Kanakai Online

धुलावारीलाई पुरानै अवस्थामा फर्काउन विजनेश पार्क सुरु


शनिवार, पौष १५, २०७४ |

कनकाई अनलाईन
मेचीनगर , पुस १४ गते । एकसमय नेपाल भारत , वगंलादेश तथा चिनका व्यापारीहरुका लागि समेत पहिलो रोजाइको क्षेत्र बन्ने गरेको सुदुरपुर्वी क्षेत्र मेचीनगरको पुरानो व्यापारिक क्षेत्र धुलावारीलाई पुन पुरानै अवस्थामा फर्काउन यहाँका व्यावसायीहरु लगिपरेका छन ।
धुलावारीमा शुक्रवार धुलावारी विजनेश पार्कको सुरुवात गरिएको छ ।
सुनिधासम्पन्न मल्टीप्लेक्स सिनेमा हलसहितको व्यावसायिक विजनेश पार्कको निर्माण हुन लागेको छ । विजनेश पार्कलाको उदघाटन गर्दै मेचीनगरका प्रमुख विमल आचार्यले धुलाबारीमा बन्न लागेको सुविधा सम्पन्न ‘बिजनेश पार्क’ले मेचीनगरको गौरव बढाउने बताउदै यस क्षेत्रलाई पुरानै व्यापारिक केन्द्र बनाउन सके मुलुकलाई नयाँ आर्थिक समृद्धिको क्षेत्रमा जोडन समेत मद्धत मिल्ने बताउँनुभयो । यता
नगर उपप्रमुख मीना उप्रेतीले ४ वटा मुलुकसंग अन्र्तराष्ट्रिय नाका जोडिएको काँकरभिट्टा नजिकैको धुलाबारी बजारले व्यवसायिक दृष्टिकोणबाट प्रशस्त सम्भावना बोकेको चर्चा गर्दै व्यवसायिक प्रयोजनको नमूना शहर बनाउने अभियानमा नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा पार्कको औचित्य बारे प्रकाश पार्दै त्रिशुली हाइड्रोपावरका निर्देशक निरञ्जन रेग्मीले विदेशी थोक तथा खुद्रा सामानका लागि आयात निर्यातको भरपर्दो व्यवसायिक गन्तव्यका रुपमा स्थापित धुलाबारी बजारले अब बिजनेश पार्क निर्माणपछि काँचुली फेर्ने विचार व्यक्त गर्नुभयो ।
धुलावारी वजारस्थित पुर्वपश्चिम राजमार्गमै रहेको यस विजनेश पार्कमा ठुला व्यापारीहरुलाई लक्षित गरि विभिन्न व्यापारिक प्रायोजनका विभिन्न व्राण्डका सामाग्रीहरुको होलसेल तथा डिलर राखिने र १५० वटा व्यापारिक भवनहरुको निर्माण गरिने समेत निर्माणकर्ता धुलावारी बिजनेश पार्क समितिका संयोजक सुभाषराज काफ्लेले वताउँनुभयो ।
 
फोटो ः विजनेशपार्कको उद्घाटज गर्दै मेचीनगरका प्रमुख विमल आचार्य

 
 

सम्बन्धित खबर