Kanakai Online

झापाका मनकारी माड्वाडीले सांसदबाट सिरक वितरण


बिहिवार, माघ ११, २०७४ |

कनकाई अनलाईन
सुरुङ्गा, १० माघ–झपाा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य एबम् नेकपा एमालेका युवा नेता एलपि सावाले मुलुकमा ठूल–ठूला राजनिति आन्दोलन र परिवर्तन भएपनि ग्रामिण क्षेत्रमा बसोवास गर्ने सर्वसाधरण नागरिकको जीवन अझै पनि कष्टपूर्ण अवस्थामा गुज्ज्रिरहेको बताएका छन् । मारवाडी सेवा समाज दमक र बिर्तामोडको सहयोगमा झापा गाउँपालिकामा आयोजित सिरक–धसना बितरण कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य माननीय सासंद सावाले यस्तो कुरा बताएका हुन् ।
नेकपा एमालेका युवा नेता समेत रहेका माननीय सासद सावाले राजनिति आन्दोलन र परिवर्तनले पहुँचवाला नागरिकलाई ठूलो फाइदा पुगेपनि ग्रामिण क्षेत्रमा वसोबास गर्ने गरिव नागरिकको जीवनमा कुनै उपलब्धी हुन नसकेको बताएका छन् । उनिहरु खान र वस्नलाई समस्या छ, सावाले भने–‘राजनिति संचेतना र अधिकारले उनिहरुलाई हुनेवाला केही छैन ।’ हिउँदमा पेटभर खान र न्यानो कपडाको अभावमा उनिहरुको जीवन कष्टकर अवस्थामा बाचिरहेका छन् ।
कार्यक्रममको प्रमुख अतिथि समेत रहेका सासद सावाले झापा गाउँपालिकाका आर्थिक विपन्न एक सय घर परिवारलाई एक–एक सय सिरक र ढसना बितरण गरेका थिए । गत सोमबार, माघ ८ गते र आज बुधबार गरेर दुई सय घर परिवारलाई सिरक–ढसना बितरण गरिएको सावाले बताए ।
कार्यक्रममा झापा क्षेत्र नं ४ अन्र्तगत (क) र (ख) प्रदेशसभा सदस्य झलकसिह दर्लामी र हिरा थापाको समेत उपस्थिति रहेको थियो । सो कार्यक्रममा मारवाडी सेवा समाजका केन्द्रीय सदस्य प्रेमकुमार अग्रवालले मन्तव्य राखेका थिए ।
 

सम्बन्धित खबर