन्द्रका सहभागी विद्यार्र्र्थीहरुलाई माक्स वितरण गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष साँबाले जनाएका छन् ।
१८ देखि ४० वर्ष उमेर समुहका युवाहरुको व्यक्तित्व तथा नेतृत्वका विकास र उद्यमशिलताको विकास गर्ने गराउने ध्येयको विशुद्ध अन्तराष्ट्रिय स्तरको सामाजिक विशुद्ध संस्था जेसीज, शिवसताक्षीमा वि.स.२०६९ अर्थात सन् २०१२ मा जेसीआई सुरुङ्गाको मातृत्वमा जेसी कृष्ण पोख्रेलको अध्यक्षतामा साविक सतासीधाम गाविसमा स्थापना भएको थियो ।
जेसिजले ८ औं वर्षको अविरल यात्रामा आईपुग्दा थुप्रै युवा नेतृत्व र उद्यमीहरु जन्माउँदै आएको छ । त्यसको साथै सतासीधाम जेसीजले शिवसताक्षी नगरपालिका क्षेत्रका युवाहरुलाई समेटेर साझा संस्थाको रुपमा स्थापित हुन छुट्टै चिनारी बनाउँदै आइरहेको छ ।
जेसीज वर्ष २०२० लाई सार्थक तथा सफल बनाउन नेपाल जेसीज वर्ष २०२० तथा राष्ट्रिय अध्यक्ष प्रकरण(थिम) “परिवार, साथी र भविष्य” लाई आत्मासात् गर्दै, “व्यक्तित्व, नेतृत्व तथा उद्यमशीलता विकास र सामाजिक रुपान्तरणका लागि सतासीधाम जेसीज वर्ष २०२०” भन्ने प्रकरण (थिम) तथा अभियानलाई सार्थक तुल्याउन जेसीजको चार क्षेत्र(व्यक्तिगत, सामुदायिक, व्यवसायिक र अन्तरराष्ट्रिय) अन्र्तगत दिगो विकासका १७ सुंचाकहरुलाई बल पुग्ने गरी वार्षिक कार्ययोजना अनुसार वर्षभरि विभिन्न कार्यक्रम तथा गतिविधिहरु संचालन गर्ने जेसीसका अध्यक्ष साँबाले जनाए ।