Kanakai Online

नागरिक विना वर्दीको प्रहरी झापा प्रहरी प्रमुख केसी


आइतवार, पौष ९, २०७४ |

कनकाई अनलाईन
सुरुङ्गा पुस ९ गते । भmापाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विष्णुकुमार केसीले नागरिक पनि एक वर्दिविनाका प्रहरी भएकोले समाजलाई शान्ति र अमनचयनमा राख्नका लागि प्रत्येक नागरिक समाजको सुरक्षाका लागि प्रहरीभएर लाग्नुपर्ने वताउँनुभएको छ ।
सताक्षीधाम सामुदायिक प्रहरी सेवा केन्द्रले झापाको धनुषकोटीधाममा आयोजना गरेको अवलोकन भ्रमण तथा परिचयात्मक कार्यक्रममा वोल्दै कार्यक्रममा प्रमुख अथितिका रुपमा बोल्दै प्रहरी प्रमुख केसीले सामुदायिक प्रहरीको अवधारणाले समाजमा विकृति र लागुऔषधको न्युनिकरणमा सक्दो मद्धत पुगेको भनदै विकृतिरहित समाज निर्माणका लागि सामुदायिक प्रहरीलाई नेपाल प्रहरीले आवश्यक तालिम लगायातका जुनसुक्कै साथ र सहयोग दिने प्रतिवद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रप्रसाद शेर्मा , उपप्रमुख भोजकुमारी नेपाल , समाजसेवी पर्शुराम ढुङ्गाना , सन्त फेउदेन लगायातले सामुदायिक प्रहरीले समाजलाई शान्त र विकृतिरहित बनाउन ठुलो भुमिका खेलेको वताउँनुभयो । कार्यक्रम सामुदायिक प्रहरीका अध्यक्ष छत्रबाबु ओझाको सभापतित्व उपाध्यक्ष वेदप्रसाद मैनालीको स्वागत तथा महासचिव सुकबहादुर जवेगुको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर