कनकाई अनलाईन
प्रकृति पुजक किरातीहरुले ् पूर्वका विभिन्न क्षेत्रसँगै झापाका हरेक स्थानमा चासोक तङनाम धुमधामसँगले मनाएका छन ।
विभिन्न कार्यक्रमका माझ चासोक पूजा तथा विभिन्न प्रतियोगिता सञ्चालन गर्दै यो पर्व हर्षोल्लासका साथ वशेष गरी लिम्बू समुदायले मनाएका हुन् ।
यसै क्रममा झापाको कनकाईमा समेत चासोक तङनाम—उद्यौली पर्व धुमधामसँग मनाइएको छ । किरात याक्थुङ्ग चुम्लुङ्ग कनकाई वडा नं।—२, ३, ४ र वडा नं।५ को संयुक्त आयोजनामा धनुषकोटी वनभोजस्थलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम संयोजक अमरवहादुर मेन्याङबोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय सांसद एल।पीं साँवा लिम्बूको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी संघीय सांसद साँवाले चासोक तङनाम सबै नेपालीको साझा पर्व बन्दै गएको बताए । पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायको आफ्नै संस्कार एवं संस्कृति रहेको चासोक तङनाम९उद्योली पर्व० सबै नेपालीको साझा पर्व बन्दै गएको सांसद साँवाको जोड थियो । हिजोका दिनमा घर—घरमा मनाउँदै आएको चासोक तङनाम अब सामुहिक रुपमा सबैको साझा पर्वका रुपमा मनाउँन थालेको बताइएको छ ्
नेपालको संविधानले सम्पूर्ण नेपालीहरुको हक रक्षा गरेको भन्दै सांसद साँवाले सबै जातजाती, धर्म र संस्कृति मान्नेहरु सबैलाई एकै ठाउँमा राखेको बताए । सरकारले समेत यस पर्वमा सार्वजनिक बिदा दिन थालेका कारण चासोक तङनामको महत्व अझै बढेको सांसद साँवाको ठहर छ । चासोक तङनाम—उद्यौली पर्वका अवसरमा सांसद साँवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गरे ।
प्रकृति पूजकको रुपमा लिइने यस्ता पर्वहरुसँगै लिम्बू समुदायको आफ्नै मौलिक परम्परा साथै संस्कृतिहरु छन्। यी पर्वहरू मध्ये चासोक तङनाम अर्थात्९न्वागीपूजा० पनि एक हो ।
अन्नबाली पाकेर प्रकृतिलाई चढाउन सुरु भएसँगै चासोक पर्व सुरु हुन्छ । अन्नबाली लगाउँदा याक्वा गरी अर्थात् प्रकृतिलाई अनुमति मागी अन्नबाली लगाउने परम्परा रहेको बताइएको छ । लगाएको अन्नबाली पाकेर पनि कसैले नखाई प्रकृतिलाई चढाएर मात्रै ग्रहण गर्ने प्रचलन रहँदै आएको छ ।
लिम्बू समुदायमा घर९घरमा नै चासोक मनाउँदै आएको भए पनि पछिल्लो समय यी समुदायको सघन बस्ती रहेको स्थानहरुमा सामूहिक रुपमा मनाउन थालिएको पुर्वकै लोकप्रिय चित्रकार समेत रहेका आयोजक समितिका सदस्य हिम्मत नेम्माङले जानकारी दिए । कार्यक्रममा सहभागीहरुलाई स्वागत सहित औचित्यमाथि प्रकाश पार्दै नेम्माङले भने्, ‘हामीले पहिले पहिले घरघरमै चासोक गर्दै आएका हौँ । हाम्रो संस्कार संस्कृति लोप हुँदै गएपछि सामूहिक रुपमा चासोक तङनाम मनाउन थालेका हांै ।’
‘पर्वको अवसरमा लिम्बू समुदायको च्याबरुङ नाच ,धान नाच प्रदर्शन तथा छेलो हान्ने, धनुकाँड हान्ने लगायतका लोप हुँदै गएका खेलहरु समेत सञ्चालन गरिँदै आएको बताइएको छ । पछिल्लो समय लिम्बू समुदायको मौलिक संस्कार एवं संंस्कृति संरक्षणमा यी समुदायको थप आकर्षण बढ्न थालेको पाइन्छ ।
कार्यक्रममा कनकाई नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं।५ का वडाअध्यक्ष कृष्णवहादुर राई, वडा नं२ का वडाअध्यक्ष प्रताप राई, वडा नं।३ का वडासदस्य गोविन्द सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए । जातीय पहिरनमा झल्किएका कलाकारहरुको विशेष प्रस्तुती समेत रहेको औपचारिक कार्यक्रमको संचालन आयोजक समितिका सदस्य सागर सुव्वाले गरेका थिए ।