कनकाई अनलाईन
मेचीनगर , पुस ३० गते । मेचनिगर नगरपालिकाका प्रमुख विमल आचार्यले यातायातका साधनको वढ्दो चाप, र्पािकङ स्थलको अभाव र साँधुरो सडकका कारण सडक दुर्घटना वढिरहेकको भन्दै यसबाट ठुलो जनधनको क्षति हुनेगरेको बताउनु भएको छ ।
पूर्व नेपाल मेची ट्रक व्यवसायी संघको ३६ औ साधारण सभालाई आइतवार काँकडभिट्टामा सम्मोधन गर्दै उहाँले सम्वोधन गर्दै आचार्यले सडक दुर्घटनालाई न्यूनिकरण गर्न नगरपालिका र सम्बन्धीत निकायसंग समन्वयन गर्दै अगाडी बढ्नु जरुरी बनिसकेको बताउँनुभयो ।
कार्यक्रममा जिल्ला ट्रार्फिक प्रमुख राजेश राईले सडकको क्षमता तथा पाकिङ स्थलका लागि व्यवस्थीत स्थान नभएको भन्दै ट्र्रािफक नियममात्रै सवैले पालना गर्न सके आधा दुर्घटना घटेर जाने समेत बताउँनुभयो ।
कार्यक्रममा सहारा अटो मोर्टस प्रालिका प्रवन्धक टेकनाथ खनाल, संघका पूर्व अध्यक्ष देवेन्द्र राई, नविन दंगालले मन्तव्य व्यक्त गरेका थिए । सघका अध्यक्ष रोहित कुमार बुढाथोकीले बार्षिक प्रतिवेदन प्रस्तत गर्नु भएको कार्यक्रम शिवराज पौडेलले संचालन गर्नु भएको थियो ।