कनकाई अनलाईन
कनकाई नगरपालिकाको पहलमा यस क्षेत्रका जनताका लागि निशुल्क एकदिने होलवढी चेकको स्वास्थ्य क्याम्प आज सुरुङ्गामा सम्पन्न गरिएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा राखिएको स्वास्थ्य जाचबाट सयवढी सेवाग्राहीको मुटु , कलेजो , मधुमेह , इलोक्ट्रोलाईट टेस्ट लगाएको परिक्षण निशुल्क गरिएको हो । काठमाण्डौको सिद्धिदा प्रालिको डाक्टरसहितको टिमले यस क्षेत्रका नागरिकको स्वास्थ्य जाच गरेको हो । जाचपछिको सवै विवरण प्राथमिक स्वास्थ्य केन्द्र तथा कनकाई नगरपालिकालाई बुझाइने सिद्धिदा प्रालिका राजेश प्याकुरेलले वताउनुभयो । नगरका मानिसहरुमा कुन रोगको समस्या छ भनेर प्रयोगका लागि एकदिने शिविर संचालन गरिएको र यसलाई जरुरत परेमा फेरिपनि यसप्रकारको शिविर संचालन गरिने कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले वताउँनुभयो ।
स्वास्थ्य जाचको उदघाटन समेत नगरप्रमुख पोखरेलले गर्नुभएको थियो ।