कनकाई अनलाईँन
सुरुङ्गा । इलाका प्रहरी कार्यालय सुरुङ्गामा श्याम पौडेल नयाँ प्रहरी नायव निरिक्षकका रुपमा सरुवा भएर आउनुभएको छ ।
यस पहिलेका इलाका इन्चार्ज प्रदिपकुमार सिंह सरुवा भएर जिल्ला प्रहरी कार्यालय गएपछि जिल्लामा रहनुभएको प्रहरी पौडेलको सुरुङ्गामा सरुवा भएको छ । यसैविच सुरुङ्गा क्षेत्रको शान्ति सुरक्षा र वढ्दो काठ चोरी तस्करीलाई कसरी रोक्ने भन्नेवारेमा इलाका प्रहरी कार्यलयमा एक अन्र्तक्रिया कार्यक्रमको समेत आयोजना गरिएको छ ।
अन्र्तक्रिया कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अथिति इलाका प्रहरी कार्यलय विर्तामोडका प्रमुख डिएसस्पी कृष्णप्रसाद कोइरालाले अहिलेपनि नेपालमा ८० हजार प्रहरी जनशक्ति कम रहेको भन्दै नागरिकले आफ्नो सुरक्षाका लागि समेत आफैँ चनाखो रहनुपरेको वाध्यता वताउनुभयो ।
सुरक्षाको मुख्य जिम्मेवारी प्रहरीमात्रैको हो भन्ने मानसिकताले गर्दा देश र समाजमा ठुल्ठुला अपहरण र चोरी लुटपाटका घटना घटिरहेको भन्दै आफ्नो जिउधनको सुरक्षामा नागरिकले समेत लगानी र सावधानी अपनाउन आग्रह गर्नुभयो । सुरक्षाका लागि प्राविधिक पक्षको समेत सहयोग अपरिहार्य बनिसकेको भन्दै सवै व्यापारिक व्यावसायीक र सार्वजनिक वाटोमा सिसि क्यामेराको जडान गर्नुपर्ने आवश्यकता बनेको समेत प्रहरी उपरिक्षक कोइरालाले बताउँनुभयो ।
कार्यक्रममा नयाँ प्रहरी इन्चार्ज श्याम पौडेलले आफुले यस क्षेत्रको सुरक्षाका लागि कुनै कसर वाकी नराख्ने प्रतिवद्धता जनाउदै नागरिकस्तरबाट समेत सहयोगको आग्रह गर्नुभयो । परिचय कार्यक्रममा वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया , पुर्व कनकाई उवासंघ संघका अध्यक्ष युवराज संग्रौला , कनकाई उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनाल तिम्सिना , माओवादी केन्द्रका नगर इन्चार्ज गोपाल प्रसाई , समाजवादी फोरमका नगर अध्यक्ष रत्नकुमार श्रेष्ठ , कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम प्रसाद ओली , मार्गदर्शन नेपालका अध्यक्ष दुर्गाप्रसाद प्रसाई , महिला नेत्री कविता वस्नेत , जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्रका अध्यक्ष ख्याम सिटौला , युवा व्यावसायी तुलसी बिमली , होटल व्यावसायी संघका अध्यक्ष कमल चापागाँईँ , सुरुङ्गा वजार व्यावस्थापन समितिका अध्यक्ष देविप्रसाद खरेल लगायातले आआफ्नो धारणा राख्नुभएको थियो ।