झापा, पुस ५ । मुस्मिल अधिकारकर्मी मसरूदिन अन्सारी अब हामी माँझ रहेनन् । तर, उनकाे सम्झना अालै छ । एक वर्षअघि पत्रकारकाे एउटा समूह झापा गाउँपालिकास्थित उनकाे घरमा पुग्दा उनी खाटमा बसिरहेका छन् ।
सधैँ देखिने चमक उनमा थिएन त्यस दिन । निकै निराश, शीथिल देखिन्थे, उनी । यद्यपी, सञ्चारकर्मी अाफ्नाे अाँगनसम्म अाएकाे थाहा पाउँदा उनी केही खुशी हुन खाेजे ।
पाहुनासँग अाफ्नाे दुःख लुकाउने काेशिस गर्दै थिए, सायद ।
कुराकानीका क्रममा उनले भनेका थिए, ‘अब शरीर थाकिसक्याे । अब मसँग केही बाँकी रहेन । समाजका लागि मैले गर्न सक्ने यति नै रहेछ।’
साथै, अाफ्नाे दुवै मृगाैला बिग्रिएकाे भन्दै प्रत्याराेपणका लागि सहयाेग गरिदिन अपिल समेत गरे । क्यामेरामै उनले भनेका थिए, ‘मलार्इ सहयाेग गरेर बचाइदिनु हाेला ।’ तर, अपशाेच गत शनिवार मृगौला डाइलिसिसका क्रममा मेची अञ्चल अस्पताल, भद्रपुरमा उनले प्राण त्यागे ।
दुर्इ वर्षदेखि दुवै मृगौला विग्रिएर उपचाररत अन्सारी अाफ्नी श्रीमती सोहराले एउटा मृगौला दिने भएपछि बाँच्न पाउने अाशमा थिए । तर, निष्ठुरी दैवका अगाडि उनकाे केही लागेन ।
मसरूदिन टाघनडुब्बा, कुमरखाेद र शरणामती क्षेत्रमा लाेकप्रिय थिए । नेपाल मुस्लिम नागरिक समाजका केन्द्रीय अध्यक्ष समेत रहेका उनी पीछडा वर्ग महासंघ र मधेस मिडिया मिसनकाे केन्द्रीय सदस्य समेत थिए ।
एक वर्षअघि उनीसँग गरिएकाे भिडियाे वार्ता हेर्नुस्
https://www.youtube.com/watch?v=N32_FP1WYZ0&feature=youtu.be