कनकाई अनलाईन
सुरुङ्गा जेसिजको वर्ष २०१८ का लागि अध्यक्षमा भीम भट्टराई सर्वसम्वत भएका छन ।
हिजो भएको जेसिजको १० औ अधिवेशनले भट्टराईलाई अध्यक्षमा चयन गरेको हो । अघिल्ला वर्षहरुमा सुरुङ्गा जेसिजको नेतृत्वमा लागि निर्वाचनको सहारा समेत लिनुपरेपनि यसवर्ष भने भीम भट्टराइलाई अध्यक्षमा सर्वसम्मत रुपमा छाडिएको एक जेसिजकर्मीले बताए ।
भट्टराई सुरुङ्गा जेसिज स्थापनाकालदेखिकै क्रियाशील र क्षमतावान जेसिजअभियान्ताका रुपमा हेरिन्छन । उनकै योजनामा जेसिजले ग्रीन सिटी क्लीन सिटीको कार्यक्र अगाडि ल्याएको हो तर यो अभियानले आशातीत सफलता भने पाउन सकेको छैन । सुरुङ्गा जेसिजको पहिलो पहिचानको रुपमा गरीदै आएको सुरुङ्गा गोल्डकप पनि जेसिजले यसवर्ष सम्पन्न गर्न सकेन ।
जेसिज इतिहासमा २ पटक सुरुङ्गा गोल्डकप रोकिएको छ । रोकिएको गोल्डकपलाई पनि पुन सुचारु गर्ने कि गोल्डकप कनकाईका खेलप्रेमीको वृहत भेला बोलाएर जिम्मा लगाउने भन्ने निर्णय पनि अव अध्यक्ष भीम भट्टराईको काधमा आएको छ । यसैगरी २ कार्यकारीणी उपाध्यक्षमा समेत जेसि अर्जुन बोहोरा र यदुका उप्रेती सर्वसम्मत हुनुभएको छ । यसैगरी ४ जना रहने अर्को उपाध्यक्षमा समेत क्रमश तुलसी विमली , सुदिप भण्डारी , नमिता काफ्ले र पुष्पा कडेँल साथै जनसम्पर्क अधिकारीमा पंकज मैनाली रहनुभएको छ । अरु झण्डै २ दर्जन कार्यसमिति तथा पदाधिकारी अध्यक्ष भीम भट्टराईले एक्लै चयन गर्न पाउने जेसिजको विधान रहेको छ ।