Kanakai Online

कनकाई नगरपालिका मेयर राजेन्द्रकुमार पोखरेलको घरमा बम


मङ्गलवार, मंसिर १२, २०७४ |

कनकाई अनलाईन
कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलको घरमा माओवादी विप्लप कार्यकर्ताले आज राती बम राखेका छन ।
राजेन्द्रकुमार पोखरेलको कनकाई नगरपालिका १ को निजि निवासमा आज राती माओवादी कार्यकर्ताले बम राखेका हुन ।

 
 
उनीहरुले घरको गेट अगाडि बम राखेको र विहान गाडी ड्राइभरले देखेर राजेन्द्र पोखरेललाई खबर गरेको पोखरेलका भाई एवम कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिनुभयो । हरियो झोलामा राखिएको बम सेनाको वम निस्क्रिय पार्ने टोलीले विहान १० बजेमात्रै बम डिस्पोज गराएको थियो । बम डिस्पोज गर्दा ठुलो आवाज समेत आएको थियो ।
सरकारका पुर्व गृहमन्त्री तथा कांग्रसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलको घरमा आज वम विस्फोट भएको छ । भद्रपुर १० स्थित भद्रपुर विर्तामोड रोडमा जोडिएको सिटौलाको घरको दक्षिणी कम्पाउण्डभित्र गएराती बम विस्पोट भएको हो ।
विस्पोटले सिटौलाको घरको कम्पाउण्ड पुरै भत्किएको छ । विस्पोटको समयमा सिटौला घरमै रहेका थिए । उनी चुनावी कार्यक्रम सकाएर राती १२ बजेमात्रै घरमा आएका थिए । वाक्लो सुरक्षाकर्मीको सुरक्षाघेराभित्रै वम पड्किएपछि सरकारकै सुरक्षामा समेत प्रश्न चिन्ह लागेको छ । हाल नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारको गृहमन्त्रीको पद समेत प्रधानमन्त्रीले खोसेर आफैसग राखेका छन । विस्फोट गराएको हुनसक्ने आशंकामा प्रहरीले नेकपा माओवादी केन्द्रका एक कार्याकर्तालाई नियन्त्रणमा लिएको छ । झापा विर्तामोडका ४ का राजेश कार्कीलाई नियनत्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
फोटो ः कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलको घरको बम डिस्पोज गर्दै नेपाली सेना

सम्बन्धित खबर